Add parallel Print Page Options

46 त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रयाश्चित गराऊ। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”

47 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। 48 तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो। 49 कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो। 50 त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।

Read full chapter