Add parallel Print Page Options

24 “गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो। 25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ। 26 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वारहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनी मानिसहरू जिम्मावार थिए। 27 गेर्शोनी मानिसहरूले जे पनि गर्छन् भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

Read full chapter