Add parallel Print Page Options

यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाइ भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’ तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’ तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थुक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाँहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’ 10 तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।

Read full chapter