2 शमूएल 22:8-16
Nepali Bible: Easy-to-Read Version
8 पृथ्वी हल्लियो, भुईचालो गयो
आकाशको आधार हल्लियो किन?
किनभने परमप्रभु रिसाउनु भएको थियो।
9 परमेश्वरको नाकबाट धूवाँ निस्क्यो
मुखबाट बलिरहेको ज्वाला निस्क्यो
उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।
10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो!
उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!
11 उहाँ उड्ने दूतहरूमाथि
हावामा उडिरहनु भएको थियो।
12 परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो
उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।
13 उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो।
14 परमप्रभु स्वर्गबाट गर्जनु भयो!
र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।
15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो
र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो।
परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए।
16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा,
शक्तिशाली हावा तपाईंको मुखबाट बह्यो
र पानी जति सबै पन्छियो,
यसैले हामीले समुद्रको फेदलाई देख्न
र धर्तीको आधारलाई देख्न सक्ने भयौं।
© 2004, 2010 Bible League International