Add parallel Print Page Options

दाऊदका आखिरी वचनहरू

23 यी दाऊदका अन्तिम वचनहरू:

“यिनै यिशैका छोरा दाऊदको सन्देश हो यो।
    यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो,
जो याकूबको परमेशवरद्वारा छानिएका राजा
    जो इस्राएलको मधुर गीतका गायक।
परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो।
    उहाँका वचनहरू मेरो मुखमा थिए।
इस्राएलको परमेश्वरले भन्नु भयो।
    इस्राएलको चट्टानले मलाई भन्नुभयो,
‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ,
    जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै;
    बादल नभएको बिहान जस्तै;
पानी परेपछिको घाम जस्तै;
    जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’

Read full chapter