Add parallel Print Page Options

19 “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो। 20 त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें। 21 मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो। 22 जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।

23 “उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।

Read full chapter