उत्पत्ति 11:10-29
Nepali Bible: Easy-to-Read Version
शेमको पारिवारिक इतिहास
10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। 11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।
12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। 13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।
14 शेलह तीस बर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो। 15 एबेर जन्मेपछि शेलह चार सय तीन बर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।
16 एबेर चौंतीस बर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो। 17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।
18 पेलेगको उमेर तीस बर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो। 19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ बर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
20 रऊको उमेर बत्तीस बर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो। 21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
22 सरूगको उमेर तीस बर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो। 23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
24 नाहोरको उमेर उन्तीस बर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो। 25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।
तेरहको पारिवारिक इतिहास्
27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।
Read full chapter© 2004, 2010 Bible League International