यशैया 12:2-6
Nepali Bible: Easy-to-Read Version
2 परमेश्वरले मलाई बचाउनु हुन्छ।
म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
उहाँले मलाई बचाउनु हुन्छ,
अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
तब तिमीहरू आनन्दित हुनेछौ।
4 त्यसपछि तिमीहरू भन्नेछौ,
“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
त्यसैले आनन्दित होऊ!
© 2004, 2010 Bible League International