यशैया 41:17-20
Nepali Bible: Easy-to-Read Version
17 “गरीब र दीन-दु:खी मानिसहरूले पानी खोज्नेछन्,
तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्।
तिनीहरूको जिब्राहरू सुख्खा छन्।
म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु।
म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
18 म सुख्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु।
म झर्नाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु।
म पानीले भरिपूर्ण पार्नेछु, मरुभूमिलाई तलाउमा परिर्वतन गर्नेछु।
त्यहाँ सुख्खा भूमिहरूमा झर्नाको पानी हुनेछ।
19 देवदारूहरू मरुभूमिमा उम्रिनेछन्,
त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
20 मानिसहरूले ती कुराहरू हेर्नेछन्।
अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्।
मानिसहरूले यी कुराहरू देख्नेछन्
अनि तिनीहरूले बुझ्न थाल्नेछन कि,
इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”
© 2004, 2010 Bible League International