Font Size
अय्यूब 31:24-28
Nepali Bible: Easy-to-Read Version
अय्यूब 31:24-28
Nepali Bible: Easy-to-Read Version
24 “मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिनँ।
मैले धनलाई कहिल्यै पनि भनिनँ कि तिमी मेरो आशा हौ।”
25 म धनी थिएँ,
तर धनले मेरो घमण्ड बढाएन।
मैले प्रशस्त धन कमाएँ,
तर त्यसले मलाई सुखी बनाएन।
26 मैले कहिल्यै पनि उज्वल घाम
र सुन्दर जूनलाई पूजिनँ।
27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन
अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ।
यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International