Font Size
लेवी 23:4-8
Nepali Bible: Easy-to-Read Version
लेवी 23:4-8
Nepali Bible: Easy-to-Read Version
निस्तार
4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ। 5 परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ।
अखमिरी रोटीको चाड़
6 “त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ। 7 यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ। 8 सात दिनसम्म तिमीले परमप्रभुलाई आगोद्वारा बलि चढाउन बलिहरू ल्याउनु पर्छ। तब सातौं दिनमा फेरि अर्को विशेष सभा हुन्छ अनि त्यस दिन तिमीले कुनै काम गर्ने छैनौ।”
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International