Print Page Options
Previous Prev Day Next DayNext

Bible in 90 Days

An intensive Bible reading plan that walks through the entire Bible in 90 days.
Duration: 88 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 24:1 - 2 इतिहास 7:10

पूजाहारीहरूका समूहहरू

24 हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे। दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए। एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए। मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।

शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो।

पहिलो यहोयारीबको दल थियो।

दोस्रो दल यदायाहको थियो।

तेस्रो हारीमको दल थियो।

चौथो दल सोरीमको थियो।

पाँचौं मल्कियाहको दल थियो।

छैटौं दल मियामीनको थियो।

10 सातौं हक्कोसको दल थियो।

आठौं दल अबियाको थियो।

11 नवौं येशूअको दल थियो।

दशौं दल शकन्याहको थियो।

12 एघारौं एल्यासीबको दल थियो।

बाह्रौं दल याकीमको थियो।

13 तेह्रौं हुप्पाको दल थियो।

चौधौं दल येशेबाबको थियो।

14 पन्ध्रौं बिल्गाको दल थियो।

सोह्रौं दल इम्मेरको थियो।

15 सत्रौं हेजीरको दल थियो।

अठारौं दल हप्पिसेसको थियो।

16 उन्नाईसौं पतहियाहको दल थियो।

बीसौं दल यहेजकेलको थियो।

17 एक्काईसौं याकीनको दल थियो।

बाईसौं दल गमूरालको थियो।

18 तेईसौं दलायाहको दल थियो।

चौबीसौं दल माज्याहको थियो।

19 यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो

20 बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्:

अम्रामका सन्तानबाट शूबाएल

शूबाएलका सन्तानबाट येहदयाह।

21 रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए।

22 यिसहार वंशबाटः शलोमोत।

शलोमोतका वंशबाटः यहत।

23 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए।

अमर्याह हेब्रोनका माहिला छोरा थिए।

यहजीएल तिनका साँहिला छोरा

अनि यक्माम कान्छा छोरा थिए।

24 उज्जीएलका छोरा मीका थिए।

मीकाका छोरा शमीर थिए।

25 यिश्याह मीकाका भाइ थिए।

यिश्याहका छोरा जकर्याह थिए।

26 मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए।

27 मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए।

28 महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्।

29 कीशका कीशबाट छोरा यरहमेल थिए।

30 मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए।

ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ। 31 तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।

सँगीतकारहरू

25 दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे।

यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोग गरे।

हेमानका छोराहरू जसले सेवा गरे ती बुक्कियाह, मत्तन्याह, उज्जीएल, शबूएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर अनि महजीओत थिए। यी सबै मानिसहरू हेमानका छोराहरू थिए। हेमान दाऊदका दर्शी थिए। परमेश्वरले हेमानलाई शक्तिशाली बनाउने वचन दिनु भएको थियो। यसर्थ हेमानका धेरै छोराहरू भए। परमेश्वरले हेमानलाई चौध छोरा अनि तीन जना छोरीहरू दिनु भयो।

हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो। ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए। हरेक व्यक्तिले गर्नु पर्ने विभिन्न किसिमका कामहरू छान्न तिनीहरूले चिट्ठा लगाए। हरेक व्यक्तिलाई समान व्यवहार गरिन्थ्यो। जवान अनि बूढा मानिसहरू प्रति एकसमान व्यवहार गरिन्थ्यो। अनि गुरूलाई शिष्यलाई जस्तै समान व्यवहार गरिन्थ्यो।

पहिलो-आसापका छोराहरू (योसेफ)

अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

10 तेस्रो-जवकूरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

11 चौथो-यिस्रीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

12 पाँचौं-नतन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

13 छैटौं-बुक्कियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

14 सातौं-यसरेलाका छोराहरू अनि आफन्तहरूबाट बाह्र व्यक्तिहरू चुनिएका थिए।

15 आठौं-यशयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

16 नवौं-मत्तन्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

17 दशौं-शिमीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

18 एघारौं-अज्रेलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

19 बाह्रौं-हशबियाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

20 तेह्रौं-शूबाएलका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

21 चौधौं-मत्तित्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

22 पन्ध्रौं-यरेमोतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

23 सोह्रौं-हन्नयाहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

24 सत्रौं-योशबकाशाका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

25 अठारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

26 उन्नाईसौं-मल्लोतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

27 बीसौं-एलियाताका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

28 एक्काईसौं-होतीरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

29 बाईसौं-गिद्दलतीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

30 तेईसौं-महजीओतका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

31 चौबीसौं-रोम्मती, एजेरका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

द्वार पालहरूको समूह

26 कोरहका परिवारबाट द्वारपालहरू यी हुन्:

मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए। मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए। एलाम अन्तरे छोरा थिए। यहोहानान जन्तेर छोरा थिए अनि एल्यहोनै कान्छा छोरा थिए।

ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साँहिला छोरा थिए। साकार तिनका काँहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए। अम्मीएल तिनका जन्तरे छोरा थिए। यिस्साकार तिनका खन्तरे छोरा थिए अनि पुल्लतै तिनका कान्छा छोरा थिए। परमेश्वरले साँच्चै नै ओबेद एदोमलाई बरदान दिनु भएको थियो। ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए। शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए। यी सबै मानिसहरू ओबेद-एदोमका सन्तानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका छोराहरू र आफन्तहरू शक्तिशाली मानिसहरू थिए। तिनीहरू असल रक्षकहरू थिए। ओबेद एदोमका 62 जना छोराहरू थिए।

मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए।

10 यी मरारीका परिवारका द्वारपालहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने। 11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साँहिला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए।

12 यी द्वारपालहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे। 13 हरेक परिवारलाई एउटा द्वारको रक्षा गर्न दिइएको थियो। एउटा परिवारको निम्ति द्वार छान्न चिट्ठा लगाएको थियो। जवान र बृद्धहरू प्रति समान व्यवहार गरिन्थ्यो।

14 मेशेलेम्याह पूर्व द्वारको रक्षाका निम्ति चुनिएका थिए। त्यसपछि मेशेलेम्याहका छोरा जकर्याहका निम्ति चिट्ठा लगाए। जकरिया एक बुद्धिमान सल्लाहकार थिए। जकरिया उत्तर द्वारका निम्ति चुनिए। 15 ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए। 16 शुप्पीम अनि होसा पश्चिम द्वार र माथिल्लो सडकको शल्लेकेत द्वारका निम्ति चुनिए।

रक्षकहरू एक-अर्काको छेउ-छेउमा उभिन्थे। 17 छः जना लेवीहरू हरेक दिन रक्षामा पूर्व द्वार तिर उभिन्थे। चार जना लेवीहरू हरेकदिन रक्षामा उत्तर द्वारतिर उभिन्थे। चारजना लेवीहरू रक्षामा दक्षिण द्वार तिर उभिन्थे अनि दुइजना लेवीहरूले त्यस मन्दिरको रक्षा गर्थे जहाँ मूल्यवान बस्तुहरू राखिएको थियो। 18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे।

19 यी, द्वारपालहरूका समूहहरू थिए। ती द्वारपालहरू कोरह अनि मरारीका परिवारहरूबाट थिए।

भण्डारे र अधिकारीहरू

20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।

21 लादान गेर्शेन परिवारका थिए। यहीएली लादान परिवार समूहका मुखियाहरू मध्ये एक थिए। 22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।

23 अन्य मुखियाहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल कुल समूहका थिए।

24 शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए। 25 यी शबूएलका आफन्तहरू थिएः एलाजारबाट तिनका आफन्तहरूः रहब्याह-एलीजरका छोरा, यशयिया-रहब्याहका छोरा, योराम-यशयियाका छोरा, जिंक्री-योरामका छोरा अनि शलोमीत-जिंक्रीका छोरा। 26 यी शलोमीत र तिनका आफन्तहरू दाऊदले सँग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए।

सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए। 27 तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए। 28 शलोमीत र तिनका आफन्तहरूले दर्शी शमूएल कीशका छोरा शाऊल, नेरका छोरा अबनेर अनि सरूयाहका छोरा योआबले दिएका पवित्र वस्तुहरूको पनि हेरचाह गरे। शलोमीत अनि तिनका आफन्तहरूले सबै पवित्र वस्तुहरूको हेरचाह गरे जुन मानिसहरूले परमप्रभुलाई दिएका थिए।

29 केनन्याह यिसहारका परिवारका थिए। केनन्याह अनि तिनका छोराहरू मन्दिर बाहिर काम गर्थे। तिनीहरूले इस्राएलका विभिन्न भागमाहरूमा प्रबन्धक अधिकारी र न्यायकर्त्ताहरूका रूपमा काम गर्थे। 30 हशब्याह हेब्रोन परिवारका थिए। हशब्याह अनि तिनका आफन्तहरूले परमप्रभुका सबै कार्य गर्दथे अनि इस्राएलको यर्दन नदीको पश्चिम तिर राजाको काम-काजको जिम्मावाला पनि थिए। हशब्याहका समूहमा 1,700 जना योग्य मानिसहरू थिए। 31 हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं बर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए। 32 यरियाहका 2,700 जना आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू परिवारहरूका मुखियाहरू थिए। राजा दाऊदले ती 2,700 जना आफन्तहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूलाई परमप्रभुको कार्य अनि राजाको काम-काजको हेर चाह गर्नमा अगुवाइ गर्ने जिम्मा दिए।

सैन्य समूहहरू

27 यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक बर्ष एक महीना काम गर्थे। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए। याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।

दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।

तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए। यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।

चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।

छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।

10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।

11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।

13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।

14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

15 बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।

कुल समूहका प्रधानहरू

16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएः

रूबेनकाः जिंक्रीका छोरा एलीएजर।

शिमोयोनकाः शपत्याह माकाको छोरा।

17 लेवीकाः कमूएलका छोरा हशब्याह।

हारूनकाः सादोक।

18 यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः

मीकाएलका ओम्री छोरा।

19 जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह।

नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।

20 एप्रैइमकाः अज्जयाहका छोरा होशेया।

पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।

21 पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो।

बिन्यामीनकाः यसीएल अबनेरका छोरा।

22 दानकाः यरोहामका छोरा अज्रेल।

यी इस्राएली कुल समूहका मुखियाहरू थिए।

दाऊदले इस्राएलीहरूको गन्ती गर्छन्

23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस बर्ष अनि त्यस भन्दा माथिका थिए। 24 योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।

राजाका प्रशासकहरू

25 यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएः

अज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए।

जोनाथन, उज्जियाहका छोरा स-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

26 एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।

27 रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए।

शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।

28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका

जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।

29 शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मामा थिए।

अदूलेका छोरा शापात बेंसीमा गाई वस्तुहरूका जिम्मामा थिए।

30 इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए।

मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।

31 हगरीका याजीज भेंडा-बाख्राहरूका जिम्मामा थिए।

यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

32 जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे। 33 अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए। 34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

मन्दिरको निम्ति दाऊदका योजनाहरू

28 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।

राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाइहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें। तर परमप्रभुले मलाई भन्नुभयो, ‘अँहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’

“परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो। परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो। परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु। सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा-सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”

दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।

“अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ। 10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।”

11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए। 12 दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए। 13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। 14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने। 15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो। 16 पवित्र रोटीको निम्ति प्रयोग गरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोग गर्नुपर्छ सो दाऊदले भने। 17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकापी बनाउन कति चाँदी प्रयोग गर्नुपर्ने सो दाऊदले भने। 18 दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेंटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।

19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”

20 दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी होऊ अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्। 21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”

मन्दिर बनाउनका निम्ति भेटीहरू

29 राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो। मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोड्ने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईँटा, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो सँगमर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु। मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु। मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो। मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”

परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे। यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000[a] असर्फी,[b] 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम। मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए। मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।

दाऊदको सुन्दर प्रार्थना

10 त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः

“परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता,
    सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
11 महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन।
    किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईंकै हुन्।
हे परमप्रभु, राज्य तपाईकै हो
    तपाईं शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
12 धन अनि सम्मान तपाई बाट नै आउँछन्।
    तपाई सबैमाथि शासन गर्नुहुन्छ।
पराक्रम अनि शक्ति तपाईकै हातमा छन्।
    अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।
13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं,
    अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।
14 सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्।
यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्।
    हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
15 किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं।
यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाँयाँ जस्तो
    हामी यसलाई रोक्ने आशा गर्देनौ।
16 हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं।
    हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं।
तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्।
    हरेक थोक तपाईकै हुन्।
17 मेरा परमेश्वर, म जान्दछु
    कि तपाईले आफ्ना मानिसहरूको जाँच गर्नुहुन्छ
अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ।
    म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु।
तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु
    र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।
18 हे परमप्रभु तपाई हाम्रा पुर्खा
    अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ।
कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्।
    तिनीहरूलाई तपाईप्रति धन्यवादी हुनमा सहायता गर्नुहोस्।
19 अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्।
    तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैँ त्यसलाई सहायता गर्नुहोस्।
सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस्
    अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”

20 तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।

सुलेमान राजा हुन्छन्

21 अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेंडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे। 22 त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे।

अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे। 23 तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे। 24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।

25 परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।

दाऊदको मृत्यु

26 यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। 27 दाऊद हेब्रोन शहरमा सात बर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस बर्षसम्म राज्य गरे। 28 दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

29 राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्। 30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।

सुलेमान बुद्धिका निम्ति याचना गर्छन्

सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।

2-3 सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे। तब सुलेमान अनि तिनी सित एकत्रित भएका सबै मानिसहरू गिबोनको डाँडामाथि पूजा-स्थानमा गए। त्यहाँ परमेश्वरको भेट हुने पाल थियो। परमप्रभुका दास मोशाले पाल बनाएका थिए जब तिनी इस्राएलका मानिसहरू मरुभूमिमा थिए। दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। ऊरीका छोरा, हूरका नाति बजलेलले काँसाको वेदी बनाएका थिए। काँसाको वेदी परमप्रभुको पालको सामुन्ने थियो। यसकारण सुलेमान अनि मानिसहरू गिबोनमा परमप्रभुलाई सल्लाह माग्न भनि गए। सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।

त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”

सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो। अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्। 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”

11 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें। 12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”

13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।

सुलेमानले उसको सेना र सम्पत्ति व्यवस्था गर्छन्

14 सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो। 15 यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्न देवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए। 16 सुलेमानले मिश्र देश अनि क्यूएबाट घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्यूएमा किने। 17 सुलेमानका व्यापारीहरूले मिश्र देशबाट 600 शेकेल[c] चाँदी दिएर एक रथ र 150 शेकेल[d] चाँदी तिरेर एक घोडा किने। तब ती व्यापारीहरूले घोडा अनि रथहरू सबै हित्तीका राजाहरू र अरामका राजाहरूलाई बेचीदिए।

सुलेमानले मन्दिर र महल निर्माण गर्ने योजना गर्छन्

सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे। सुलेमानले 70,000 भारी बोक्नेहरू अनि पहाडमा ढुङ्गा काट्नका निम्ति 80,000 डकर्मीहरू ल्याए। सुलेमानले काम गर्नेहरूको देख-रेख गर्नलाई 3,600 मानिसहरू चुने।

त्यसपछि सुलेमानले हूरामलाई खबर पठाए। हूराम सोर शहरका राजा थिए। सुलेमानले भने,

“तपाईंले मेरो पिता दाऊदलाई सहायता दिनु भए झैं मलाई पनि सहायता दिनुहोस्। तपाईंले तिनलाई देवदार बृक्षका काठ पठाउनु भएको थियो जसमा कि तिनले आफैं बस्नका निम्ति एउटा राज भवन बनाउन सकून्। परमप्रभु मेरा परमेश्वरका नाउँको सम्मानका निम्ति म एउटा मन्दिर निर्माण गर्नेछु। मन्दिरमा हामी परमप्रभुको समक्ष धूप जलाउने छौं अनि हामी सदैव विशेष मेचमा पवित्र रोटी राख्नेछौं। हामी हरेक साँझ, बिहान हरेक शबाथको दिन, हरेक औंसी अनि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मनाउन भनी आदेश दिनु भएका अन्य चाडहरूमा होमबलि अर्पण गर्ने छौं। इस्राएली मानिसहरूले सदा-सर्वदा पालन गर्नु पर्ने यो एउटा नियम हो।

“हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु। कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अँहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

“अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ। दया गरेर मलाई लबानोनबाट देवदार, सल्ला अनि चन्दनका वृक्षका काठहरू पनि पठाइदिनु होस्। मलाई थाहा छ, तपाईंका सेवकहरू लबानोन देशका वृक्षहरू ढाल्नमा अनुभवी छन्। मेरा सेवकहरूले तपाईंका सेवकहरूसँगै काम गर्नेछन्। मलाई प्रशस्त काठको दर्कार पर्नेछ किनभने मन्दिर म जो निर्माण गर्दैछु अत्यन्त विशाल र सुन्दर हुनेछ। 10 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो: म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी[e] गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी[f] दाखरस अनि 20,000 पाथी तेल दिने छु।”

11 तब हूरामले सुलेमानलाई उत्तर दिए। हूरामले सुलेमानलाई एक खबर पठाए। त्यो खबरमा भनिएका कुराहरू यी हुन्;

“सुलेमान, परमप्रभुले उहाँका मानिसहरूलाई प्रेम गर्नु हुन्छ। त्यसै कारणले उहाँले तपाईंलाई तिनीहरूको राजा चुन्नु भयो।” 12 हूरामले यो पनि भने, “इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नुहोस्। उहाँले स्वर्ग अनि पृथ्वीको सृजना गर्नु भयो। उहाँले राजा दाऊदलाई एक बुद्धिमान छोरा दिनु भयो। सुलेमान बुद्धिमानी अनि समझदारी हुनुहुन्छ। तपाईंले परमप्रभुको निम्ति मन्दिर निर्माण गर्नु हुँदैछ। तपाईंले आफ्नै निम्ति पनि राज-महल निर्माण गर्नु हुँदैछ। 13 म तपाईं कहाँ हूराम अब्बी नाउँ गरेको एक सिपालु कारीगर पठाउने छु। 14 त्यसकी आमा दान कुल समूहकी थिइन्। त्यसका पिता सोर शहरका थिए। हूराम अब्बी सुन, चाँदी, काँसा, फलाम, ढुङ्गा अनि काठको काम गर्नमा सिपालु छ। हूराम अब्बीसँग बैजनी, नीलो अनि रातो बस्त्र र मूल्यवान मलमलको काम गर्नमा पनि सिपालु छ। हूराम अब्बी तपाईंले भन्नु भएका निकासी गर्न अनि कुनै पनि काम गर्न सक्छ। त्यसले तपाईंका कारीगरहरू अनि तपाईंका पिता राजा दाऊदका कारीगरहरू सित काम गर्नेछ।

15 “अब, महाशय, तपाईंले हामीलाई गहुँ, जौं, तेल अनि दाखरस दिने वचन दिनु भयो। ती चीजहरू मेरा सेवकहरूलाई दिनु होस्। 16 अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।”

17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए। 18 सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने।

सुलेमानले मन्दिर निर्माण गर्छन्

सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो। सुलेमानले इस्राएलमाथि शासन गरेको चौथो बर्षको दोस्रो महीनामा काम शुरू गरे।

सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौंडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए। मन्दिरको सामुन्ने दलानको लम्बाई 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे। सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए। सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए। सुलेमानले मन्दिरको भित्री अंश सुनले मोहोरे सुलेमानले छाना मुनिको सत्तरी, चौखट भित्ता अनि ढोकाहरूमा सुन लगाए। सुलेमानले भित्ताहरूमा करूब स्वर्ग-दूतहरू कुँदेर बनाए।

त्यस पछि सुलेमानले महा-पवित्रस्थान बनाए। त्यो महा-पवित्रस्थान 20 हात लामो अनि 20 हात चौंडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा-पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा (20,700 किलो ग्राम) थियो। सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए। 10 सुलेमानले महा-पवित्रस्थानमा राख्नका निम्ति दुइवटा करूब स्वर्गदूतहरू बनाए। कारीगरहरूले करूब स्वर्गदूतहरूलाई सुनले मोहोरिदिए। 11 करूब स्वर्गदूतका प्रत्येकका पखेंटा पाँच हात लामा थिए। पखेंटाहरूको मोठ लम्बाई बीसहात थियो। पहिलो करूब स्वर्गदूतको एउटा पंखटाले कोठाको एक तिरको भित्ता छोएको थियो, अनि अर्को पंखटाले दोस्रो करूब स्वर्गदतूको एउटा पखेंटा छोएको थियो। 12 अनि दोस्रो करूब स्वर्गदूतको अर्को पखेंटाले कोठाको अर्को तिरको भित्ता छोएको थियो अनि यसको अर्को पखेंटाले अर्को करूब स्वर्गद्वातको पखेंटा छोएको थियो। 13 करूब स्वर्गदूतहरूका पखेंटाहरूले मोठ 20 हात ढाकेको थियो। करूब स्वर्गदूतहरू भित्र पवित्रस्थान तर्फ हेरेर उभिएका थिए।

14 सुलेमानले नीलो, बैजनी र रातो बस्त्र अनि मूल्यवान मलमल प्रयोग गरेर पर्दा बनाए। सुलेमानले पर्दामा करूब स्वर्गदूतहरूको चित्र बनाए।

15 सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो। 16 सुलेमानले सिक्रीहरूका हार बनाए। तिनले सिक्रीहरू स्तम्भहरूका टुप्पामा लगाए। सुलेमानले 100 वटा दारीम बनाए अनि तिनीहरूलाई सिक्रीमा झुण्ड्याइ दिए। 17 त्यस पछि सुलेमानले स्तम्भहरूलाई मन्दिरको सामुन्ने खडा गरे। एउटा स्तम्भ दाहिनेतिर खडा थियो। अर्को स्तम्भ देब्रोतिर खडा थियो। सुलेमानले दाहिनेतिरको स्तम्भको नाउँ “याकीन” र देब्रेतिरको स्तम्भको नाउँ “बोअज” राखे।

मन्दिरका निम्ति सजाउँने सामानहरू

सुलेमानले वेदी बनाउनका निम्ति काँसाको प्रयोग गरे त्यो कँसाको वेदी 20 हात लामो, 20 हात चौंडा अनि 10 हात अग्लो थियो। त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खँड्कुलो निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो। ठूलो काँसाको खँड्कुलोको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खँड्कुलो वरिपरि 10 हात फैलिएका थिए। खँड्कुलोको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए। ठूलो काँसाको खँड्कुलो बाह्रवटा गोरू ठूल्ठूला मूर्तिहरू माथि थिए। तीनवटा गोरू उत्तर तर्फ फर्केका थिए। तीनवटा गोरू पश्चिमतर्फ फर्केका थिए। तीनवटा गोरू दक्षिण तर्फ फर्केका थिए। तीनवटा गोरू पूर्व तर्फ फर्केका थिए। ठूलो काँसाको खँड्कुलो यी गोरूहरू माथि थिए। सबै गोरूहरू तिनीहरूका पछिल्ला भाग एक अर्काका साथ अनि माझमा पारेर उभ्याइएका थिए। ठूलो काँसाको खँड्कुलो आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खँड्कुलो घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः 70,000 पाथी[g] अँटाउन सकिन्थ्यो।

सुलेमानले दशवटा स्नान भाँडाहरू बनाए। पाँच स्नान भाँडाहरू तिनले ठूलो काँसाको खडकुँलाको दाहिनेतिर राखे अनि सुलेमानले पाँच स्नान भाँडा ठूलो काँसाको खँड्कुलोको देब्रेतिर राखे। यी दशवटा स्नान भाँडाहरू होमबलिका निम्ति अर्पण गरिएका सामग्रीहरू धुनका निम्ति प्रयोग गरिनु थियो। तर ठूलो काँसाको खँड्कुलो बलि अर्पण गर्नुको अघि पूजाहारीहरूले नुहाउनका निम्ति प्रयोग गरिनु थियो।

सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुशरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए। सुलेमानले दशवटा टेबलहरू बनाए अनि तिनीहरूलाई मन्दिरमा राखे। पाँचवटा टेबलहरू दाहिनेतिर अनि पाँचवटा टेबलहरू मन्दिरमा देब्रेतिर राखिए। अनि सुलेमानले 100 स्नान भाँडाहरू बनाउन सुन प्रयोग गरे। सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे। 10 त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।

11 हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे। 12 हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए। 13 हूरामले दुइ बुट्टादार जालीका निम्ति 400 दारिम पनि बनाए। प्रत्येक जालीका निम्ति दुइ लहर दारिमहरू थिए। ती जालीहरूले दुइ स्तम्भका टुप्पोका अंशमा भएका कचौराहरू छोपिएका थिए। 14 हूरामले ठेला-गाडीहरू अनि आधार स्तम्भमा कचौराहरू पनि बनाए। 15 हूरामले एउटा ठूलो काँसाका खँड्कुलो अनि खँड्कुलो मुन्तिर बाह्रवटा गोरूहरू बनाए। 16 हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए। 17 राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए। 18 सुलेमानले यति विघ्न यी चीज-बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।

19 सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो। 20 सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो। 21 सुलेमानले फूलहरू, बत्तीहरू, धुपौरा अनि चिम्टाहरू बनाउनका निम्ति शुद्ध सुनको प्रयोग गरे। 22 सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा-पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।

तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।

पवित्र सन्दूक मन्दिरमा ल्याइयो

सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्। इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।

जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए। तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए। राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेंडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्। त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महा-पवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पखेंटा मुनि राखियो। करूब स्वर्गदूतहरूले तिनीहरूका पखेंटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए। ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा-पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्। 10 करारको सन्दूकमा दुइ फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो घट्ना घटेको थियो।

11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन। 12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए। 13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे,

“परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ।
    उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।”

तब परमप्रभुको मन्दिर बादलले भरियो। 14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।

तब सुलेमानले भने,

“परमप्रभुले भन्नुभयो,
    ‘उहाँ अन्धकार मेघमा बस्नु हुने छ।’
परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु।
    यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”

सुलेमानको भाषण

राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए। सुलेमानले भने,

“परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः ‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन। तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

“मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए। तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्। तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’ 10 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु। 11 मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।”

सुलेमानको प्रार्थना

12-13 सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए। सुलेमानले 5 हात लामो, 5 हात चौंडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए। 14 सुलेमानले भनेः

“इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने। 15 तपाईंले तपाईंका सेवक दाऊदसित गर्नु भएको प्रतिज्ञा पुरा गर्नुभयो। दाऊद मेरा पिता थिए। तपाईंले तपाईंको मुखारबृन्दबाट प्रतिज्ञा गर्नुभयो। आज तपाईंले त्यो प्रतिज्ञालाई तपाईंका हातद्वारा सत्य तुल्याउनु भयो। 16 अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’ 17 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।

18 “तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन। 19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ। 20 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु। 21 मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।

22 “कुनै व्यक्ति कुनै अन्य मानिस प्रति केही नराम्रो गरेर दोषी हुन सक्छ। जब त्यसो हुन्छ तब दोषी व्यक्तिले उ निर्दोष छ भनी प्रतिज्ञा गर्न तपाईंको नाउँ प्रयोग गर्नुपर्ने छ। जब उ प्रतिज्ञा गर्नका निम्ति मन्दिरमा तपाईंको वेदी समक्ष आउँछ। 23 तब स्वर्गबाट सुनिदिनुहोस्। तपाईंले सेवकको फैसला गरेर कार्यान्वित गरिदिनुहोस्। नराम्रा व्यक्तिलाई दण्ड दिनुहोस् अनि उसलाई त्यस्तै कष्ट भोगाउनुहोस् जस्तो कष्ट उसले अन्यलाई भोगाएको थियो। यो सिद्ध गरिदिनुहोस कि जुन व्यक्तिले सही कार्य गरेको छ उ निर्दोष छ।

24 “यदि शत्रुले तपाईंका इस्राएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरूद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने। 25 तब स्वर्गबाट सुनि दिनुहोस् अनि तपाईंका इस्राएली मानिसहरूको पापलाई क्षमा गरी दिनुहोस्। तिनीहरूलाई त्यस देशमा फर्काइ पठाउनु होस् जुन तपाईंले तिनीहरूलाई अनि तिनीहरूको पुर्खाहरूलाई दिनु भएको थियो।

26 “केही समय आकाश बन्द हुन सक्छ यस्तो प्रकारले पानी पर्दैन किनभने इस्राएलका मानिसहरूले तपाईंको विरूद्ध पाप गरे। यदि यसो भए इस्राएका मानिसहरूले पश्चाताप गर्छन् अनि यो मन्दिरलाई हेर्दै प्रार्थना गर्छन्। तपाईंको नाउँमा दोष स्वीकार गर्छन् अनि तिनीहरूले पाप गर्न छोड्छन्, किनभने तपाईंले तिनीहरूलाई दण्ड दिनु हुँदैछ। 27 तब स्वर्गबाट सुनिदिनुहोस्। सुन्नुहोस् अनि तिनीहरूको पाप क्षमा गरिदिनुहोस्। इस्राएलका मानिसहरू तपाईंका सेवक हुन्। तब, तिनीहरूलाई जिउनु पर्ने उचित मार्ग सिकाइ दिनुहोस्। अनि तपाईंको देशमा बर्षा पठाइ दिनुहोस्। त्यो तपाईंले तपाईंका मानिसहरूलाई दिनु भएको देश हो।

28 “देशमा अनिकाल हुन वा महामारी र फसलको बिरामी वा ढुसीपर्ने रोग वा सलह फटेङ्ग्राहरू आउन सक्छन् र यदि शत्रुले इस्राएलका मानिसहरूलाई तिनीहरूका शहरमा आक्रमण गर्ला र इस्राएलमा कुनै किसिमको बिरामी होला, 29 अनि त्यस बेला कुनै पनि तपाईंका इस्राएलका मानिसले-प्रत्येक व्यक्तिले आफ्नो कष्ट अनि पीढा जानेर-अनि यदि त्यस व्यक्तिले आफ्नो हात अनि पाखुरा यो मन्दिरलाई हेर्दै फैलाउला। 30 त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ। 31 तब मानिसहरू डराउने छन् अनि तपाईंले हाम्रा पुर्खाहरूलाई दिनु भएको देशमा बसुन्जेल तपाईंको आज्ञा पालन गर्ने छन्।

32 “कोही यस्तो परदेशी हुन सक्छ जो तपाईंका इस्राएलका मानिसहरू मध्ये एक होइन, तर जो अति टाढा भूमिबाट यहाँ आएका छन्। उसले तपाईंको महान नाउँ, तपाईंको विशाल शक्तिले तपाईंले मानिसहरूलाई बचाउँन सक्नु हुन्छ भनि सुने र आएको हुनसक्छ जब आउँछन् अनि यो मन्दिरलाई हेरेर प्रार्थना गर्छन्। 33 तब स्वर्गमा जहाँ तपाईं बस्नु हुन्छ, परदेशीको कुरा सुनिदिनुहोस् अनि उसको प्रार्थनाको उत्तर दिनुहोस्। तब पृथ्वीका सबै मानिसहरूले तपाईंको नाउँ जान्ने छन्। इस्राएली मानिसहरूले तपाईंको सम्मान गरे झैं तपाईंको सम्मान गर्ने छन्। पृथ्वीका सबै मानिसहरूले जान्नेछन् कि जुन मन्दिर मैले बनाएँ त्यो तपाईंको नाउँद्वारा चिनिन्छ।

34 “तपाईंले तपाईंका मानिसहरूलाई तिनीहरूका शत्रुहरूसित लड्नका निम्ति कुनै स्थानमा पठाउनु हुनेछ। तिनीहरूले तपाईंले छान्नु भएको यो शहर तिर अनि मैले तपाईंको नाउँमा निर्माण गरेको यो मन्दिर तिर हेरेर तपाईंको प्रार्थना गर्नेछन्। 35 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।

36 “मानिसहरूले तपाईंको विरूद्ध पाप गर्ने छन् पाप नगर्ने मानिस कोही छैनन्। अनि तपाईं तिनीहरू प्रति क्रोधित बन्नुहुन्छ। तपाईंले कुनै शत्रुद्वारा तिनीहरूलाई परास्त गरि दिनु हुनेछ, र कब्जामा पर्न दिनुहुनेछ अनि अति टाढ वा नजिकको देशमा जान वाध्य तुल्याउनु हुनेछ। 37 तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले दुष्टता पूर्वक काम गरेका छौं।’ 38 अनि तिनीहरू तपाईं कहाँ त्यस देशबाट आफ्ना पूर्ण हृदय र मन सहित फर्कि आउने छन्। अनि तिनीहरूले तिनीहरूको देश, तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनु भएको देशतिर अनि तपाईंले छान्नु भएको शहरतिर हेरेर प्रार्थना गर्ने छन्। अनि तिनीहरूले मैले तपाईंको नाउँमा निर्माण गरेको मन्दिर तिर फर्केर प्रार्थना गर्नेछन्। 39 जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्। 40 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।

41 “अब, हे परमप्रभु परमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा,
    करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ।
तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्।
    तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।
42 हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्।
    तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”

परमप्रभुलाई मन्दिर समर्पित

जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए,

“परमप्रभु असल हुनुहुन्छ।
    उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।”

त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए। राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो। पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको सँगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए।

सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए।

सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए। 10 सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै हर्षित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International