Bible in 90 Days
20 तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसँगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने। 21 यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ। 22 त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउँनेछु।”
याकूबले राहेललाई भेट्छन्
29 तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए। 2 याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेंडाहरू बसिरहेका थिए। ती भेंडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो। 3 जब सबै भेंडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेंडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।
4 याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?”
तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”
5 फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”
गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।”
6 तब याकूबले भने, “तिनी कुशलै त होलान्?”
तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेंडाहरू लिएर आइरहेकीछिन्।”
7 याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेंडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेंडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”
8 तर ती भेंडा गोठालाहरूले भने, “जबसम्म सबै भेंडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेंडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेंडाहरूले पानी खान्छन्।”
9 याकूब भेंडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेंडाहरू लिएर आई। (आफ्नो बाबुका भेंडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।) 10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेंडाहरूलाई पानी खान दियो। 11 त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो। 12 याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।
13 लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।
14 त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।
याकूबसित लाबानको चलाखी
15 एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?”
16 लाबानकी दुइवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।
17 लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्। 18 याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात बर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”
19 लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”
20 याकूबले सात बर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात बर्ष समय बिताउन केही गाह्रो परेन।
21 सात बर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”
22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि 23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे। 24 (लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।) 25 बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”
26 लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं। 27 विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात बर्ष मेरो सेवा गर्नु पर्छ।”
28 यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए। 29 (लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)। 30 यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।
याकूबको परिवार बढ्छ
31 परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।
32 लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
33 लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”
34 लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”
35 त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहूदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”
30 राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”
2 याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”
3 त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”
4 यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे। 5 बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।
6 राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।
7 बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई। 8 राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्।
9 लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्। 10 तब जिल्पाले एउटा छोरो जन्माई। 11 लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्। 12 लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई। 13 लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।
14 गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू[a] पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”
15 लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”
तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”
16 त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।
17 तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्। 18 लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।
19 लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्। 20 लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।
21 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।
22 त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो। 23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।” 24 यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।”
लाबानसित याकूबले चलाखी गर्छ
25 यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्। 26 मेरा नानीहरू र पत्नीहरू दिनु होस्, तपाईंको निम्ति चौध बर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।”
27 लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ। 28 भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”
29 याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ। 30 म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”
31 लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?”
याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेंडाहरूको हेरचाह गर्नेछु। 32 तर मलाई आज तपाईंका सबै भेंडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थुमा मलाई लान देऊ, कालो नयाँ बाख्रा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाख्रा लान देऊ। यही मेरो ज्याला हुनेछ। 33 भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेंडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेंडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”
34 लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौ हामी त्यही गर्नेछौ।” 35 अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेंडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने। 36 यसर्थ छोरो चाँहिले सबै दाग भएका भेंडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेंडा बाख्राहरू कुनै पनि थिएन।
37 यसर्थ याकूबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए। 38 याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेंडा-बाख्राहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे। 39 जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।
40 याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेंडा बाख्राहरूसित मिसिन दिएन। 41 जहिले पनि कुनै स्वास्थ्य भेंडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेंडा बाख्राले प्रजनन् क्रीडा गर्थे। 42 तर जब कमजोर भेंडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे। 43 यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेंडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।
विदाइको बेला याकूब भाग्छन्
31 एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।” 2 याकूबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन। 3 परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसँग हुनेछु।”
4 यसर्थ याकूबले राहेल र लेआलाई भेंडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो। 5 राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैँ पहिले जस्तो राम्रो कुरा गर्दैनन्। 6 तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें। 7 तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।
8 “एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। 9 यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।
10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए। 11 परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, ‘याकूब।’
“मैले भनें, ‘हजुर।’
12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु। 13 म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।’”
14-15 राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे। उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए। 16 परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”
17 यसर्थ याकूब आफ्नो यात्राको निम्ति तयार भयो। उनले आफ्नो पत्नीहरू र नानीहरूलाई ऊँटमाथि राख्यो। 18 तब तिनीहरूले कनान भूमिमा जहाँ उसको बाबु बस्ने गर्दथिए त्यहाँ फर्कनको निम्ति यात्रा शुरू गरे। याकूब आफ्ना सबै पशुहरू तिनीहरूको अघि अघि हिंड्यो। पद्दनराममा हुँदा जे जति तिनले हासिल गरेका थिए प्रत्येक चीज उनले लग्यो।
19 त्यस समय लाबान आफ्नो भेंडाहरूको ऊन काट्न गएका थिए। जब ती गएका थिए, राहेल उनको घरमा गइन् अनि आफ्नो बाबुको झूटो देवता चोरेर ल्याईन्।
20 याकूबले अरामी लाबानलाई धोका दिए। उनले आफू जाने कुरो लाबानलाई भनेनन्। 21 याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।
22 तीन दिनपछि मात्र याकूब भागेको कुरा लाबानले थाहा पाए। 23 यसैकारण लाबानले आफ्ना मानिसहरू भेला गरे अनि याकूबलाई पछ्याउन शुरू गरे। सात दिनपछि लाबानले याकूबलाई गिलादको पहाडी क्षेत्रमा भेटे। 24 त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”
चोरिएका देवताहरूको खोजी
25 अर्को दिन बिहानै लाबानले याकूबलाई पक्रिए। याकूबले पर्वतमाथि आफ्नो पाल लगाएको थियो। यसर्थ लाबान अनि उनका मानिसहरूले पनि गिलादको पहाडी ठाउँमा पाल हाले।
26 लाबानले याकूबलाई भने, “मलाई किन धोका दिइस्? मेरो छोरीहरूलाई तैंले लडाइँमा कैदी जस्तो बनाएर किन लगिस्? 27 मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो। 28 तैंले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइनस्। यो सब गरेर तँ साह्रै मूर्ख भइस्। 29 वास्तवमा तँलाईं चोट पुर्याउने शक्ति मसँग छ, तर हिजो राती तेरो बाबुको परमेश्वर मेरो सपनामा देखा पर्नु भयो। कुनै प्रकारले पनि तँलाईं चोट नपुर्याउनु भनी मलाई चेतावनी दिनु भयो। 30 म जान्दछु तँ तेरो घर जान चाहन्छस् र त्यसकै निम्ति तँ हिंडिस्। तर मेरो घरबाट देवताहरू किन चोरिस्?”
31 याकूबले भन्यो, “म डराएको हुनाले तिमीलाई नभनी म हिंडे। मैले सोचें तिमीले तिम्री छोरीहरू मबाट खोस्नेछौ, 32 तर मैले तिम्रा देवताहरू चोरेको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)।
33 लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए। 34 राहेलले ती देवताहरू ऊँटको जीनमुनि लुकाएकी थिइन् अनि त्यसैमाथि बसेकी थिइन्। लाबानले सम्पूर्ण पाल चहारे र उनले देवताहरू भेट्न सकेनन्।
35 अनि राहेलले आफ्नो बाबुसित भनिन्, “बुबा मसित नरिसाउनु है, म तपाईंको अघि उभिन असमर्थ छु कारण अहिले मेरो मासिक धर्म चलिरहेको छ।” यसर्थ लाबानले पालमा खोजी गरे तर उनले देवताहरू कही पाएनन्।
36 तब याकूब अत्यन्तै क्रोधित भएर भने, “मैले के कसुर गरेको छु? मैले कुन कानून भङ्ग गरेको छु? मलाई खेद्ने र रोक्ने अधिकार तिमीले कसरी पायौ? 37 मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ। यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ। 38 मैले बीस बर्ष तिम्रो सेवा गरें। मेरो सेवाकालमा तिम्रो कुनै पनि भेडी र अरू बाख्रीको गर्भपात भएन। अनि मैले तपाईंका भेडोहरूबाट कुनैलाई खाइनँ। 39 जहिले पनि जंङ्गली जनावरले कुनै भेंडा अनि बाख्रा खाए, त्यो जंङ्गली जनावारले मारेको भेंडा अथवा बाख्रको अवशेष मात्रै तिमीकहाँ कहिल्यै ल्याईन। म सधैँ तिमीले मलाई मागेको पूरा दाम तिरें। म दिन रात लुटिएको थिएँ। 40 दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो। 41 बीस बर्षसम्म कमारा झैं तिम्रो सेवा गरें। पहिलो चौध बर्ष तिम्री दुइवटी छोरीहरूको निम्ति अनि पछिको छ बर्ष तिम्रो वस्तुहरू पाउनको निम्ति खटें। अनि त्यस समयमा तिमीले मेरो ज्याला दश पल्ट हेरफेर गर्यौ। 42 तर मेरा पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर अनि इसहाकको परमेश्वरको डर मसित थियो। यदि परमेश्वर मसित नहुनु भएको भए तिमीले मलाई रित्तो हात फर्काइ दिनेथ्यौ। मैले भोगेको कष्ट परमेश्वरले देख्नु भयो, मैले गरेको काम परमेश्वरले देख्नु भयो, अनि हिजो राती परमेश्वरले प्रमाणित गर्नु भयो कि म सही छु।”
याकूब र लाबानको सन्धि
43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ। 44 यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा ढुङ्गाको एउटा थुप्रो बनाऊ।”
45 उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ठूलो ढुङ्गा ल्याएर त्यहाँ राख्यो। 46 उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए। 47 लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।
48 लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।
49 लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो।
50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ। 51 यहाँ यी ढुङ्गाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ। 52 ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं। 53 यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।”
याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे। 54 त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए। 55 अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।
एसावसित फेरि भेट
32 याकूबले पनि त्यो ठाउँ छोड्यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो। 2 जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो।
3 याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो। 4 याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन, ‘तपाईंका सेवक याकूब भन्छन्: म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु। 5 मसित गाई, गधा, भेंडाहरू र नोकर-नोकर्नी छन्। महाशय, तपाईंले हामीलाई ग्रहण गर्नु होस् भनी यो समाचार पठाउँदैछु।’”
6 ती दूतहरू याकूबकहाँ फर्केर आए अनि भने, “हामी तपाईंका दाज्यू एसावकहाँ गयौं। उनी तपाईंलाई भेट्न चार सय मानिसहरू सहित आउँदैछन्।”
7 त्यस समाचारले याकूबलाई आतंकित बनायो। उनले आफूसित भएका मानिसहरूलाई दुइ भागमा बाँड्यो। उनले गाई-वस्तु, भेंडा बाख्राहरू र ऊँटहरू दुइ भाग पार्यो। 8 याकूबले सोच्यो, “एसाव आएर ध्वंश पारे पनि एक भाग चाँहि भागेर बाँच्न सक्छ।”
9 याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ। 10 तपाईं मेरो निम्ति अति दयालु हुनु हुन्छ। अनि तपाईंले मेरो निम्ति धेरै असल कार्यहरू गर्नु भएको छ। म पहिलो चोटी यर्दन नदी पारी यात्रा गर्दा मसँग टेक्ने लट्ठी बाहेक केही थिएन। तर अहिले मसित यति धेरै चीजहरू छन् म ती चीजहरू दुइ भागमा बाँड्न सक्छु। 11 म तपाईंसित प्रार्थना गर्छु कृपा गरेर मलाई मेरो दाज्यू एसावबाट बचाउँनु होस्। म ऊसित डराएको छु। किनभने ऊ आउँछ अनि मलाई मार्नेछ, उनले नानीहरूको आमा तथा नानीहरू पनि मार्नेछ। 12 तर तपाईं आफैंले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउँने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।’”
13 अनि याकूबले त्यो रात त्यहीं बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो। 14-15 याकूबले दुइ सयवटा बाख्रा, बीसवटा बोका, दुइ सयवटा भेंडा, बीसवटा ठूलो भेंडा, तीसवटा दुधारू ऊँट माऊहरू बाछाहरू समेत एकतिर छुट्यायो। 16 याकूबले प्रत्येक बथान पशुहरू आफ्नो नोकरहरूलाई दियो। तब उनले नोकरहरूलाई भने, “पशुहरूको प्रत्येक हुललाई छुट्याऊ। मभन्दा अघि जाऊ अनि प्रत्येक हुलको बीचमा केही दूरी होस्।” 17 याकूबले तिनीहरूलाई आदेश दियो। पशुहरूको पहिलो हुलको नोकरलाई उनले भने, “मेरो दाज्यू एसाव जब तेरो अघि आएर सोध्छ, ‘यी कसका पशुहरू हुन्? तँ कहाँ जादैछस्? तँ कसको नोकर होस्?’ 18 तैंले उत्तर दिनु ‘यी पशुहरू तपाईंको दास याकूबका हुन्। उनले यी सब पशुहरू आफ्नो मालिक एसावलाई उपहार दिन पठाएका हुन्। याकूब पनि हाम्रोपछि आउँदै हुनुहुन्छ।’”
19 याकूबले दोस्रो, तेस्रो नोकरहरू र सबै अरू नोकरहरूलाई पनि यही कुरा गर्नु भनी आज्ञा दियो। उनले भने, “जब तिमीहरूले एसावलाई भेट्छौ तब यही कुरा गर्नु। 20 तिमीहरूले भन्ने छौ, ‘यो तपाईंलाई उपहार हो, अनि तपाईंको दास याकूब पनि मानिसहरूको पछि-पछि आउँदैछन्।’”
याकूबले सोच्यो, “यदि यी उपहारहरूसँगै मानिसहरूलाई पठाएँ भने हुनसक्छ एसावले मलाई क्षमा गर्ला अनि मलाई स्वीकार गर्नेछ।” 21 यसकारण उसले पहिला उपहार पठायो अनि ऊ त्यस राती शिविरमा नै बस्यो।
22 त्यसपछि राती उठेर उनले त्यो ठाउँ छोड्यो। उसले आफूसँग दुइ पत्नी, दुइ कमारी अनि आफ्नो एघारजना छोराहरूलाई लिएर हिंड्यो। घाटमा पुगेर याकूबले यब्बोक नदी पार गर्यो। 23 उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसँग भएका प्रत्येक चीज नदी पारी पठायो।
परमेश्वरसित लडाइँ
24 याकूब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नुअघि जब याकूब एक्लै थियो, एकजना मानिस आयो अनि ऊसित कुश्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किञ्जेलसम्म कुश्ती लड्यो। 25 त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससँग कुश्ती लड़दै थियो।
26 तब त्यस मानिसले याकूबलाई भने, “मलाई जान देऊ। सूर्योदय भइरहेको छ।”
तर याकूबले भन्यो, “जबसम्म तिमी मलाई आशीर्वाद दिंदैनौ म तिमीलाई जान दिने छैन।”
27 अनि त्यस मानिसले उसलाई भन्यो, “तिम्रो नाउँ के हो?”
अनि याकूबले उत्तर दियो, “मेरो नाउँ याकूब हो।”
28 तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।”
29 तब याकूबले उनलाई सोधे, “दया गरी मलाई तँपाइको नाउँ बताउनु होस्।”
तर त्यस मानिसले भने, “तिमीले मेरो नाउँ किन सोध्नु पर्यो?” त्यस बेला त्यस मानिसले याकूबलाई आशीर्वाद दियो।
30 यसर्थ याकूबले त्यस ठाउँको नाउँ पनीएल राख्यो। याकूबले भन्यो, “मैले यस ठाउँमा परमेश्वरलाई मुखा-मुख देखेको थिएँ तर अझै मेरो जीवन सुरक्षित थियो।” 31 उनले जब त्यो ठाऊँ छोड्यो, सूर्य उदायो। याकूब आफ्नो खुट्टाले गर्दा खोल्च्यङ्ग-खोल्च्यङ्ग गर्दै हिड्दैथ्यो। 32 यसर्थ आजसम्म पनि इस्राएलका मानिसहरूले कम्मरको जोडनीको मासु खाँदैनन् कारण त्यही मांसपेशी हो जसमा याकूबलाई चोट लागेको थियो।
याकूबको साहस प्रदर्शन
33 याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसँग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा। 2 याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।
3 याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुन्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।
4 एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए। 5 त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”
याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएको हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”
6 त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए। 7 त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।
8 एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”
याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”
9 तर एसावले भने, “भाइ, तैंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”
10 याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार गर्नु पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ। 11 यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।
12 त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस् र म तँसँगै जानेछु।”
13 तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेंडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्। 14 यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”
15 यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”
तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।” 16 यसकारण त्यो दिन एसाव सेइर फर्कियो। 17 तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।
18 यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो। 19 उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो। 20 त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल इस्राएलका परमेश्वर राख्यो।”
दीनाको बलात्कार
34 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्। 2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो। 3 शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो। 4 शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
5 याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्। 6 त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
7 जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
8 तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्। 9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्। 10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”
11 शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु। 12 यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झूटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो। 14 यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ। 15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौं यदि तिमीले यो काम गर्यौं भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ। 16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौं। 17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
18 यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए। 19 दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।
आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो। 20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने, 21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ। 22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ। 23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।” 24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए। 26 दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए। 27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन। 28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे। 29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”
31 तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अँहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”
याकूब बेतेलमा
35 परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
2 यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झूटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ। 3 हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौं, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौं। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”
4 यसर्थ मानिसहरूसित भएका झूटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।
5 याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए। 6 यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ। 7 याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।
8 रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।
याकूबको नयाँ नाउँ
9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। 10 परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।
11 परमेश्वरले उसलाई भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्। 12 मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।” 13 त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो। 14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।
राहेल प्रसुति पीडामा मरी
16 याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली। 17 तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउँदैछ्यौ।”
18 छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
19 राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)। 20 राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यहीं खडा छ। 21 त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।
22 इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।
इस्राएलको परिवार
याकूब (इस्राएल) का बाह्र जना छोराहरू थिए।
23 लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।
24 राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।
25 राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।
26 लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए।
यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दम-आराममा थिए।
27 याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बामा (हेब्रोन) गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए। 28 इसहाक एक सय असी बर्ष बाँचे। 29 इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।
एसावको परिवार
36 एसावको पारिवारिक इतिहास यही हो। 2 एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि 3 बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी। 4 एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। 5 अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।
6-8 याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)
9 एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,
10 एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।
11 एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।
12 एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।
13 रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।
यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
14 एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।
15 यी परिवार एसावबाट आएका हुन्।
एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज, 16 कोरह, गाताम अनि अमालेक।
ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।
17 एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।
ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।
18 एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।
19 यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।
20 एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए:
लोतान, शोबाल, सिओन, अना, 21 दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।
22 लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)
23 शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।
24 सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)
25 दीशोन र ओहोलीबामाका बाबु अना थिए।
26 दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।
27 एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।
28 दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।
29 होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना, 30 दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।
31 त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।
32 बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।
33 जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।
34 जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।
35 जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।
36 जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।
37 जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।
38 जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।
39 जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)
40-43 एसाव एदोमी परिवारहरूः
तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।
सपना दर्शी यूसुफ
37 याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो। 2 याकूबको परिवारको कथा यही हो।
यूसुफ सत्र बर्षको युवक थियो। उसको काम भेंडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप-पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो। 3 इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो। 4 यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।
5 एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।
6 यूसुफले भने, “मैले एउटा सपना देखें। 7 हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”
8 यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।
9 तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”
10 उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।” 11 यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?
12 एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेंडाहरूको हेरचाह गर्न शकेम गए। 13 याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेंडाहरू हेरचाह गर्दैछन्।”
यूसुफले भने, “म जानेछु।”
14 यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेंडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।
15 शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”
16 यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेंडाहरूसित कहाँ छन्?”
17 त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।
यूसुफ कमारोको रूपमा बेचियो
18 यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए। 19 उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ। 20 यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”
21 तर रूबेनले यूसुफलाई बचाउन चाहन्थ्यो। रूबेनले भने, “त्यसलाई हामी नमारौं। 22 हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो। 23 जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे। 24 त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।
25 जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए। 26 यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ? 27 बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए। 28 जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।
29 यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो। 30 रूबेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गएर भने, “त्यो केटो कूवाँमा छैन। मैले के गर्नु?” 31 ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए। 32 तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”
33 तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।” 34 याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो। 35 उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो।
36 ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।
यहूदा र तामार
38 त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो। 2 यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो। 3 त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी। 4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी। 5 पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।
6 यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो। 7 तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो। 8 त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”
9 ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन। 10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो। 11 त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।
12 पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेंडाबाट काटिएको ऊन लिन यहूदा तिम्ना गए। 13 उसको ससुरा यहूदा भेंडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई। 14 तामारले सधैँ विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।
15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई। 16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई।
उनले भनी, “तिमीले मलाई के दिन्छौ?”
17 यहूदाले उत्तर दियो, “म मेरो भेंडाको हुलबाट एउटा भेंडा पठाइ दिनेछु।”
उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेंडा नपठाउन्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”
18 यहूदाले सोध्यो, “मैले भेंडा नपठाउन्जेलसम्म के बन्धक राख्न चाहन्छौ?”
तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्। 19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।
20 त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन। 21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?”
मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”
22 यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”
23 यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”
तामार गर्भवती भई
24 प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले ऊ वेश्यावृतिले गर्दा गर्भवती छे।”
तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”
25 यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?”
26 यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।
27 तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्। 28 जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।” 29 तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी। 30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।
यूसुफ मिश्र देशको पोतीफरलाई बेचियो
39 जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो। 2 तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
3 पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। 4 यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो। 5 जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो। 6 यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।
पोतीफरकी पत्नी अनि यूसुफको अस्वीकृति
यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो। 7 केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”
8 तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्। 9 मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”
10 त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो। 11 एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। 12 उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।
13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ। 14 ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ। 15 म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।” 16 यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी। 17 अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो। 18 जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।”
19 जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए। 20 त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।
यूसुफ झ्याल खानामा
21 तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ सधैँ ऊसँग दयालु हुनुहुन्थ्यो। 22 उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए। 23 रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।
यूसुफले दुइवटा सपना व्याख्या गर्छ
40 पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए। 2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए। 3 उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो। 4 प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए। 5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो। 6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। 7 यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
8 ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।”
यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
दाखरस सेवकको सपना
9 यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें। 10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो। 11 मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
© 2004, 2010 Bible League International