Bible in 90 Days
मिश्रदेशमा याकूबको परिवार
1 याकूबले आफ्ना छोराहरूसित मिश्रदेशतिर यात्रा गरे अनि तिनका प्रत्येक छोराहरूका आफ्नो-आफ्नो परिवार थिए। इस्राएलका छोराहरू यिनीहरू नै हुन्: 2 रूबेन, शिमोन, लेवी, यहूदा, 3 इस्साकार, जबूलून, बिन्यामीन, 4 दान, नप्ताली, गाद र आशेर। 5 याकूबका आफ्नै परिवारका जम्मा सन्तानहरू सत्तरी जना थिए। यूसुफ याकूबका बाह्रजना छोराहरू मध्ये एकजना थिए (तर तिनी पहिलेदेखि नै मिश्रमा थिए।)
6 यूसुफ, उनका दाज्यू-भाइहरू अनि त्यस पुस्ताका सबै मानिसहरूको मृत्यु भयो। 7 तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।
इस्राएलका मानिसहरूको दुःख
8 तब नयाँ राजाले मिश्रदेशमा शासन गर्न थाले। त्यो राजाले यूसुफलाई चिन्दैन थिए। 9 त्यो राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलका मानिसहरूलाई हेर, तिनीहरू विशाल संख्यामा छन् र हामीभन्दा बलिया पनि छन्। 10 यी इस्राएलीहरूको संख्या वृद्धिमा अंकुशे लगाउन हामीले केही योजनाहरू बनाउनु पर्छ। यदि हामीसित कसैले लडाइँ गरे यी इस्राएलीहरू शत्रु पक्षपट्टि लाग्न सक्छन्। अनि तिनीहरूले हामीलाई जितेर हामीबाट उम्कन सक्छन्।”
11 मिश्रीहरूले इस्राएलीहरूको जीवन कष्टपूर्ण पार्ने निर्णय गरे। यसर्थ मिश्रीहरूले इस्राएलीहरूमाथि कमारा-स्वामीहरू नियुक्त गरे। ती स्वामीहरूले फिरऊनको निम्ति पिताम र रामसेस शहरहरू बनाउन ती इस्राएलीहरूलाई जोर लगाए। राजाले यी शहरहरू अन्न र अरू चीजहरू राख्न प्रयोग गरे।
12 मिश्रीहरूले इस्राएलीहरूलाई कठिन-कठिन कामहरू गर्न लगाउन थाले, तर जति तिनीहरूलाई काममा लगाइन्थ्यो त्यति नै तिनीहरूको संख्या बढथ्यो अनि फैलिन्थे। अनि मिश्रीहरू इस्राएलीहरूसँग अझै डराउन थाले। 13 यसर्थ तिनीहरूलाई मिश्रीहरूले अझ कठिन कामहरू गर्न लगाए।
14 मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै अप्ठयारोमा पारे।
सेविकाहरू जसले परमेश्वरलाई पछ्याए
15 हिब्रू स्त्रीहरूले नानी जन्माउने समयमा हेरचाह गर्ने त्यहाँ दुइजना सुँडेनीहरू थिए। तिनीहरूको नाउँ शिप्रा र पूआ थियो। मिश्रदेशका राजाले ती दुइ सुँडेनीसँग कुरा गरे। 16 राजाले तिनीहरूलाई भने, “जब तिमीहरूले एउटा हिब्रू स्त्रीहरूलाई नानी जन्माउनमा सहायता गर्नेछौ, यदि छोरी जन्मेछ भने उसलाई बाँच्न देऊ। तर यदि छोरा जन्मिछ भने तब त्यसलाई अवश्य मारिदेऊ।”
17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए।
18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”
19 सुँडेनीहरूले फिरऊनलाई उत्तर दिए, “महाराज! हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूभन्दा ज्यादै बलिया छन्। हामीहरू तिनीहरूलाई सहायता गर्न पुग्नअघिनै नानी जन्माइसकेका हुन्छन्।” 20-21 परमेश्वर सुँडेनीहरूसित खुशी हुनुहुन्थ्यो, यसकारण परमेश्वर तिनीहरू प्रति राम्रो हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नै परिवारहरू बनाउने अनुमति दिनुभयो।
हिब्रू मानिसहरूका धैरे नानीहरू हुँदै गए अनि तिनीहरू साह्रै शक्तिशाली भए। 22 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”
शिशु मोशा
2 एकजना मानिस जो लेवी कुलका थिए, तिनले लेवी कुलकै एउटी आइमाईलाई विवाह गरे। 2 त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी। 3 जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी। 4 त्यस नानीकी दिदीले बालकलाई के हुँदो रहेछ भनेर हेर्नको निम्ति केही टाढा बसी।
5 जब फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन् तिनकी सेवीकाहरू नील नदीको छेउमा हिंडे, फिरऊनकी छोरीले डालो अग्ला निगालो घारिको बीचमा देखिन्। यसर्थ तिनले त्यो डालो ल्याउन तिनीहरू मध्ये एकजनालाई अह्राइन्। 6 राजकुमारीले ती डालो खोलिन् र त्यसभित्र एउटा बालकलाई रोइरहेको पाइन्। बालक रोइरहेकोमा त्यो राजकुमारी दुःखी भइन्। त्यसपछि तिनले थाहा पाइन् कि त्यो बालक कुनै हिब्रूको हो।
7 त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?”
8 फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।”
यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।
9 फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।”
तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी। 10 त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।
मोशाले आफ्ना मानिसहरूलाई सहायता गर्छन्
11 जब मोशा बढेर ठूलो भए, उनी बाहिर गए अनि हिब्रू, आफ्ना मानिसहरूलाई कठिन काम गर्न लगाएको देखे। एक दिन मोशाले एकजना मिश्री मानिसले एकजना हिब्रू मानिसलाई हिर्काउँदै गरेको देखे। 12 मोशाले चारैतिर हेरे र त्यहाँ कोही अरू मानिसहरू नभएकाले त्यस मिश्री मानिसलाई मारेर बालुवा तल पुरे।
13 अर्को दिन दुइ जना हिब्रू मानिसहरूलाई आफ्स्तमा लडाइँ गर्दै गरेको भेटे। तिनीहरू मध्ये एकजनाको कसुर भएको उनले पाए अनि तिनलाई भने, “तिमीले किन आफ्नो छिमेकीलाई नोक्सान पुर्याइरहेकाछौं?”
14 त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?”
तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह भएछ।”
15 मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैंलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।
मोशा मिद्यानमा
जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे। 16 त्यहाँ एक जना मिद्यान पूजाहारी बस्थे जसका सातवटी छोरीहरू थिए। छोरीहरू तिनीहरूका पिताका भेंडाहरूका लागि त्यही कुवामा पानी निकाल्न आए। तिनीहरूले डुँडमा पानी भर्ने प्रयास गरिरहेका थिए। 17 तर त्यहाँ केही भेंडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बँचाए अनि पानी झिके र पशुहरूलाई दिए।
18 तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”
19 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।”
20 यसकारण रूएलले आफ्नी छोरीहरूलाई भने, “त्यो मानिस कहाँ छ? किन तिमीहरूले उसलाई एक्लै छोड्यौ? उसलाई यहाँ बोलाऊ अनि उसले हामीसँगै खाओस्।”
21 मोशा रूएलसँग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए। 22 सिप्पोरा गर्भवती भई अनि एउटा छोरा जन्माइ मोशाले आफ्नो छोरोको नाउँ गेर्शोम राखे किनभने मोशा त्यस भूमिमा अपरिचित थिए जो उनको थिएन।
परमेश्वर इस्राएललाई सहयोग गर्ने निर्णय लिनु हुन्छ
23 धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो। 24 परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नु भयो र उहाँले अब्राहाम, इसहाक अनि याकूबसित गर्नु भएको करार सम्झनु भयो। 25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो।
जलिरहेको पोथ्रा
3 त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। 2 पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे।
पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। 3 मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”
4 जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”
मोशाले उत्तर दिए, “म यहाँ छु।”
5 तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। 6 म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”
मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।
7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु। 8 अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्। 9 मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्। 10 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”
11 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”
12 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”
13 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”
14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “‘म जो हुँ त्यही हुँ’ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।” 15 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।’”
16 परमेश्वरले मोशालाई फेरि भन्नुभयो, “जाऊ अनि इस्राएलका बूढा प्रधानहरूलाई एकत्रित गर अनि तिनीहरूलाई भन, ‘यहोवा, तिमीहरूका पिता-पुर्खाहरूका अब्राहाम, इसहाक अनि याकूबका परमेश्वर मेरोअघि मानिस जस्तै प्रकट हुनुभयो अनि मलाई भन्नु भयो, यहाँ मिश्रमा भोगेका कष्टहरू र शोकहरू उहाँलाई थाह छ र तिमीहरूलाई उहाँ कष्टबाट मुक्त गराउनु चाहनु हुन्छ। 17 उहाँले यसो भन्नु भयो तिमीहरूलाई मिश्रबाट बाहिर निकाल्नु हुनेछ, अनि विभिन्न जातिहरूको भूमिमा लानु हुनेछन् जस्तै कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू अनि दूध र मह बगिरहेको भूमिमा पुर्याउनु हुनेछ।’
18 “ती बूढा-प्रधानहरूले तिमीहरूको कुरा सुन्नेछन्। त्यसपछि तिमी र बूढा-प्रधानहरू मिश्रका राजा कहाँ जानेछौ। तिमीले राजालाई भन्ने छौ, ‘यहोवा हिब्रू मानिसहरूका परमेश्वर हुन्। हाम्रा परमेश्वर हामीकहाँ आउनु भयो अनि हामीलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न भन्नुभयो। हामीले हाम्रा परमेश्वर यहोवालाई त्यहाँ बलिहरू चढाउनु पर्नेछ।’
19 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महा-शक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ। 20 यसर्थ तिनीहरूमाझ म अचम्मका कुराहरू गर्न महा-शक्ति प्रयोग गर्नेछु। जब म महा-शक्तिको प्रयोग गर्छु राजाले तिनीहरूलाई छोड्न बाध्य गर्नेछु। 21 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाड्छन् तिनीहरू रित्तै हात जाने छैनन्।
22 “हिब्रू महिलाहरूले तिनीहरूका मिश्री छिमेकीहरूसित सुन र चाँदीको चीजहरू अनि लुगाहरू माग्ने छन्। तिमीहरूले ती चीजहरू तिमीहरूका छोरा-छोरीहरूलाई लगाईदिने छौ। यस प्रकार तिमीहरूले मिश्रबाट सम्पत्ति लिएर आउनेछौ।”
मोशाको निम्ति प्रमाण
4 तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?”
2 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?”
मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”
3 तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।”
मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। 4 तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।”
मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। 5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।”
6 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।”
यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए।
7 तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो।
8 तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्। 9 यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”
10 तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँच्चो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू प्रयोग गर्दिन।”
11 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? अनि मानिसलाई कसले बहिरो, बोल्न नसक्ने बनाउन सक्छ? कसले मानिसलाई अन्धो बनाउन सक्छ? कसले मानिसलाई देख्न सक्ने बनाउन सक्छ? त्यो म नै एक हुँ जसले यी सब कर्महरू गर्न सक्छ, म यहोवा हुँ। 12 यसकारण, तिमी जाऊ, जब तिमी कुरा गर्छौ म तिमीसित हुनेछु। म तिमीलाई भन्नु पर्ने शब्दहरू दिनेछु।”
13 तर मोशाले भने, “हे मेरो परमप्रभु! मलाई होइन, अरू कसैलाई पठाउनु होस्।”
14 तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्। 15 ऊ तिमीसँग फिरऊन कहाँ जानेछ। म तिमीहरूलाई भन्नेछु के भन्नु पर्ने हो। तब तिमीले हारूनलाई भन्नुपर्छ, अनि हारूनले फिरऊनसित बोल्ने सही शब्दहरू चुन्नेछ। 16 तिम्रो दाज्यू हारूनले पनि मानिसहरूसँग बोल्ने छन्। तिमी महान राजा जस्तै हुनेछौ अनि हारून तिम्रा अधिकृत वक्ता बनिनेछन्। 17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिँड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।”
मोशा मिश्र फर्किन्छन्
18 तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।”
यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।”
19 जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”
20 यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे।
21 मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु। 22 तब तिमीले फिरऊनलाई भन्नुपर्छ। 23 परमप्रभु भन्नुहुन्छ, ‘इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’”
मोशाको छोरालाई खतना गरिन्छ
24 मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। 25 तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।” 26 सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।
मोशा र हारून परमेश्वरको सम्मुख
27 परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए। 28 मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।
29 यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे। 30 त्यसपछि हारूनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे। 31 मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।
मोशा र हारून फिरऊनको सामुन्ने
5 मानिसहरूसँग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।’”
2 तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”
3 तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरुभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”
4 तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर। 5 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”
फिरऊनले मानिसहरूलाई दण्ड दिन्छन्
6 त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने, 7 “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैंले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ। 8 तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्। 9 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”
10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्। 11 तिमीहरू आफैं गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”
12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशको प्रत्येक ठाउँमा गए। 13 कमाराका मालिकहरूले मानिसहरूलाई झन् कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए। 14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सक्थ्यौ भने अहिले बनाउन सक्छौ?”
15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौं, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ? 16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”
17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाँहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढ़ाउन खोज्छौ। 18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौं। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।
20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए। 21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चै गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोड्ने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”
मोशा परमेश्वरसित शिकायत गर्छन्
22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो? 23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”
6 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”
2 तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, 3 अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई[a] भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। 4 मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। 5 इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। 6 यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। 7 तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। 8 मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’”
9 यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
10 तब परमप्रभुले मोशालाई भन्नुभयो, 11 “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”
12 तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”
13 परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।
इस्राएलका केही परिवारहरू
14 इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः
हनोक, पल्लू, हेस्रोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।
15 शिमोनका छोराहरू हुन्: यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।
16 लेवी एक सय सैंतीस बर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।
17 गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।
18 कहात एक सय तेत्तिस बर्ष बाँचे अनि तिनका छोराहरू हुन्: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
19 महली अनि मूशी मरारीका छोराहरू थिए।
यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।
20 अम्राम एक सय सैंतीस बर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 बर्ष बाँचे।
21 यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
22 मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।
23 हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।
24 कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।
25 हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे।
यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
26 हारून र मोशा यही परिवारका हुन्। अनि यी दुइ जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल-दलमा मिश्र बाहिर ल्याउनु पर्छ।” 27 हारून र मोशा नै ती मानिसहरू हुन् जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोड्न फिरऊनलाई भने।
परमेश्वर मोशालाई फेरि बोलाउनु हुन्छ
28 मिश्र देशमा परमप्रभुले मोशासँग कुरा गर्नुभयो र 29 उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले तिमीहरूलाई जो भनें त्यो मिश्रको राजा फिरऊनलाई भन।”
30 तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”
7 परमप्रभुले मोशालाई भन्नु, भयो, “म तिमीसँग हुनेछु, फिरऊनको अघि तिमी एकजना देवता जस्तै हुनेछौ अनि हारून तिम्रो अगमवक्ता हुनेछ। 2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ। 3 तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र 4 यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु। 5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”
6 परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे। 7 तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 बर्ष र हारून 83 बर्षका थिए।
मोशाको टेक्ने लहुरो सर्प बनिन्छ
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 9 “फिरऊनले तिमीलाई केही शक्ति प्रदर्शन गर्नु भन्नेछ। हारूनलाई आफ्नो लहुरो फिरऊनको अघि भूईंमा फ्याँक्नु भन। फिरऊन हेरिरहेको हुन्छ, लट्ठी सर्प हुनेछ।”
10 यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।
11 तब राजाले त्यहाँका ज्ञानी मानिसहरू तथा जादूवालाहरूलाई बोलाए। ती मानिसहरूले आफ्नो तन्त्र-मंत्र प्रयोग गरे र हारूनले गरे जस्तै गर्न सके। 12 तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरू निली दियो। 13 तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।
पानी रगत बनिन्छ
14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन। 15 बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। 16 उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरुभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’ 17 यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउँछु र नदी रगतमा परिवर्तन हुनेछ। 18 नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’”
19 परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।”
20 यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो। 21 पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।
22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो। 23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।
24 मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे।
भ्यागुत्ताहरू
25 परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो।
8 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्। 2 यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुत्ताहरूले भरिदिनेछु। 3 नील नदी भ्यागुत्ताले भरिनेछ। भ्यागुत्ताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुत्ताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्। 4 भ्यागुत्ता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।’”
5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुत्ताहरू बाहिर जमीनमा निस्कनेछन्।”
6 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।
7 जादूगरहरूले पनि त्यसै गरेर मिश्र देशमा भ्यागुत्ताहरू ल्याए।
8 फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुत्ताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”
9 मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुत्ताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुत्ताहरूले तपाईंहरू र तपाईंका घर छोड्ने छन् र नदीमा मात्र रहनेछन्।”
10 फिरऊनले भने, “भोलिसम्म।”
मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन, 11 भ्यागुत्ताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन्, र भ्यागुत्ताहरू नदीमा मात्र रहनेछन्।”
12 मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभु परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुत्ताको विषयमा चिच्याए र भने। 13 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुत्ताहरू घर, आँगन र खेतमा मरे। 14 मरेका भ्यागुत्ताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो। 15 फिरऊनले देखे तिनीहरू भ्यागुत्ताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भन्नु भएको थियो।
जुम्राहरू
16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”
17 तिनीहरूले त्यसै गरे। हारूनले जमीनको धूलोमाथि आफ्नो लहुरोले हिर्काए अनि धूलो मिश्रको जता ततै जुम्रामा परिणत भयो। जुम्रा पशु र मानिसहरूमा सरे।
18 यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे। 19 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।
झींगाहरू
20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। 21 यदि तपाईंले मेरो मानिसहरूलाई जान दिनु हुन्न भने म झींगाहरू तिमी, तिम्रा अधिकारीहरू र तिम्रा मानिसहरूको विरूद्धमा पठाउनेछु। झींगाहरू तिम्रो र तिम्रा अधिकारीहरूका घरहरूमा जानेछन्। मिश्रका सबै घरहरू झींगाले भरिनेछन्। जमीन पनि झींगाले भरिनेछ। 22 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु। 23 यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।’”
24 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झींगाहरूले देश नै नष्ट पारिरहेका थिए। 25 त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।”
26 तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन। परमप्रभु हाम्रा परमेश्वरलाई पशु बलिदान चढाउँदा मिश्र देशका मानिसहरूले भयानक कुरा हो भनी सम्झन्छन्। यदि यहाँ हामीले बलिदान चढायौं भने मिश्रदेशका मानिसहरूले देख्नेछन् र तिनीहरूले हामीमाथि ढुङ्गा हिर्काउने छन्। 27 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस्।”
28 यसर्थ फिरऊनले भने, “म परमप्रभु तिमीहरूका परमेश्वरलाई बलि चढाउन मरुभूमिमा जान दिनेछु। तर तिमीहरू ज्यादै टाढा जान पाउँने छैनौ अहिले जाऊ अनि मेरो निम्ति प्रार्थना गर।”
29 मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”
30 त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे। 31 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झींगाहरू हटाइदिनु भयो। झींगा एउटा पनि रहेन। 32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।
खेतका पशुहरूको रोग
9 तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’ 2 यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने, 3 तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेंडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्। 4 परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्। 5 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”
6 परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्। 7 फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।
खट्टिराहरू
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ। 9 त्यो धूलो बनिन्छ र मिश्रको भूमिमाथि उडनेछ। जब धूलोले गर्दा मिश्रका मानिसहरू र पशुहरूलाई छालामा खटिराहरू निस्कनेछन्।”
10 यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो। 11 मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो। 12 तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो।
असिना
13 तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।” 14 यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन। 15 तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु। 16 तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्। 17 तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं। 18 यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन। 19 अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।’”
20 फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे। 21 तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।
22 परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”
23 तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो। 24 असिना परिरहेको थियो र सँग-सँगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो। 25 मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो। 26 असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।
27 फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं। 28 परमेश्वरद्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।”
29 मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसँगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ। 30 तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।”
31 पातमा बिउहरू लागि सकेको थियो अनि जौंमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो। 32 गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।
33 मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो।
34 जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए। 35 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।
सलहहरू
10 परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें 2 अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”
3 यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।’ 4 यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु। 5 सलहहरूले जमीन ढाक्नेछन्। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्। 6 मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागेयता त्यति कहिल्यै देखिएका थिएनन्।” त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।
7 त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनुहोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”
8 यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हारूनलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर साँच्चै को जाँदै छन् मलाई भन?”
9 मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेंडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।”
10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ। 11 होइन! मात्र तिम्रा मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौ।” अनि फिऊनले मोशा र हारूनलाई पठाए।
12 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”
13 यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो। 14 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्। 15 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।
16 फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु। 17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”
18 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे। 19 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा[b] पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्। 20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।
अँध्यारो
21 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”
22 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो। 23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।
24 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेंडा र गाई-वस्तुहरू यहीं छोडेर जानु पर्छ।”
25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ। 26 जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाड्ने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तब्य स्थानमा पुग्छौं।”
27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। 28 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”
29 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”
पहिले जन्मनेहरूको मृत्यु
11 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ। 2 तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।’” 3 परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान-मानिस भनी मान्दछन्।
4 मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, 5 अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। 6 मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। 7 तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घट्ना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु। 8 त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसाए र म फिरऊनलाई छोड्नेछु।’”
9 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। यसकारण म मिश्रमा आफ्नो महा-शक्ति देखाउन सकुँ।” 10 त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।
निस्तार
12 जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो। 2 “यो महिना नै तिमीहरूको निम्ति बर्षको पहिलो महिना हुनेछ। 3 यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। 4 एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ। 5 पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। 6 तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। 7 यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।
8 “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। 9 पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। 10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।
11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो।
12 “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। 13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
14 “यसकारण यो एउटा स्मरणीय दिन हुनेछ। अनि तिमीहरूको निम्ति यो एक विशेष पवित्र चाड़ हुनेछ। तिमीहरूका सन्तानहरूले सदा सर्वदा यो पवित्र चाड़लाई परमप्रभुलाई भक्ति गर्ने दिनको रूपमा मान्नु पर्छ। 15 यस चाड़मा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाड़़को पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाड़़मा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ। 16 यो पवित्र चाड़को पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ। 17 तिमीहरूले यो अखमिरी रोटीको पवित्र चाड़लाई सम्झना गर्नु पर्छ, कारण यही दिन मैले तिमीहरूलाई मिश्रबाट दल बनाएर बाहिर ल्याए। तिम्रा सन्तानहरू सबैमा सदा-सर्वदा यो एउटा नियम होस्। 18 यसर्थ पहिलो महिनाको चौधौं दिनको साँझ देखि तिमीहरूले खमीर बिनाको रोटी खान शुरू गर्ने छौ। तिमीहरूले खमीर बिनाको रोटी पहिलो महिनाको एक्काईसौं दिनको साँझसम्म खानेछौ। 19 सात दिनसम्म तिमीहरूका घरमा कुनै खमीर रहनु हुँदैन। कुनै पनि मानिस चाहे त्यो इस्राएली होस अथवा विदेशी यदि तिनीहरूले यस समयमा खमीर खायो भने उसलाई इस्राएलीको समुदायबाटै अलग्ग गराउनु पर्छ। 20 यी पवित्र दिनहरूमा तिनीहरू जता सुकै भए पनि खमीर भएको केही पनि खानुँ हुदैन। तिमीहरूले त्यहि खमीर बिनाको रोटी खानु पर्छ।”
21 यसर्थ मोशाले सबै बूढा-प्रधानहरूलाई बोलाए। मोशाले तिनीहरूलाई भने, “तिमीहरूका परिवारका निम्ति थुमाहरू ल्याऊ र निस्तारको निम्ति थुमाहरू मार। 22 हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन। 23 जब परमप्रभु मिश्रमा पहिला जन्मेको छोराहरूलाई मार्न जानुहुनेछ अनि ढोकाका फल्याक अनि खाम्बाहरूमाथि रगत पोतेको देख्नु हुनेछ। तब परमप्रभुले त्यस घरलाई रक्षा गर्नु हुनेछ। उहाँ ती ढोकाद्वारबाट जाँदा परमप्रभुले विनाशक शक्ति ती घरहरूमा पसेर नाशगर्नबाट रोक्नुहुनेछ। 24 तिमीहरूले यो आदेश याद राख्नुपर्छ। यो नियम सदा-सर्वदा तिम्रा सन्तानहरूको निम्ति हुनेछ। 25 तिमीहरू जब परमप्रभुले दिनु भएको भूमिमा जानेछौ तिमीहरूले यो चाड़ पालन गर्नुपर्छ। 26 जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड़ मनाउछौं?’ 27 तब तिमीहरूले जवाफ दिनेछौ, ‘यो निस्तार चाड़ परमप्रभुको सम्मानमा मानिएको हो। नानीहरूलाई तिमीहरू भन्नेछौ, जब हामीहरू मिश्रमा थियौं, परमप्रभुले इस्राएलीको घरहरू छोडेर जानु भयो। उहाँले मिश्री मानिसहरूलाई मार्नु भयो अनि हाम्रो रक्षा गर्नुभयो।’”
यसकारण अहिले मानिसहरू उहाँलाई निहुरिएर दण्डवत गर्छन् र आराधना गर्छन्। 28 परमप्रभुले यो आदेश मोशा र हारूनलाई दिनु भएको थियो, यसर्थ इस्राएलीहरूले त्यही गरे जे परमप्रभुले आदेश दिनु भएको थियो।
29 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो। 30 त्यस रात मिश्रमा प्रत्येक घरको कोही न कोही मरे। फिरऊन, उसका अधिकारीहरू अनि मिश्रका सबै मानिसहरू चिच्याउँदै रोए।
इस्राएलीहरूले मिश्र छाड्छन्
31 तब त्यस राती फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले तिनीहरूलाई भने, “तयार होऊ अनि हाम्रा मानिसहरूलाई छोडेर जाऊ। तिमी र तिम्रा मानिसहरूले त्यसै गर्न सक्छौ जो तिमी भन्छौ तिमीहरू जाऊ अनि आफ्नो परमप्रभुको आराधना गर। 32 तिमीहरूले भने झैं आफ्नो-आफ्नो भेंडा तथा गाई-वस्तुहरू लिएरै जाऊ। तिमीहरूले मलाई पनि आशीर्वाद देऊ।” 33 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौं।”
34 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आँटा, भाँडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए। 35 तब इस्राएलीका मानिसहरूले त्यही गरे जे मोशाले तिनीहरूलाई गर्नु भनेका थिए। तिनीहरूले मिश्र देशका आफ्नो छिमेकीहरूसित लुगा, अनि सुन चाँदीले बनिएको चीजहरू माँगे। 36 परमप्रभुले मिश्रका मानिसहरूलाई दयालु बनाई दिनु भयो अनि तिनीहरूले जे मांगे त्यही दिए।
37 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन। 38 तिनीहरूसित धेरै भेंडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए। 39 ती मानिसहरूसँग रोटीमा खमीर मिसाउने समय पनि थिएन अनि तिनीहरूले यात्राको निम्ति कुनै विशेष भोजन तयार पारेका थिएनन्। यसकारण तिनीहरूका साधरण खमीर बिनाको रोटी बाहेक अरू कुनै खाने कुरा थिएन।
40 इस्राएली मानिसहरू 430 बर्षसम्म मिश्रमा बसे। 41 ठीक 430 बर्षपछि परमप्रभुका समस्त सेनाहरू मिश्रबाट गए। 42 यसर्थ त्यो विशेष छ। जब परमप्रभुले गरेको मानिसहरूले सम्झने छन्। त्यो रात सबै इस्राएली मानिसहरूको हृदयमा सदा-सर्वदा रहनेछ।
43 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाड़को भोजन खान पाउनेछैन। 44 तर यदि कुनै मानिसले कमारो किन्छ र त्यसको खतना गराइदिन्छ भने, त्यो कमरोले निस्तारको भोजन खान सक्छ। 45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन।
46 “प्रत्येक परिवारले एउटा घर भित्र नै भोजन गर्नुपर्छ, कुनै पनि भोजन बाहिर लानु हुँदैन। थुमाको कुनै हड्डी भाँच्नु हुँदैन। 47 इस्राएलका सारा समुदायले यो चाड़ मनाउनु पर्छ। 48 यदि कोही मानिस तिमीहरूसित बसो-बासो गर्छ तर त्यो इस्राएली होइन र यो परमप्रभुको निस्तार चाड़़मा भाग लिन चाहन्छ भने उसको खतना गरिनु नै पर्छ। त्यसपछि त्यो इस्राएली नागरिक बराबर हुन्छ र उसले निस्तार भोजनमा भाग लिन सक्छ। तर यदि उसको खतना गरिएको छैन भने निस्तार भोजनमा भाग लिन सक्तैन। 49 खतना नभएको कुनै पनि मानिसहरूले परमप्रभुको भोजनमा भाग लिनु हुँदैन। यो प्रत्येक मानिसहरूको लागि यो सत्य र निष्पक्ष नियम हो त्यो देशी अथवा विदेशमा जन्मेका नागरिक होस् यो नियम प्रत्येकलाई हुनुपर्छ।”
50 यसर्थ इस्राएलका सारा मानिसहरूले परमप्रभुले मोशा र हारूनलाई दिनु भएका आदेशहरू पालन गरे। 51 यस प्रकारले परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई मिश्र देशबाट बाहिर लिएर जानु भयो। मानिसहरू झुण्ड-झुण्डमा यात्रा गरे।
13 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, 2 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”
3 मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन। 4 आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ। 5 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक बर्ष यही महीनामा पालन गर्नुपर्छ।
6 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ। 7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन। 8 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौं किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’
9 “यस पवित्र चाड़ले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो। 10 यसकारण प्रत्येक बर्ष यो दिनलाई ठीकसित सम्झना गर।
11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ, 12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ। 13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्याएर ल्याउनु पर्छ।
14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो। 15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’ 16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैँ सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महा-शक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
मिश्रबाहिर यात्रा
17 फिरऊनले मानिसहरूलाई छोड्न लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बद्लन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।” 18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कँदा युद्धको पोशाकमा थिए।
यूसुफ घर जान्छन्
19 मोशाले यूसुफको अस्थिरहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसँग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिरहरूलाई मिश्रदेखि बाहिर लान नबिर्स।”
परमप्रभुले आफ्नो मानिसहरूको अगुवाइ गर्नुहुन्छ
20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरुभूमि नजिक थियो। 21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे। 22 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसँगै हुन्थ्यो।
14 तब परमप्रभुले मोशालाई भन्नु भयो, 2 “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। 3 फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। 4 म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”
फिरऊनले इस्राएलीहरूलाई खेद्छ
5 इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?”
6 यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। 7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। 8 इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्यो।
9 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।
10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। 11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? 12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”
13 तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ त्यहीं उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ। 14 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”
15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। 16 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। 17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। 18 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”
परमप्रभुले मिश्रका सेनालाई पराजित गर्नुहुन्छ
19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो। 20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।
21 मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। 22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो। 23 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। 24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो। 25 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”
26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”
27 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो। 28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। 30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। 31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।
मोशाको गीत
15 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः
“म परमप्रभुको निम्ति गाउनेछु!
उहाँले महान कार्य गर्नु भयो।
उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा
फ्याँकि दिनुभयो।
2 परमप्रभु मेरो शक्ति हुनुहुन्छ,
उहाँले मलाई बचाउनु हुन्छ।
परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ,
अनि म उहाँको स्तुति गर्छु।
परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ,
अनि म उहाँको आदर गर्छु।
3 परमप्रभु एउटा योद्धा हुनुहुन्छ,
उहाँको नाउँ परमप्रभु हो।
4 उहाँले फिरऊनका रथहरू,
र सेनालाई समुद्रमा मिल्काई दिनु भयो।
फिरऊनका अत्यन्तै असल सैनिकहरू
लाल समुद्रमा डुबे।
5 गहिरो पानीले तिनीहरूलाई डुबायो,
अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।
6 “तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ।
हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
7 आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,
जसले तपाईंको विरोध गरे।
तपाईंको रीसले परालको आगोले झैं
तपाईंका शत्रुहरूलाई जलायो।
8 तपाईंको नाकबाट निस्केको सासले पानीलाई
एक ठाउँमा थुपारी दियो।
बगिरहेको पानी पर्खाल झैं उभियो।
समुद्रको गहिराइ सतहमा ठोस बनियो।
9 “शत्रुले भन्यो,
‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु,
म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु।
म मेरो तरवार निकाल्नेछु
र तिनीहरूलाई पराजित गर्नेछु।’
10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो
अनि तिनीहरू समुद्रमा ढाकिए।
तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।
11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?
अँह, तपाईं झैं अन्य देवता कतै छैनन्-
तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ!
तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ!
तपाईं अचम्मको काम गर्नुहुन्छ।
12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ,
अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
13 तर आफूले बचाएका मानिसहरूलाई
तपाईंको दयाले डोर्याउनु हुन्छ।
अनि आफ्नो क्षमताले तिनीहरूलाई
पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।
14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्
र तिनीहरू डराउने छन्।
पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,
मोआबका प्रमुखहरू डरले काम्नेछन्।
कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्
तिनीहरू भयभीत हुनेछन्।
जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्,
तिनीहरू चट्टान जस्ता हुनेछन्।
17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।
तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा
तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ।
18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”
© 2004, 2010 Bible League International