Bible in 90 Days
आदमदेखि नूहसम्मको वंशावली
1 1-3 आदम, सेत, एनोश, केनान, महललेल येरेद, हनोक, मतूशेलह, लेमेक, नूह।
4 नूहका छोराहरू: शेम, हाम अनि येपेत थिए।
येपेतका सन्तानहरू
5 येपेतका छोराहरू: गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक अनि तीरास थिए।
6 गोमेरका छोराहरू: अश्कनज, दीपत अनि तोगर्मा थिए।
7 यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए।
हामका सन्तानहरू
8 हामका छोराहरू: कूश, मिश्रेम, पूत र कनान थिए।
9 कूशका छोराहरू: सबा, हवीला, सबता, रामा
अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए।
10 कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए।
11 मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू, 12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) अनि कप्तोरीहरू थिए।
13 कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत, 14 यबूसी, एमोरी, गिर्गाशी, 15 हिव्वी अरकी, सीनी, 16 अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए।
शेमका सन्तानहरू
17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू: ऊज, हूल, गेतेर मेशेक थिए।
18 अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।
19 एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो। 20 (योक्तान, अल्मोदाद, शेलेप, हसर्मावेत, येरह, 21 हदोराम, ऊजाल, दिकला, 22 एबाल, अबीमाएल, शबा, 23 ओपीर, हवीला र योबाबका यी सबै योक्तानका छोराहरू थिए।)
24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह 27 अनि अब्राम (अब्रामलाई अब्राहाम पनि भन्दछन्।)
अब्राहामका परिवार
28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल थिए। 29 यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू: केदार, अदबेल, मिब्साब, 30 मिश्मा, दूमा, मस्सा, हदद, तेमा, 31 यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए।
32 कतूराका छोराहरू: कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्।
योक्षानका छोराहरू शबा र ददान थिए।
33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए।
यी सबै कतूराका छोराहरू थिए।
इसहाकका सन्तानहरू
34 अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए।
35 एसावका छोराहरू: एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए।
36 एलीपजका छोराहरू: तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।
37 रूएलका छोराहरू: नहत, जेरह, शम्मा अनि मिज्जा थिए।
सेइरबाट एदोमीहरू
38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।
39 लोतानका छोराहरू: होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्।
40 शोबालका छोराहरू: अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए।
सिबोनका छोराहरू: अयीया अनि अना थिए।
41 अनाको छोरा दीशोन थिए।
दीशोनका छोराहरू: हम्रान, एश्बान, यित्रान, अनि करान थिए।
42 एसेरका छोराहरू: बिल्हान, जावान अनि याकान थिए।
दीशानका छोराहरू ऊज अनि अरान थिए।
एदोमका राजाहरू
43 इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः
पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।
44 जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए।
45 जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए।
46 जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।
47 हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए।
48 सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए।
49 जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए।
50 जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्। 51 तब हददको मृत्यु भयो।
एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत, 52 ओहोलीबामा, एला, पीनोन, 53 कनज, तेमान, मिबसार, 54 मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।
इस्राएलका छोराहरू
2 इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून 2 दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
यहूदाका छोराहरू
3 यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो। 4 यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
5 पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
6 जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
7 जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान[a] थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
8 एतानका छोरा अजर्याह थिए।
9 हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
रामका सन्तानहरू
10 राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए। 11 नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए। 12 बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए। 13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए। 14 नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए। 15 ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए। 16 तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए। 17 अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।
कालेबका सन्तानहरू
18 कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।[b] अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए। 19 जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे। 20 हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
21 पछि, जब हेस्रोन साठ्ठी बर्षका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्। 22 सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए। 23 तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका स-साना शहरहरू थिए। जम्मा साठ्ठीवटा स-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
24 हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
यरहमेलका सन्तानहरू
25 यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए। 26 यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
27 यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
28 ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
29 अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
30 नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
31 अप्पेमका छोरा यिशी थिए। यिशीका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
33 जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
34 शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
35 शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
36 अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए। 37 जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए। 38 ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए। 39 अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए। 40 एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए। 41 शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
42 कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
43 हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए। 44 शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। 45 शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
47 यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन्।
48 माका कालेबकी अर्की उप-पत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्। 49 माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
50 यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल, 51 बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
52 शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू, 53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
54 यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए। 55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
दाऊदका छोराहरू
3 दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः
दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्।
माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए।
काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।
3 अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्।
कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए।
दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।
5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्।
दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान। 6-8 अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार, एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी, एलीशामा, एल्यादा अनि एलीशापेलेत। 9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।
दाऊद पछि यहूदाका राजाहरू
10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए। 11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए। 12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए। 13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए। 14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।
15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।
16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।
बाबेल कब्जा पछि दाऊदको परिवार
17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल, 18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।
19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्। 20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।
21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।
22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।
23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।
24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।
यहूदाका अन्य कुल समूहहरू
4 यो यहूदाका छोराहरूको सूची हो:
ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।
2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।
3 एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।
4 पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।
यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।
5 तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो। 6 नारा अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारीकी आमा थिइन्। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए। 7 हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए। 8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।
9 याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिंदा म अति वेदनमा थिएँ।” 10 याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनुहोस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।
11 कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए। 12 एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।
13 कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए। 14 मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।
15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।
16 यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।
17-18 एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
19 मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए। 20 शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए।
यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।
21-22 यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्। 23 शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउँथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।
शिमोनका सन्तानहरू
24 शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए। 25 शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।
26 मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए। 27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।
28 शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल, 29 बिल्हा, एसेम, तोलाद, 30 बतूएल, होर्मा, सिक्लग, 31 बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे। 32 यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए। 33 त्यहाँ यो बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारको इतिहास पनि लेखे।
34-38 यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।
यी मानिसहरूका परिवारहरू खुबै विशाल भए। 39 तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेंडा र गाई बस्तुका निम्ति खर्क खोज्न गए। 40 तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे। 41 यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेंडाहरूका निम्ति घाँस थियो।
42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे। 43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।
रूबेनका सन्तानहरू
5 1-3 इस्राएलका जेठा छोरा रूबेन थिए। रूबेनले जेठो छोराले पाउनु पर्ने विशेष सुविधाहरू, पाउनु पर्ने थियो तर रूबेनले आफ्ना पिताको उपपत्नीसित शारीरिक सम्बन्ध राखे। यसर्थ ती विशेष सुविधाहरू यूसुफका छोराहरूलाई दिइयो। परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए। तर यूसुफका परिवारले अन्य सुविधाहरू पाए जो सबै भन्दा जेठा छोराले पाउँथे।
रूबेनका छोराहरू हनोक, पल्लू, हेस्रोन अनि कर्मी थिए।
4 यी नाउँहरू योएलका सन्तानहरूका हुन् योएलका छोरा शमायाह थिए। शमायाहका छोरा गोग थिए। शिमी गोगका छोरा थिए। 5 शिमीका छोरा मीका थिए। मीकाका छोरा रायाह थिए। रायाहका छोरा बाल थिए। 6 बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।
7 योएलका भाइहरू अनि तिनका सबै परिवार समूहहरूलाई त्यसरी नै लेखिएको छ जसरी वंशावलीको सूचीमा लेखिएको छ यीएल जेठा छोरा थिए, त्यसपछि जकर्याह, 8 अनि बेला, बेला अजाजका छोरा थिए। अजाज शेमाका छोरा थिए। शेमा योएलका छोरा थिए। तिनीहरू अरोएरको नेबो अनि बाल-मोनसम्म फैलिएको क्षेत्रमा बस्थे। 9 बेलाका मानिसहरू पूर्वमा यूफ्रेटिस नदीको पूर्व पट्टिको मरुभूमिको किनारमा बस्थे। किनभने गिलाद प्रान्तमा तिनीहरूका धेरै गाई-वस्तूहरू थिए। 10 जब शाऊल राजा थिए। त्यो बेलाका मानिसहरूले हगारी मानिसहरूसित युद्ध गरे। तिनीहरूले हगारी मानिसहरूलाई परास्त गरे। त्यस बेलाका मानिसहरू तम्बूहरूमा बसे जो हगारी जातिका थिए। तिनीहरू ती तम्बूहरूमा बसे अनि गिलादको पूर्वतिरको सम्पूर्ण क्षेत्रमा यात्रा गरे।
गादका सन्तानहरू
11 गाद कुल समूहका मानिसहरू रूबेन कुल समूहका मानिसहरूको छेउमा बस्थे। गादी मानिसहरू बाशान क्षेत्रमा सलका शहरसम्म बस्थे। 12 बाशानमा प्रथम प्रधान योएल भए। शापाम द्वितीय प्रधान थिए। त्यसपछि यानै प्रधान भए। 13 तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए। 14 ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए। 15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।
16 गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका स-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै खर्कहरूमा बस्थे।
17 योताम अनि यारोबामका समयमा यी सबै मानिसहरूका नाउँ गादका वंशावलीका सूचिमा लेखिएका थिए। योताम यहूदाका राजा थिए अनि यारोबाम इस्राएलका राजा थिए।
युद्धमा निपुण केही सैनिकहरू
18 मनश्शे कुल समूहका आधा कुल अनि रूबेन र गादका कुल समूहहरूसित 44,760 साहसी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू युद्धमा निपूर्ण थिए। तिनीहरूले ढाल अनि तरवारहरू बोक्थे अनि तिनीहरू धनु काँड चलाउन पनि सिपालु थिए। 19 तिनीहरूले हगारीहरू र यतूर, नापीश अनि नोदाबका मानिसहरूसित युद्ध शुरू गरे। 20 मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरूले युद्धमा परमेश्वरसित प्रार्थना गरे। तिनीहरूले परमेश्वरसित सहायता मागे किनभने तिनीहरूले उहाँमा भरोसा गरेका थिए। यसर्थ परमेश्वरले तिनीहरूलाई सहायता गर्नु भयो। परमेश्वरले तिनीहरूलाई हगारीहरूलाई हराउन आशिष दिनुभयो। अनि तिनीहरूले अन्य मानिसहरूलाई पनि हराए जो हगारीहरूसित थिए। 21 तिनीहरूले हगारीहरूका पशुहरू लगे। तिनीहरूले 50,000 ऊँटहरू; 2,50,000 भेंडाहरू; 2,000 गधाहरू; अनि 1,00,000 मानिसहरूलाई कैद गरे। 22 धेरै हगारीहरू मारिए किनभने परमेश्वरले रूबेनीहरू, गादीहरू र मनश्शेको आधाकुल समूहरूलाई युद्ध जित्न सहायता गर्नुभएको थियो। तब मनश्शे, रूबेन अनि गादका कुल समूहहरूका ती मानिसहरू हगारीहरूको भूमिमा बसे। तिनीहरू त्यहाँ त्यसबेला सम्म बसे जबसम्म इस्राएलका मानिसहरूलाई कैद गरिएका थिएनन्।
23 मनश्शेका आधा कुल समूहका मानिसहरू बाशान क्षेत्रमा बाल-हर्मान, सनीर अनि हर्मोन पर्वत सम्म बस्थे तिनीहरू अनगन्ती थिए।
24 मनश्शेका आधा कुल समूहका मुख्य मानिसहरू यी थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यिर्मयाह होदबियाह अनि यहदीएल। ती सबै बलवान र साहसी मानिसहरू थिए। ती प्रसिद्ध मानिसहरू थिए अनि तिनीहरू आफ्ना परिवारहरूका प्रमुख अगुवा थिए। 25 तर ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले पुज्ने परमेश्वरको विरूद्ध पाप गरे। तिनीहरूले त्यस भूमिका देवताहरूको पूजा गर्न शुरू गरे। परमेश्वरले ती मानिसहरू जसलाई पहिले ध्वस्त गर्नु भएको थियो।
26 इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पूल अश्शूरका राजा थिए। तिनलाई तिग्लत-पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
लेवीका सन्तानहरू
6 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
2 कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।
3 अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।
हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। 4 एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए। 5 अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए। 6 उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए। 7 मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। 8 अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए। 9 अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए। 10 योहानान अजर्याहका पिता थिए। (अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमानद्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।) 11 अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए। 12 अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए। 13 शुल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए। 14 अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।
15 यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेस्सरलाई प्रयोग गर्नुभयो।
लेवीका अन्य सन्तानहरू
16 लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।
17 गेर्शोमका छोराहरूको नाउँ: लिब्नी र शिमी थिए।
18 कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
19 मरारीका छोराहरूः महली अनि मूशी थिए।
यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।
20 यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए। 21 योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।
22 यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए। 23 एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए। 24 जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।
25 एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए। 26 सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए। 27 एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए। 28 शमूएलका जेठा छोरा योएल र कान्छा अब्याह हुन्।
29 यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए। 30 शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।
मन्दिरका सँगीतकारहरू
31 यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने। 32 यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउन्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुशरण गर्दै सेवा गरे।
33 यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले सँगीतद्वारा सेवा गरे।
कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए। 34 शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए। 35 तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए। 36 योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए। 37 सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। 38 कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।
39 आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए। 40 शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए। 41 मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए। 42 अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए। 43 शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।
44 मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए। 45 मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए। 46 हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए। 47 शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।
48 हेमान अनि आसापका दाज्यू-भाइहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो। 49 तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुशरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।
हारूनका सन्तानहरू
50 यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए। 51 बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए। 52 मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए। 53 सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।
लेवी परिवारहरूका निम्ति घरहरू
54 यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो। 55 तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो। 56 तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो। 57 हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो, 58 हीलेन, दबीर, 59 आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। 60 बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।
कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।
61 कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।
62 ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।
63 परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।
64 यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए। 65 तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।
66 एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए। 67 तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए। 68 योकमाम, बेथहोरोन, 69 अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए। 70 अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसँगै खेतहरू पनि पाए।
अन्य लेवी परिवारहरूले घरहरू प्राप्त गरे
71 गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसँगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।
72-73 गेर्शोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।
74-75 गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।
76 गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरू पनि पाए।
77 बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।
78-79 मरारी परिवारहरूले मरुभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।
80-81 अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरूसँगै नजिकका खेतहरू पनि पाए।
इस्साकारका सन्तानहरू
7 इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।
2 तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।
3 उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। 4 तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।
5 वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।
बिन्यामीनका सन्तानहरू
6 बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।
7 बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।
8 बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए। 9 तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को-को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।
10 यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए। 11 यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।
12 शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।
नप्तालीका सन्तानहरू
13 नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए।
अनि यी बिल्हाका सन्तानहरू थिए।
मनश्शेका सन्तानहरू
14 यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए। 15 माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी स्त्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए। 16 माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।
17 ऊलामका छोरा बदान थिए।
यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए। 18 माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए।
19 शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।
एप्रैमका सन्तानहरू
20 यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए। 21 तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।
केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेंडाहरू चोर्न गएका थिए। 22 एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए। 23 तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो। 24 एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।
25 रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। माहान तेलहका छोरा थिए। 26 लादान माहानका छोरा थिए। अम्मीहूद लादानका छोरा थिए। एलीशामा अम्मीहूकादा छोरा थिए। 27 नून एलीशामाका छोरा थिए। यहोशू नूनका छोरा थिए।
28 यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे। 29 मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।
आशेरका सन्तानहरू
30 आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।
31 बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।
32 येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए।
33 यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अश्वात थिए। यी येप्लेतका छोराहरू थिए।
34 शोमेरका छोराहरू अही, रोहगा, यहूब्बा अनि अराम थियो।
35 शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शेलेश अनि आमाल थिए।
36 सोपहका छोराहरू सूह, हेर्नेपेर, शूआल, बेरी, यिम्राह, 37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान अनि बेरा थिए।
38 येतेरका छोराहरू- यपून्ने, पिस्पा अनि अरा थिए।
39 उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिसिया थिए।
40 यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।
राजा शाऊलको परिवारिक इतिहास
8 बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए। 2 नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए।
3-5 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, अबीशू, नामान, अहोह, गेरा शपूपान अनि हुराम थिए।
6-7 यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए? तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतमा जान बाध्य तुल्याइएको थियो। एहूदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहूदका पिता थिए।
8 शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो। 9-10 शहरेमका योबाब, सिब्या, मेशा, मल्काम, यूस, साकिया अनि मिर्मा तिनकी पत्नी होदेशबाट जन्मिए तिनीहरू आफ्ना परिवारहरूका प्रधानहरू थिए। 11 शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए।
12-13 एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए। बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवार-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए।
14 बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए। 15 जबदियाह, अराद, एदेर, 16 मिखाएल, यिश्पा अनि योहा थिए। 17 एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर, 18 यिश्मरै, यिज्लीआ अनि योबाब थिए।
19 शिमीका छोराहरू याकीम, जिक्री, जब्दी, 20 एलीएनै, सिल्लतै, एलीएल, 21 अदायाह, बरायाह अनि शिम्रात थिए।
22 शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल, 23 अब्दोन, जिक्री, हानान, 24 हनन्याह एलाम, अन्तोतियाह, 25 यिपदिया अनि पनूएल थिए।
26 यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह, 27 यारेश्याह, एलिया अनि जिक्री थिए।
28 यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे।
29 यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। 30 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब, 31 गदोर अहियो, जेकेर अनि मिक्लोत थिए। 32 मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे।
33 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
34 जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।
35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए।
36 आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। 37 मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
38 आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।
39 आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए। 40 ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए।
यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।
9 इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
यरूशलेमका मानिसहरू
यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। 2 सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।
3 यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।
4 ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।
5 शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे।
6 यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।
7 यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए। 8 यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए। 9 बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।
10 यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह। 11 अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए। 12 त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहूरका छोरा थिए। पशहूर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मशुल्लामका छोरा थिए। मशुल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए।
13 त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।
14 यी लेवी कुल समूहका मानिसहरू हुन् जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए। 15 यरूशलेममा बस्ने बक्बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिक्रीका छोरा थिए। जिक्री आसापका छोरा थिए। 16 ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।
17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए। 18 तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालहरू थिए। 19 शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपाल थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो। 20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो। 21 जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपाल थिए।
22 जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए। 23 द्वारपालहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो। 24 त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण। 25 द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।
26 चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो। 27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।
28 केही द्वारपालहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे। 29 केही द्वारपालहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे। 30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।
31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए। 32 केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।
33 लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।
34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।
राजा शाऊलको पारिवारिक इतिहास
35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। 36 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकर्याह, अनि मिक्लोत थियो। 38 मिक्लोत शिमामका पिता थिए। यीएलका परिवार यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।
39 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।
40 जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।
41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरै अनि आहाज थिए। 42 आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। 43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।
44 आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।
© 2004, 2010 Bible League International