Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 4:19-6:15

यर्मियाको विलाप

19 हाय मेरो वेदना, मेरो वेदना!
    म मनोव्यथामा छु! हे मेरो हृदय!
मेरो मुटुले मभित्र प्रहार गरिरहेछ।
    म चूपचाप बस्न सक्तिनँ,
किनभने मैले तुरहीको आवाज सुनेको छु।
    अनि तुरहीले, सैनिकलाई युद्ध तर्फ बोलाइरहेछ।
20 ध्वंसपछि ध्वंस आउँछ।
    सम्पूर्ण देशनै ध्वंस भयो।
हटात मेरा पालहरू पनि ध्वंस भए।
    मेरा पर्दाहरू च्यातिए र तल झारिए।
21 परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ?
    कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?

22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्।
    तिनीहरूले मलाई चिन्दैनन्।
तिनीहरू अज्ञानी नानीहरू हुन्।
    तिनीहरू बुझ्दैनन्।
तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्,
    तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

विपत्ति आईरहेछ

23 मैले पृथ्वीमा हेरें यो खाली थियो;
    यसमा केही पनि थिएन्।
मैले आकाशमा हेरें,
    अनि यसको प्रकाश धीमा भइसकेको थियो।[a]
24 मैले पर्वतहरूलाई हेरें,
    अनि तिनीहरू कामिरहेका थिए।
    सारा पहाडहरू हल्लिरहेका थिए।
25 मैले हेरें, तर त्यहाँ कोही पनि थिएन।
    अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो।
    त्यस भूमिमा भएका सबै शहरहरू नाश भए।
    यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।

27 परमप्रभुले यी कुराहरू भन्नुभयो
“सारा देश नै नष्ट हुनेछ।
    तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन।
28 त्यसै कारण त्यो भूमि रूनेछ,
    अनि माथि आकाश कालो हुनेछ।
म बोलें अनि परिवर्तन हुने छैन्।
    मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”

29 प्रत्येक शहरले घोडसवारी
    र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ!
केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्,
    कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्।
सबै शहरहरू शून्य हुनेछन्,
    त्यहाँ कोही पनि बस्ने छैन।

30 यहूदा तिमी नष्ट भएकाछौ,
    यसकारण अहिले तिमी के गरिरहेका छौ?
तिमी किन तिम्रो सब भन्दा राम्रो
    रातो वस्त्र लगाईरहेका छौ?
किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ?
    तिमी किन आफैंलाई सुन्दर पारिरहेकाछौ?
    खाली यो समयको बर्बादी हो।
तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन।
    तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु।
    पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो।
    त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै
र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो।
    “हाय! म बेहोश हुन लागेकि छु,
    अनि हत्याराहरू मेरा वरिपरि छन्।”

यहूदाका मानिसहरूका दुष्टता

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोंच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो ईमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु। मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”

हे परमप्रभु, म जान्दछु कि तपाईंप्रति,
    मानिसहरू निष्ठावान भएको चाहनु हुन्छ।
तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो
    तर तिनीहरूले अनुभव गरेनन्।
तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो,
    तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन्
तिनीहरू साह्रै हठी थिए।
    तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।

तर मैले परमप्रभुलाई भनें,
    “यिनीहरू गरीबहरू मात्र छन्।
तिनीहरू मूर्ख छन्, तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्,
    अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु,
    र तिनीहरूसँग कुरा गर्नेछु,
कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन्,
    अनि आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।”
तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट
    अलग रहन एक भएका थिए।
तिनीहरू परमेश्वरको विरूद्ध उठे।
    यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ,
मरुभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ।
    एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ।
त्यस चितुवाले शहरबाट बाहिर जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ।
    तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे,
    अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।

परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन?
    तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे।
    तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँच्चो देवताहरू होइनन्।
मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ।
    तर तिनीहरू मेरा विश्वासघाती भए।
    तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
तिनीहरू खूब पोसिएका घोडाहरू,
काम-वासनाले मस्त भएका जस्तै छन्।
    तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।
यी कर्महरूको लागि के म
    सजाय नदिऊँ?”
यो सन्देश परमप्रभुबाट आएको हो।
    “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।

10 “यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ,
    दाखका काट तर सम्पूर्ण प्रकारले नष्ट नगर।
तिनीहरूका सबै हाँगाहरू काटी फाल।
    किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
11 इस्राएलका परिवारहरू
    अनि यहूदा सम्पूर्णरूपले मप्रति अविश्वासी भए।”
    यो सन्देश परमप्रभुबाट आएको हो।

12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे,
    तिनीहरूले विषयमा भने,
‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन।
    कुनै नराम्रो घट्ना घट्ने छैन।
    हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
13 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्।
    परमेश्वरको वचन तिनीहरूमा छैन।
    तिनीहरूमाथि यही हुनेछ।”

14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो
    “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई।
यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्,
    अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्।
    त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
15 हे इस्राएलको घराना हो, यो सन्देश परमप्रभुबाट आएको हो,
    “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु।
यो एउटा सामर्थी जाति हो,
    यो एउटा प्राचीन जाति हो।
त्यसको भाषा तिमीहरूले जान्दैनौ।
    तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ।
    तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू
    र खाद्य जिनिसहरू खाइदिनेछन्।
    तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्।
तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू
    अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्।
तिनीहरूले तिमीहरूका पक्का शहरहरू तलवारले नष्ट पर्नेछन्।
    तिनीहरूले तिमीहरूका पक्का शहरहरू नष्ट पर्ने छन् जसमा तिमीहरू भरोसा गर्थ्यौ।”

18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती सङ्कटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन। 19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुर्याउनेछौ।’”

20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ,
    यो सन्देश यहूदाका राज्यमा फैलाऊ।
21 यो सन्देश सुन,
    ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन,
तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ।
    तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’”
22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ?
तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँहँ।
    त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ।
सागरले बालुवा ननागोस् भनी मैले यो एउटा स्थायी नियम बनाएँ।
    सागरमा छालहरू उठेर आउँछन्,
तर तिनीहरूले नष्ट पार्न सक्तैनन्।
    छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्।
    तिनीहरूले मसित विद्रोह गरे
    अनि मलाई छोडिदिए।
24 तर तिनीहरूले कहिल्यै भनेनन्,
    ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौं।
उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ।
    उहाँले हामीलाई शरद ऋतु र वसन्तको बर्षा ठीक समयमा दिनुहुन्छ।’
25 हे यहूदाका मानिसहरू हो!
    तिमीहरूले खराब काम गर्यौ।
यही कारणले बर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन।
    तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वन्चित गरायो।
26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्।
    जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्।
    तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
27 चराहरूले भरिएको पिँजडा जस्तै
    दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ।
तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
28     तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्।
तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ।
    तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्।
    तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
29 के मैले ती यहूदाका मानिसहरूलाई
    तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?”
यो सन्देश परमेश्वरबाट आएको हो।
“के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं?”

30 “परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक
    एउटा घटना यस देशमा घट्यो।
31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्।
    पूजाहारीहरूले आफू खुशी शासन गर्छन्,
अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्।
    जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?

शत्रुले यरूशलेम घेर्दछ

“हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग।
    यरूशलेमको शहरदेखि भाग।
तको शहरमा युद्धको तुरही फुक
    बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ।
ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ।
    डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
सियोनकी छोरी!
    तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
गोठालाहरू यरूशलेमा भेंडा़का बथानहरू लिएर आउँदछन्,
तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन्
    प्रत्येक गोठालोले आफ्ना भेंडा़ बथानको हेरचाह गर्छन्।

“यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ।
    उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं।
तर अति ढिलो भइसकेको छ।
    साँझको छाँयाहरू फैलिरहेका छन्।
यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ।
    आऊ, यरूशलेमको पक्का महलहरू नष्ट पारौं।”

यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ
    “रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि
    छेक्ने घेराहरू बनाऊ।
अत्याचार बाहेक त्यस शहरमा केही छैन।
    यसलाई सजाय भोगाउनै पर्छ।
एउटा कुवाले आफ्नो पानी ताजा राख्छ।
    त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ।
सधैँ शहरमा दङ्गा र ध्वंशको विषयमा सुन्छु।
    म सधैँ यरूशलेममा विराम चोटहरू देख्छु।
चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम।
    यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्यूँ फर्काउँनेछु।
म तिम्रो भूमि रित्तो मरुभूमि जस्तै पारिदिने छु।
    कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन।”

यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
“खेतमा दाख बटुले झैं इस्राएलमा बाँकी रहेका मानिसहरू भेला गर।
    दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
10 म कोसित बोल्नु?
    मैले कसलाई चेताउनी दिनु?
    कसले मेरो कुरा सुन्छ?
इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्।
    यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्।
परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ।
    तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु।
    म त्यसलाई लिएर थाकिसकेको छु।
“परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ।
    जवानहरूमाथि परमेश्वरको क्रोध खन्याऊ।
लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्।
    सबै बूढा-पाकाहरू पक्राऊ पर्नेछन्।
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ।
    तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ।
म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।”
    यो सन्देश परमेश्वरबाट आएको हो।

13 “इस्राएलका सबै मानिसहरू लोभी छन्।
    माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू,
घुसको लागि मरिमेटछन्।
    अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ।
    तर तिनीहरूले ती घाऊहरूलाई कोट्‌याको जस्तो मात्र ठाने।
तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ,
    अनि प्रत्येक जग्गामा शान्ति छ’, जब कि त्यहाँ शान्ति छैन।
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका,
नराम्रा कुराहरूले लज्जित हुनु पर्ने।
    तर तिनीहरू एकदमै लज्जित छैनन्।
तिनीहरू कसरी लज्जित हुनुपर्ने जान्दैनन्।
    यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ।
जब म मानिसहरूलाई सजाय दिन्छु,
तिनीहरू भूईँमा फ्याँकिनु पर्छ।”
    परमप्रभुले यी कुराहरू भन्नुभयो।

कलस्सी 1:18-2:7

18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
    अनि उहाँ प्रभु[a] हुनुहुन्छ,
    जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।

19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20     अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
    अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। 22 तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। 23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।

मण्डलीको लागि पावलको काम

24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। 25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। 26 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। 27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। 28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं। 29 यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संघर्ष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।

तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ।

म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।

ख्रीष्टमा स्थिर होऊ

तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

भजनसंग्रह 77

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति आसापको भजन।

मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
    हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ,
    तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
मैले परमेश्वरको बारेमा सोचें,
    अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
तपाईंले मलाई सुत्न दिनु भएन,
    म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।
    धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।
    मैले आफैंलाई बुझ्ने कोशिश गरें।
म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
    के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न?
के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
    के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ?
करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
    उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”

10 तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः
    ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’”

11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
    परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु,
    जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।
    म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,
    तपाईं बाहेक कोही पनि महान् छैन।
14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
    तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।

15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो
    तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।
    गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
17 बाक्लो बादलहरूले पानी बर्षाए।
    मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
    बिजुली चम्केको देखें।
18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
    तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो,
    अनि पृथ्वी थर-थर काँप्न थाल्यो।
19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो,
तपाईंले गहन समुद्र पार गर्नुभयो,
    तर तपाईंले कुनै छाप छोड्नु भएन।
20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ,
    मोशा र हारूनलाई खटाउनु भयो।

हितोपदेश 24:23-25

23 यी ज्ञानी मानिसहरूका वचनहरू हुन्ः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ। 24 एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरूद्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरूद्वारा ऊ निन्दित हुनेछ। 25 तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International