Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 26-27

मन्दिरमा यर्मियाको पाठ

26 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड। यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु। तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू। मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ। तब म यो मन्दिरलाई शिलोह[a] जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’”

पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ। कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।

10 जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए। 11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”

12 तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो। 13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ। 14 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर। 15 तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ, जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”

16 त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”

17 तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने। 18 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने, ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

सियोन ध्वंस हुने छ।
    यो जोतेको खेतझैं हुनेछ।
यरूशलेम ढुङ्गाको थाक हुनेछ।
    परमप्रभुको मन्दिर भएको डाँडा जगंल,
    र बनमाराहरूको रित्तो डाँडा[b] बनिनेछ।’

19 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।”

20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे। 21 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए। 22 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो। 23 तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाड्ने चिहानमा फ्याँकिदिए।

24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।

परमेश्वरले नबूकदनेस्सरलाई शासक बनाउनु भयो

27 यहूदामा सिदकियाहको शासनकालको चौथो बर्षमा[c] परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए। परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ। त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ। तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु, त्यसैलाई दिन सक्छु। अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन्। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु। सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन्।

“‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,’” यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु। यसर्थ तिमीहरू अगमवक्ताहरू जोखाना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिनीहरूलाई ध्यान नदेऊ। 10 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मर्नेछौ।

11 “‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,’” परमप्रभुले घोषणा गर्नुहुन्छ।

12 मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ। 13 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो। 14 तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् ‘तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ।’

“तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।” 15 परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”

16 तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्। 17 ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन नष्ट होस्? 18 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”

19 सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे। 20 बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्। 21 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए। 22 ‘ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।’ यो सन्देश परमप्रभु भन्नुहुन्छ, ‘तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।’”

2 थिस्सलोनिकी 3

हाम्रोलागि प्रार्थना गर

अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।

कामगर्न वाध्यता

दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरूलाई हामी हाम्रा प्रभु येशू ख्रीष्टको अधिकार लिएर आज्ञा दिँदछौं कि काम गर्न जसले अस्वीकार गर्छ तिनीहरूबाट टाढा बस। ती मानिसहरूले हामीबाट पाएको शिक्षा अनुशरण गर्नु अस्वीकार गर्छन्। तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं। यसको अर्थ यो होइन कि तिमीहरू को सहाएता माग्ने अधिकार हाम्रो छैन। तर तिमीहरूको लागि उदाहरण बन्नु ताकि तिमीहरूले अनुशरण गर, हामी आफ्नो हेरचाहकोलागी आफैं खट्यौं। 10 हामी जतिञ्चेल तिमीहरूसित थियौं हामीले यो नियम तिमीहरूको निम्ति दियौं, “यदि कसैले काम गर्दैन भने उसले खाने पनि छैन।”

11 हामीले सुनेका छौं तिमीहरू मध्ये कसै-कसैले पटक्कै काम गर्दैनन् र अर्काको काममा हस्तक्षेप मात्र गरिहिंडछन्। 12 हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं। 13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक।

14 यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्। 15 तर त्यससित शत्रु जस्तो व्यवहार नगर बरू भाइलाई जस्तो चेतावनी देऊ।

अन्तिम शब्द

16 हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैँ हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहुन्।

17 पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।

18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैमाथि होस्।

भजनसंग्रह 85

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।

हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
    याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
    क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्,
    पागल नबन्नु होस्।
हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्,
    अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
के तपाई हामीसँग सधैँ क्रोधित हुनुहुन्छ?
    के तपाईंको क्रोध हामीहरूको छोरा-नाति सम्म रहनेछ?
दया गरी हमीलाई नयाँ जीवन दिनुहोस्!
    तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
हे परमप्रभु! हामीलाई आपत्तिबाट बचाउनुँ होस्।
    हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई कति प्रेम गर्नु हुन्छ।

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
    परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
    यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
    हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
    धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
    अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
    अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
    र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

हितोपदेश 25:16

16 मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International