Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 12:1-14:11

12 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, तिमी विद्रोही मानिसहरूसँग बस्छौ। तिनीहरू सधैँ मेरो विरूद्धमा गएका छन्। हेर्नको निम्ति तिनीहरूका आँखा छन्, जे जति मैले तिनीहरूको निम्ति गरें। तर तिनीहरूले त्यो देख्दैनन्। सुन्ने कान छन्, जे जति मैले तिनीहरूलाई गर्नु भनें तिनीहरूले सुनेनन्। किनकि ती विद्रोहीहरू हुन्। यसकारण, हे मानिसको छोरो! आफ्नो समान तयार पार। यस्तो व्यावहार गर मानौ तिमी कुनै टाढो देशमा गइरहेकोछौ। यो यस्तो प्रकारले गर कि मानिसहरूले हेरेको हेरेकै छन सम्भव छ तिनीहरूले तिमीमाथि ध्यान दिनेछन्, तर ती मानिसहरू एकदमै विद्रोही हुन्।

“दिउँसोको समयमा तिमी आफ्नो समान यस्तो प्रकारले बाहिर निकाल कि मानिसहरूले तिमीलाई हेरेको हेरेकै होउन्। त्यसपछि साँझमा यस्तो देखावटी गर कि तिमी टाढा देशमा एउटा बन्दी जस्तै जाँदैछौ। मानिसको आँखाको अगाडी पर्खालमा प्वाल बनाऊ अनि त्यो पर्खालको प्वालबाट बाहिर जाऊ। राती आफ्नो समान काँधमा राख अनि त्यस स्थान छोडीदेऊ। आफ्नो मुख छोप, जसद्वारा तिमीले देख्न नपरोस् कि तिमी कहाँ गई रहेकाछौ। यो काम तिमीले यस्तो प्रकारले गर कि कसैले देख्न नसकोस्। किनकि म तिमीलाई इस्राएलको परिवारको लागि एउटा उदाहरणको रूपमा प्रयोग गर्दैछु।”

यसैकारण उहाँले आज्ञा गरे अनुसार गरें। दिउँसो मैले आफ्नो समान उठाएँ अनि यस्तो देखावटी गरे मानौ म कुनै टाढो देश जाँदैछु। त्यो साँझ मैले आफ्नो हातको प्रयोग गरें अनि भित्तामा प्वाल बनाएँ। राती मैले आफ्नो समान काँधमा राखें अनि गएँ। मैले यो सब यसप्रकारले गरें कि सबैले मलाई देखोस्।

भोलि पल्ट बिहान मैले परमप्रभुको वचन प्राप्त गरें। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, के इस्राएलका ती विद्रोहीहरूले तिमीलाई सोधे तिमीले के गर्दैछौ भनेर? 10 तिनीहरूलाई भन कि परमप्रभु तिनीहरूका मालिकले यो कुरा बताउनु भयो। यो दु:खको संन्देश यरूशलेमका बूढा-प्रधानहरू अनि यरूशलेममा बस्ने इस्राएलका सबै मनिसहरूको विषयमा हो। 11 तिनीहरूलाई भन, ‘म तिमीहरू सबैका लागि उदाहरण हुँ। मैले जे-जे गरें त्यो तिमीहरू सबैको निम्ति वास्तविक हुनेछ।’ तिनीहरू कैदीहरू जस्तो जान बाध्य हुनेछन्। 12 तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि ऊ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन। 13 उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन त्यो त्यहाँ मर्नेछ। 14 म राजाका मानिसहरूलाई बाध्य गर्नेछु कि तिनीहरू इस्राएलको चारै तिर विदेशमा बस्न। म उनको सेनालाई तितर-बितर पार्नेछु अनि शत्रुको सेना उनको पछि लाग्नेछ। 15 त्यसपछि तिनीहरूले बुझ्छन् कि म नै परमप्रभु हुँ। तिनीहरूले सम्झनेछन् कि मैले नै तिनीहरूलाई देशबाट तितर-बितर पारें। तिनीहरूले सम्झने छन् कि मैले तिनीहरूलाई अरू देशहरूमा जान बाध्य पारें।

16 “तर म कतिपय मानिसहरूलाई जीवित राख्नेछु। तिनीहरू रोग, अनिकाल र युद्धद्वारा मर्ने छैनन्। म तिनीहरूलाई यसकारण जीवित राख्नेछु कि तिनीहरू अन्य मानिसहरूसँग त्यो घिनलाग्दो कामको बारेमा भन्न नसकुन् जुन तिनीहरूले मेरो विरूद्ध गरे। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

17 तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो, 18 “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ। 19 तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ। 20 तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि म नै परमप्रभु हुँ।’”

21 तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 22 “हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन:

‘विपत्ति चाँढै आउँदैन,
    दर्शन कहिल्यै हुँदैन।’

23 “ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढ़न बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्:

‘विपत्ति चाढै आउँछ,
    दर्शन पूरा हुनेछ।’

24 “यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँच्चो हुँदैन। 25 किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घट्ना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाँडै आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेर नै छाड्छु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

26 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 27 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झन्छन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै बर्ष पछि घट्नेछ। 28 यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाड्नेछ।’” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

13 त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन! परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुशरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।

“‘इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्। तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।

“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घट्नाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँच्चो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।

“‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफैं जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुले भन्नुभएको हो, तर मैले तिमीहरूसँग कुरै गरिनँ।’”

यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो। परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।

10 “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तहको लेप लगाइरहेछन्। 11 तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ। 12 पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?’” 13 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर बर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु। 14 तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। 15 अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’

16 “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

17 परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ। 18 ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ: विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न फेटा बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ।” के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ। 19 तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ। 20 यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पंक्षीहरू जस्तै हुनेछन्। 21 म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।’

22 “‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दु:ख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दु:ख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बद्लि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ। 23 तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ, म नै परमप्रभु हुँ।’”

14 इस्राएलका केही बुढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे। परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, “हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लिउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अँहँ! तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफैं दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु। किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’

“यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाह माग्नको निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु। म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ। यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि ऊ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु। 10 यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवक्ता जसले उत्तर दियो दुवैले एउटै दण्ड पाउँनेछन्। 11 किनकि यसप्रकारले त्यो अगमवक्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन अनि म तिनीहरूको परमेश्वर बनिन्छु।’” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

हिब्रू 7:1-17

पूजाहारी मल्कीसेदेक

मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाईँ जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए। अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए।

मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शान्तिको राजा।” मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

यसबाट, तिमीहरू बुझ्नसक्छौ कि मल्कीसेदेक एक जना खुबै महान पुरूष थिए। पितृ-प्रमुख अब्राहामले मल्कीसेदेकलाई आफूले युद्धमा जितेको जम्मैको दशांश भाग दिए। अब नियमले भन्छ, लेवीको सन्तानबाट जो पनि पूजाहारीहरू बनिन्छन्, मानिसहरूबाट उसले दशांश पाउनु पर्छ। पूजाहारीहरू र तिनका मानिसहरू दुवै अब्राहामकै परिवारबाट हुन। तथापि पूजाहारीहरूले आफ्नै मानिसहरूबाट दशांश उठाउँछन्। मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए। अनि सबै मानिसहरूले जान्दछन् कि जो ठूला मानिसहरू छन् साना मानिसहरूलाई आशीर्वाद दिन्छन्।

ती पूजाहारीहरू दशांश पाउँछन् तर ती सबै बाँच्ने मानिसहरू मात्र हुन्। तर मल्कीसेदेक जसले अब्राहामबाट दशांश पाए, सदाकाल बाँचिरहन्छन्, जस्तो धर्मशास्त्रले भन्छ। लेवीले मानिसहरूबाट दशांश पाउछन्। तर यसो पनि भन्न सकिन्छ कि जब अब्राहामले मल्कीसेदेकलाई दशांश दिए लेवीले पनि दिए। 10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे।

11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो? 12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लिनु पर्छ। 13 हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्। 14 यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।

येशू मल्कीसेदेक जस्तै एक पूजाहारी हुनुहुन्छ

15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढ़ता स्पष्ट हुन्छ। 16 उहाँ मानव नियम र विधानहरू अनुसार पूजाहारी हुनुभएन। उहाँ आफ्नो अनन्त जीवनको शक्तिद्वारा पूजाहारी हुनुभयो। 17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।”(A)

भजनसंग्रह 105:37-45

37 त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो।
    तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए।
    परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38 परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए
    किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39 परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो।
    परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40 मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो।
    परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41 परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो।
अनि त्यहाँबाट भल-भल पानी निस्क्यो।
    मरुभूमिमा नदी बग्न थाल्यो।

42 परमेश्वरले उहाँको वचन सम्झनु भयो।
    परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43 परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो।
    मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44 तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए।
    परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45 परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन।
    यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 27:3

ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International