The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
परमेश्वरले इजकिएललाई इस्राएलको निम्ति प्रहरी छान्नु भयो
33 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्। 3 यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ। 4 यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ। 5 उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।
6 “‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’
7 “अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ। 8 म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु। 9 तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बद्लि गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।”
परमेश्वर मानिसहरूलाई नष्टगर्न चाहनुहुन्न
10 “यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’
11 “तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिनँ, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
12 “हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’
13 “म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।
14 “अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि ऊ मर्छ। तर उसले आफ्नो जीवन बद्लि गर्न सक्छ। उसले पाप गर्न छोड्न सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ। 15 उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन! 16 बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिनँ। किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!
17 “तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’
“तर तिनीहरू नै हुन् जो जीवित छैनन्! तिनीहरू नै हुन् जो बद्लिनु पर्छ! 18 यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ। 19 अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ। 20 तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।”
यरूशलेममाथि अधिकार गरियो
21 देशबाट-निकालिएको बाह्रौं बर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”
22 अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो। 23 त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 24 “हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौं, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’
25 “तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु? 26 तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’
27 “‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्। 28 त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन। 29 तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
30 “‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ त्यो सुनौं।” 31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
32 “‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ। 33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।’”
इस्राएल भेंडा़हरूको एउटा बगाल जस्तै छ
34 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति केही कुरा भन। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूको आफ्नै पेट मात्र भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमीहरू किन आफ्ना भेंडाहरूको पेट भर्दैनौ? 3 तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेंडा़ मार्छौ, तर तिमीले दुब्लो भेंडा़लाई खान दिँदैनौ। 4 तिमीहरूले कमजोरी र दुब्लो भेंडा़हरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेंडा़लाई पट्टी बाँधिदिएनौ। कति भेंडा़हरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेंडा़को खोजीमा गएनौ। अँहँ, तिमी निष्ठुर अनि कठोर भयौ।
5 “‘अनि अब भेंडा़हरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेंडा़हरू तितर-बितर भए। 6 मेरा सबै भेंडा़हरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेंडा़हरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।’”
7 यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ। 8 “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेंडा़हरूलाई समाते। हो, मेरो भेंडा़हरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेंडा़हरूलाई मार्यो अनि आफैं खायो। त्यसले मेरो भेंडा़हरूको पेट भरिदिएन।”
9 यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन! 10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेंडा़हरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेंडा़हरू बँचाउनेछु। तब मेरा भेंडा़हरू उनीहरूको भोजन बन्नेछैनन्।”
11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफैं उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु। 12 यदि कुनै गोठाला आफ्नो भेंडा़सँग त्यस समयमा छ, जब उसको भेंडा़ टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेंडा़हरूको खोजी गर्नेछु। म आफ्नो भेंडा़लाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए। 13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु। 14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्। 15 हो, म आफ्नो भेंडा़लाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।
16 “म हराएको भेंडा़को खोजी गर्नेछु। म ती भेंडा़हरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेंडा़हरूलाई मलम पट्टी लगाई दिन्छु जसलाई चोट लागेकोछ। म कमजोर भेंडा़लाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु, जसको तिनीहरू भागिदारछन्।”
17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेंडा़, म प्रत्येक भेंडा़लाई न्याय गर्छु। म भेंडा़ अनि बाख्राको बीचमा न्याय गर्नेछु। 18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेंडा़ले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ? 19 मेरो भेंडा़ले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”
20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेंडा़हरूको बीचमा न्याय गर्नेछु! 21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेंडा़हरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ। 22 यसकारण म आफ्नो भेंडा़हरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेंडा़ अनि अर्को बीचमा न्याय गर्नेछु। 23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफैं खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ। 24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
25 “म आफ्नो भेंडा़हरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेंडा़हरू मरुभूमिमा सुरक्षित रहनेछ अनि जङ्गलमा सुत्नेछ। 26 म भेंडा़हरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा बर्षा गराउँछु। त्यो आशीर्वाद सहित बर्षा हुनेछ। 27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेंडा़हरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन्। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ। 28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैनन्। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन्। कसैले उनीहरूलाई आतंकित पार्ने छैन। 29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन्। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्। 30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमप्रभु परमेश्वर हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
31 “तिमी मेरो भेंडा़ हौ, मेरो खर्कका भेंडा़, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
13 ख्रीष्टमा तिमीहरू दाज्यू-भाइ र दिदी-बहिनीहरू जस्ता हौ र आपसमा प्रेम गर्न छोड्नु हुँदैन। 2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे। 3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
4 सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुइजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ। 5 पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ,
“म तिमीलाई कहिल्यै छोड़दिनँ
म तिमीदेखि कहिल्यै भाग्दिनँ।”(A)
6 त्यसर्थ ढुक्कसित भनौ,
“प्रभु मेरा सहायक हुनुहुन्छ,
मलाई केही डर हुने छैन।
कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”(B)
7 आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। 8 येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।
9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। 19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न।
20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन।
22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन। 23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।
25 परमेश्वरको अनुग्रह तिमीहरू सबैमाथि होस्।
1 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
21 सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22 मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन।
© 2004, 2010 Bible League International