Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
होशे 1-3

होशेद्वारा परमप्रभु परमेश्वरको वचन

परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए।

परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”

यिज्रेलको जन्म

यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु। त्यस समय यिज्रेलको बेंसीमा म इस्राएलको धनु भाँचिदिनेछु।”

लो-रूहामको जन्म

तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किनभने म अब इस्राएल जातिप्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु। बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै प्रयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।

लो-अम्मीको जन्म

गोमेरले लो-रूहामलाई दूध छोडाएकी मात्र थिई फेरि गर्भवती भएर एउटा अर्को छोरा जन्माई। तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”

परमप्रभु परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ कि त्यहाँ धेरै इस्राएलीहरू हुनेछन्

10 “भविष्यमा इस्राएली मानिसहरूको संख्या समुद्रको बालुबा झैं हुनेछ, तिमीहरूले बालुवालाई तौलन सक्तैनौ अथवा गन्ती गर्न सक्तैनौ। ‘तिमीहरू मेरो मानिस होइनौ’ भन्नु को सट्टामा, ‘तिनीहरूलाई यो भनिने छ, तिमीहरू जीवित परमेश्वरको छोरा-छोरीहरू हौ।’

11 “तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”

“तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हौ।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।’”

“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन। यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरुभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु। म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्। तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू[a] कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’

“यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्। तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असल थियो। अहिलेको जीवन भन्दा असल थियो।’

“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले। यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ। 10 अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन। 11 म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु। 12 दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन्।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।

13 “तिनले बालको देवताहरूको सेवा गर्छिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भुल्थिन। परमप्रभुले यसो भन्नुभयो।

14 “यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु। 15 त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेंसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।” 16 परमप्रभु भन्नुहुन्छ।

“त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ। 17 म तिनको मुखबाट बाल नाउँलाई खोस्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन्।

18 “त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिँड्ने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्। 19 अनि म (परमेश्वर) तिमीलाई सधैँको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु। 20 म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँच्चो अर्थमा परमप्रभुलाई जान्नेछौ। 21 अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।” परमप्रभु भन्नुहुन्छ:

“म आकाशलाई भन्नेछु,
    अनि उसले धर्तीलाई पानी दिनेछ।
22 पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ,
    अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।
23 म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु।
    अनि लो-रूहामालाई म दया देखाउने छु।
अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’
    अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।’”

होशेले गोमेरलाई दासत्वबाट मुक्त गर्ने

त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”

यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्का चाँदी र नौ बुशल[b] जौं दिएर किनेर ल्याएँ। तब मैले उसलाई भने, “तिमी मेरो घरमा धेरै दिन बस्नेछौ। तिमी वेश्या जस्तो हुनेछैनौ। तिमी अर्को लोग्ने मानिससित बस्नेछैनौ। अनि म तिम्रो पती हुनेछु।”

यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्। त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।

1 यूहन्ना 5

परमेश्वरका बालकहरूले संसार जित्छन्

प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।

परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो

येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।

हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

हाम्रो अनन्त जीवन छ

13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ। 14 अनि हामीमा भरोसा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्। 15 हामी जान्दछौं जब हामी परमेश्वरसँग केही विन्ती गर्छौं भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसँग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।

16 यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरूको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरूलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन। 17 सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।

18 हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन। 19 हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ। 20 अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ। 21 यसर्थ प्रिय बालकहरू! तिमीहरू स्वयंलाई झूटो देवताहरूबाट टाढा राख।

भजनसंग्रह 124

दाऊद मन्दिर गइरहेका बेलाको भजन।

मलाई जवाफ देऊ इस्राएल,
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए,
    हामी माथि कस्तो घटना घट्ने थियो होला?
जब मानिसहरूले हामीलाई आक्रमण गरे
    त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
    जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
हाम्रो शत्रुहरूका सैनिकहरूले
    हामीलाई बाढीले बगाए झैं
    र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
    हामीलाई डुबाउने थियो।

परमप्रभुको प्रशंसा गर!
    हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।

हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।
    जाल फाट्यो अनि हामी मुक्त भयौ!
हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
    परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

हितोपदेश 29:5-8

जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिँजाउँछ।

पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International