Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
आमोस 1-3

परिचय

आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

अरामको निम्ति दण्ड़

आमोसले भने,
“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ।
    परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ।
यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ।
    यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”

तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भष्म पार्नेछ।

“म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो।

पलिश्तीहरूले सजाय पाउनेछन्

परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए। यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ। म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।

फनूशियालाई सजाय

परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरूलाई तिनीहरूले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किनभने तिनीहरूले देशका सम्पूर्ण मानिसहरूलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरूले तिनीहरूको दाजू-भाइहरूसँग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 10 त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंश पार्नेछ।”

एदोमको निम्ति सजाए

11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरूलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किनकि एदोमले आफ्नो दाजू-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइनै रह्यो अनि केहि पनि सहानुभुति देखाएन। ऊ जङ्गली जनावरहरू सरह लगातार इस्राएललाई च्यातिरह्यो। 12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरू पनि ध्वंश पार्नेछ।”

अम्मोनियाको निम्ति सजाए

13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे। 14 यसकारण, अब म रब्बाको पर्खालमा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ। 15 त्यस समय तिमीहरू को राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

मोआबको निम्ति दण्ड़

परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरूले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो। यसकारण अब म मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरू भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ। यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरूसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।

यहूदाको निम्ति दण्ड़

परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबुहरूले मानेका झूटो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्। यसैकारण म यहूदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरूलाई खरानिमा परिणत गर्नेछ।”

इस्राएलको निम्ति दण्ड़

परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे। तिनीहरूले ती गरीब मानिसहरूलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्। तिनीहरूले गरीब मानिसबाट उनीहरूको लुगा बन्धक लिए अनि ती लुगाहरू तिनिहरूले मूर्ति आराधना गर्दा लगाए। तिनीहरूले मानिसहरूलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरूले दाखरस किने र तिनीहरूका देव-मन्दिरमा पिए।

“तर मैले एमोरीहरूलाई तिनीहरूको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरू माथिदेखि र त्यसका जरा तलै सम्म नष्ट गरिदिएँ।

10 “मैले तिमीहरूलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरुभूमिका उजाड स्थानहरूमा चालीस बर्ष सम्म डोर्याएँ। मैले तिमीहरूलाई एमोरीहरूको भूमिदिएँ। 11 मैले तिमीहरूका कतिपय नानीहरूलाई अगमबक्ताहरू बनाएँ। अनि मैले कतिपय युवकहरूलाई नाजिरीहरू बानाएँ। हे इस्राएलीहरू हो! के योकुरा सत्य होइन?” परमप्रभु भन्नुहुन्छ। 12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखरस खुवायौ। तिमीहरूले अगमबक्ताहरूलाई अगमवाणी गर्न रोक लगायौ। 13 हेर, म तिमीहरूलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु। 14 कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन। 15 धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सक्ने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन। 16 परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।” परमप्रभुले यो कुरा भन्नु भयो।

इस्राएललाई चेतावनी

हे इस्राएलीहरूहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरूको विरुद्ध भन्नु भएकोछ। “विभिन्न धेरै परिवारका मानिसहरूले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरूलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरू मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरूका सबै पापहरूका निम्ति तिमीहरूलाई दण्ड दिनेछु।”

इस्राएलले सजाए पाउने कारणहरू

दुइ जनाको आपसमा सहमत् नभए सम्म
    सँग-सँगै हिँड्न सक्तैनन्।
के बुढो सिंह जङ्गलमा
    आफ्नो शिकार पाउनअघि गर्जन्छ?
के जवान सिंह शिकार नसमातिकन
    गुफा भित्र गर्जन्छ?
जबसम्म तिमीले जालमा चारो हाल्दैनौ
    चरा पक्रनु सक्दैनौ।
अनि जब जाल माथिउठ्छ
    यसले चराहरू पक्रनेछ।
के युद्धको तुरहीको ध्वनी सुनेर
    मानिसहरू डराउँदैनन्?
अनि यदि शहरमा कष्टहरू आउँछ भने
    त्यो परमप्रभुद्वारा पठाइएको हो।

मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सक्नु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। यदि कुनै सिंह गर्जियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोक्न सक्छ?

9-10 अश्दोद र मिश्रका किल्लाहरूमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरूमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किनभने त्यहाँ अपराध गरिएको छ। तिनीहरू एक-अर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरूले तिनीहरूको किल्लामा डकैती र लुटेका मालहरू थुपार्छन्।”

11 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरूको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरूको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”

12 परमप्रभु भन्नु हुन्छ,

“जसरी गोठालोले सिंहको मुखबाटथुमा बचाउँदा,
    उसको दुइ खुट्टा र एउटा कान मात्र बचाउन सक्ला,
त्यसरी नै विलासीपूर्ण सोफामा
    र रेशमी ओछ्यानहरूमा सुत्ने
सामरियामा बस्ने इस्राएली मानिसहरू मध्ये
    कोहि मात्र सुरक्षित रहने छन्।”

13 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरूलाई यो कुराहरूको चेतावनी देऊ। 14 परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरूको लागि दण्ड दिनेछु। म बेतेलका वेदी नष्ट गरिदिनेछु र समस्त वेदी भुईँमा खस्ने बनाउँछु। 15 म गर्मिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरू पनि नष्ट गरिदिनेछु, धेरै घरहरू नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।

प्रकाश 2:1-17

एफिसस को मण्डलीलाई येशूको पत्र

“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेखः

“तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिड्नेछन्, तिमीहरूलाई यी कुराहरू भनिरहेका छन्।

“मलाई तिमीहरूको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरूले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ। तिमीहरूले तिनीहरूलाई जो आफैं प्रेरितहरू हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरूले तिनीहरूलाई झूटो पायौ। तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।

“तर तिमीहरूको विरुद्ध मसँग यस्तो कुरो छ तिमीहरूसित शुरुमा भएको प्रेम तिमीहरूले त्यागेका छौ। यसर्थ याद राख, तिमीहरूको पतन हुन अघि तिमीहरू कहाँ थियौ। तिमीहरूको हृदय परिवर्तन गर अनि तिमीहरूले पहिला गरेका कुराहरू गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, म तिमीहरूकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु। तर तिमीहरूको पक्षमा केही छ, तिमीहरू निकोलाइटहरूले[a] गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरूले जे गर्छन् त्यो म पनि घृणा गर्छु।

“ऊ जसले सुन्छ आत्माले के भन्नु हुन्छ मण्डलीले सुन्नुपर्छ। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

स्पर्नाको मण्डलीलाई येशूको पत्र

“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

“मलाई तिमीहरूको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरू निर्धन छौ। तर वास्तवमा तिमीहरू धनवान् छौ। कोही मानिसहरूले तिमीहरूको विरोधमा भनेको नराम्रा कुराहरू मलाई थाहा छ। तिनीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरू साँच्चो यहूदीहरू होइनन्। तिनीहरू शैतानको सभा-घर हुन्। 10 तिमीहरूले पाउने कष्टहरूमा भयभीत नबन। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरू मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरूले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरूले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरू विश्वासी रह्यौ भने, म तिमीहरूलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11 “जसले सुन्न सक्छ मण्डलीहरूलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्रो मृत्युले चोट पुर्याउने छैन।

पर्गाममको मण्डलीलाई येशूको पत्र

12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:

“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।

13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।

14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए। 15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। 16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।

17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।

“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

भजनसंग्रह 129

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए।
    इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए
    तर तिनीहरूले कहिल्यै जितेनन्।
तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे।
    धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
तर परमप्रभुले डोरीहरू काटीदिनु भयो।
    अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्।
    तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए।
    ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे।
घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन।
    एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्,
    “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।”
    मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्,
    “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”

हितोपदेश 29:19-20

19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।

20 नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International