Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
जकरिया 2-3

यरूशलेमलाई नाप्ने मानिसको दर्शन

तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें। मैले उसलाई सोधें, “तपाईं कहाँ जाँदै हुनुहुन्छ?”

उसले मलाई उत्तर दिए, “म यरूशलेम नाप्न जाँदैछु, त्यसको लम्बाई र चौंडाई कति छ?”

त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए।

उनले तिनलाई भनें, “कुदेर जाऊ अनि त्यो जवान मानिसलाई भन्:

“‘यरूशलेम पर्खाल बिनाको शहर हुनेछ।
    किनभने त्यहाँ असंख्य मानिसहरू र पशुहरू बस्छन्।’
परमप्रभु भन्नुहुन्छ,
‘म रक्षाको लागि यसको वरिपरि आगोको पर्खाल हुनेछु,
    म तिमीहरूको महिमा हुनेछु।’”

परमेश्वरले मानिसहरूलाई घरमा बोलाउनु हुन्छ

परमप्रभु भन्हुन्छ,
“छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर!
    जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।
हे सियोनका मानिसहरू!
    जो बाबेलमा कैदीछौ, दगुर!”
सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो।
    “उहाँले मलाई त्यस देशको बिरुद्ध
    पठाउँनु भएको छ जसले तिमीलाई लगे।
किनभने यदि उसले तिमीलाई चोट पुरायो भने
परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।
अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु।
    तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।”
तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई
    यहाँ पठाउँनु भएको हो।

10 परमप्रभु भन्नुहुन्छ,
“आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन।
    किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।
11 त्यससमय धेरै जातिका मानिसहरू
    परमप्रभु कहाँ आउँनेछन्,
अनि तिनीहरू मेरा मानिस हुनेछन्।
    म तिमीहरूको बीचमा बस्नेछु।
अनि तिमीहरूले जान्नेछौ कि
    सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरूकहाँ पठाउनु भएको हो।”

12 परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ,
    अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।
13 तिमी सबै मानिसहरू परमप्रभुको सामुन्ने चूपचाप बस!
    आफ्नो पवित्र घरबाट परमप्रभु बाहिर आउनु हुँदैछ।

प्रधान पूजाहारीको बारेमा दर्शन

त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हप्काउन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”

यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो। त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरूलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसँग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरू टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”

त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसँग यसो भनेः

सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो:
“यदि तिमीले मैले भने जस्तै गरी बस्यै
    अनि मेरो सेवा गर्यौ भने,
तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ।
    तिमीले यसको आँगनको हेरचाह गर्नेछौ
अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं
    स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
प्रधान पूजाहारी यहोशू, सुन्।
    तिमी अनि तिम्रा साथीहरू जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ।
अनि म मेरो दासलाई पनि ल्यउँदैछु।
    उसलाई, ‘हाँगा’ भनिन्छ।
हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें।
    त्यस ढुङ्गाको सातवटा आँखाहरूछन्
अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु,
    म एकै दिनमा यो भूमिका सबै पापहरू निकालिदिनेछु।”

10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“त्यस दिन प्रत्येक मानिसले तिनीहरूको छिमेकिहरूलाई
    तिनीहरूको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि
शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”

प्रकाश 13

समुद्र बाटकोपशु

13 त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो। यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए। मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोंचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”

त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो। त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघार्यो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विरुद्ध कुरा गर्यो। त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो। समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्:

10 कुनै मानिस यदि कैदी हुनु छ भने,
    तब त्यो मानिस कैदी हुने नैं छ।
कुनै मानिस तरवारले मारिनु पर्छ भने,
    त्यो मानिस तरवारले नै मारिनेछ।

यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।

पृथ्वी बाटको पशु

11 त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडा़को पाठाको जस्तो दुइवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो। 12 यो पशु पहिलेको पशु अघि उभिन्छ। अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो। 13 यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्र्न लाग्यो।

14 त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन। 15 त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो। 16 त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो। 17 यो चिन्ह भएका मानिसहरू बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

18 कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

भजनसंग्रह 141

दाऊदको स्तुति-गान।

हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें।
    मेरो प्रार्थना सुनि दिनुहोस्।
    चाँडो आएर मलाई साथ दिनुहोस्।
परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्,
यो जलिरहेको धूपको उपहार जस्तो होस्
    यो साँझको बेलाको बलिदान जस्तो होस्।

हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता गनुहोस्।
    म के भन्छु त्यस विषयमा होशियारहुन सहायता गर्नुहोस्।
मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,
    दुष्ट मानिसहरूले अनुचित काम गर्छन्,
    मलाई तिनीहरूसित सामिल हुन देखि जोगाउनु होस्।
मलाई ती कुराहरूमा सहभागी हुन देखि जोगाउनु होस,
    जुन कुरामा ती दुष्ट मानिसहरूले आनन्द लिइरहेका हुन्छन्।
यदि एकजना धर्मी मानिसले मलाई पिटे देखि,
म त्यसलाई दया सम्झने थिएँ।
    तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्।
तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो।
    म ती कुराहरू स्वीकार गरौंला।
तर म सधैँ ती दुष्ट मानिसहरूको विरोधमा नै प्रार्थना गर्नेछु।
तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्
    तब मैले सत्य बोलेको उनीहरूले बुझ्नेछन्।

मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए।
    यस्तै प्रकारले, हाम्रा हड्डीहरू तिनीहरूका चिहानमा वरिपरि फिंजिएर गए।
हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें
    म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्।
दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।
    मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।
10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फँसुन्
    ता कि म चाँहि त्यहाँबाट उम्कनसकुँ।

हितोपदेश 30:18-20

18 तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ। 19 आकाशमा उड्ने गरूड़को चाल, चट्टानमा घस्रने सर्पको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।

20 यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International