Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
जकरिया 14

न्यायको दिन

14 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ। म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला पार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथा घरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्। त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ। त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ। अनि तिमी पर्वतका भन्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

6-7 त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रूपमा अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ। यस समय यरूशलेमबाट लगातार पानी[a] बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बर्ष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ। त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो। 10 त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरुभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ। 11 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।

12 तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ। 13-15 त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।

त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसँग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्। 16 यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक बर्ष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक बर्ष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्। 17 अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ। 18 यदि मिश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएनन् भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो। 19 मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।

20 त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ। 21 निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ।

अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।

प्रकाश 20

एक हजार वर्ष

20 मैले एक स्वर्गदूतलाई स्वर्गबाट ओर्लिहरेको देखें। त्यो स्वर्गदूतसित अत्तल खाडलको चाबी थियो। त्यो स्वर्गदूतले आफ्नो हातमा एक ठूलो साङ्गलो पनि समातेको थियो। त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङ्गलोले एक हजार वर्षको निम्ति बाँधे। त्यो स्वर्गदूतले त्यो सर्पलाई त्यो अत्तल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गदूतले सर्पलाई ताला लगाई दिए ताकि एक हजार वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। एकहजार वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ।

तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखें। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रीष्टसँग एक हजार वर्ष सम्म शासन गरे। एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्।

यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। ती मानिसहरू जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरू हुनेछन्। तिनीहरूले एक हजार वर्षको निम्ति शासन गर्नेछन्।

शैतानको पराजय

जब एक हजार र्वष पूरा हुन्छ शैतानलाई उसको कैदबाट मुक्त गरिनेछ। शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।

शैतानको सेना पृथ्वी पारी गए अनि परमेश्वरका मानिसहरूका शिविर अनि परमेश्वरको प्यारो नगर वरिपरि एकत्रित भए। तर स्वर्गबाट आगो आयो अनि शैतानको सेनालाई ध्वंश पार्यो। 10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।

संसारको मानिसहरूको न्याय

11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए। 12 अनि मैले ती महान अनि साधारण मानिसहरू जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरू पनि खुल्ला थिए। यी मरेका मानिसहरूलाई तिनीहरूले गरेका कर्महरूको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

13 समुद्रले ती मृत मानिसहरूलाई छोडि दियो जो त्यसमा थिए। मृत्यु अनि पातालले तिनीहरूसँग भएका मृत मानिसहरू दिए। प्रत्येक मानिसलाई उसले गरेका कर्मको आधारमा न्याय गरियो। 14 अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। 15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।

भजनसंग्रह 148

परमप्रभुको प्रशंसा गर!

माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
    परमप्रभुको प्रशंसा गर।
हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
    उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
    आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
    आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
परमप्रभुको प्रशंसा गर!
    किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
    परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
    समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले आगो र हिउँ,
    असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
    फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
    साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
    परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
    परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
    सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
    उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
    मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
    मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

हितोपदेश 31:8-9

तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ। न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International