Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 शमूएल 22:1-23:23

परमप्रभुप्रति दाऊदको स्तुति गीत

22 परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ।

परमप्रभु मेरो चट्टान मेरो किल्ला मेरो निर्भयस्थल हुनुहुन्छ।
    उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु,
    परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ।
उहाँको परमशक्तिले मलाई बचाउँछ।
    परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ,
मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ,
    निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।
तिनीहरूले मेरो खिल्ली उडाए
    तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें,
    अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्।
मृत्युको छालहरू मेरा वरिपरि छन्।
    धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो।
    बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।
चिहानको साङ्गलोले म बेह्रिए
    मृत्युको पासो मेरो अघिल्तिर पर्यो
हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ,
    मैले परमेश्वरलाई पुकारें।
    परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो।
उहाँले मेरो आवाज सुन्नु भयो।
    मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।
पृथ्वी हल्लियो, भुईचालो गयो
    आकाशको आधार हल्लियो किन?
    किनभने परमप्रभु रिसाउनु भएको थियो।
परमेश्वरको नाकबाट धूवाँ निस्क्यो
    मुखबाट बलिरहेको ज्वाला निस्क्यो
    उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो।
10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो!
    उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!
11 उहाँ उड्ने दूतहरूमाथि
    हावामा उडिरहनु भएको थियो।
12 परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो
    उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो।
13 उहाँको अघि बल्दै गरेको आगो जस्तै बत्ती बल्यो।
14 परमप्रभु स्वर्गबाट गर्जनु भयो!
    र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।
15 परमप्रभुले आफ्ना काँडहरू हान्नुभयो
र आफ्ना शत्रुहरूलाई छरपस्ट पारिदिनुभयो।
    परमप्रभुको चट्याङद्वारा मानिसहरू साह्रै डराए।

16 परमप्रभु, तपाईं जोडले बोल्नुहुँदा,
शक्तिशाली हावा तपाईंको मुखबाट बह्‌यो
    र पानी जति सबै पन्छियो,
यसैले हामीले समुद्रको फेदलाई देख्न
    र धर्तीको आधारलाई देख्न सक्ने भयौं।

17 परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो
    परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।
18 मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे
मेरो लागि शत्रुहरू बलिया थिए।
    यसैले परमेश्वरले मलाई बचाउँनुभयो।
19 म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे।
    तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!
20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो।
    उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।
21 परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ
कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन,
    यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।
22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने,
    परमेश्वरको विरूद्ध मैले पाप गरिनँ।
23 म सधैँ परमप्रभुको निर्णयलाई ध्यान दिन्छु
    म उहाँको नियमलाई पालन गर्छु
24 उहाँको अघि म पवित्र र निर्दोष रहन्छु।
25 यसैले परमप्रभुद्वारा म पुरस्कृत हुनेछु।
किनभने मैले ठिकबाहेक केही गरिन!
    मेरा राम्रा कार्यहरू उहाँले देख्नुहुन्छ,
    यसैले उहाँले मेरो भलाई गर्नुहुन्छ।

26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ
तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ।
    कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ
    भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ।
27 परमप्रभु, तपाईं असल र पवित्र हुनुहुन्छ
जो साँच्चै असल र पवित्र हुनेको निम्ति
    तर जो खराब छ उसको निम्ति तपाईं चतुर हुनुहुन्छ
28 परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ
    तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ।
29 परमप्रभु, तपाईं मेरो आलोक
    परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।
30 तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु
    परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाँघ्न सक्छु।

31 परमेश्वरको बाटो ठीक छ
    परमप्रभुको वचनको कसी लगाइयो
    उहाँलाई पछ्याउँने मानिसहरूको रक्षा गर्नुहुन्छ
32 परमप्रभु भन्दा अर्को ईश्वर छैन
    हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।
33 परमेश्वर नै मेरो बलियो किल्ला हुनुहुन्छ।
    उहाँले पवित्र मानिसहरूको सहायता गर्नुहुन्छ
    जो उहाँको बाटोमा हिंड्छन।
34 परमेश्वरले जरायो दौडिएको गतिमा मलाई सहायता गर्नुहुन्छ।
    उहाँले उच्च स्थानहरूमा मलाई दृढ बनाउनु हुन्छ।
35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ
    यसैले मेरा हातले काँसको धनु झुकाउँन सक्छु।

36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ,
    मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ,
37 मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी
    बेस्सरी दौडनसकुँ
38 म मेरा शत्रुहरूलाई नष्ट नगरीन्जेल सम्म
    फर्केर आउँदिन!
39 मैले शत्रु नष्ट पारें।
    तिनीहरूलाई हराएँ!
तिनीहरू फेरि उठ्न सक्दैनन्
    मेरा शत्रुहरू मेरा शरणमा परे।

40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो
    तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।
41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो,
    अनि मैले छिनाएँ।
42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे
    तर तिनीहरूले कुनै सहायता पाएनन्
तिनीहरूले परमप्रभुतिर पनि आशा गरे
    तर कुनै जवाफ पाएनन्
43 मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ
    तिनीहरू धूलो जस्तै भुँइमा परे
गल्लीको हिलो टेके जस्तै
    मैले तिनीहरूलाई किचिमिची पारें।

44 तपाईंले मेरो बिरुद्ध उठेका मानिसहरूबाट मलाई बचाउँनु भयो।
    तपाईंले मलाई राष्ट्रको शासक बनाउनु भयो
    मैले नचिनेका मानिसहरूले पनि अहिले मेरो सेवा गर्दैछन्।
45 विदेशी मानिसहरूले मलाई मान्छन्!
जब तिनीहरूले मेरो आदेश सुन्छन्,
    तिनीहरूले आज्ञा गरिरहाल्छन्।
    विदेशीहरू मसित डराउँछन्।
46 विदेशीहरू डरले कमजोर हुनेछन्।
    लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्।

47 परमप्रभु जीवित हुनुहुन्छ;
म मेरो चट्टानको स्तुति गाउँछु
    परमेश्वर उच्च हुनुहुन्छ।
    उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।
48 उहाँ नै परमेश्वर हुनुहुन्छ,
जसले मेरा शत्रुहरूलाई दण्डित तुल्याउनुहुन्छ
    मानिसहरूलाई मेरा शासनको अधिनमा राख्नुहुन्छ।
49     परमेश्वर, तपाईंले मलाई मेरो शत्रुबाट बचाउनु भयो!

तिनीहरूलाई पराजित गराउन मलाई सहयोग पुर्याउनु भयो
    निर्दयीहरूबाट मलाई बँचाउनु भयो।
50 परमप्रभु, यही कारणले म राष्ट्रको बीचमा तपाईंको गुण गाउँछु
    यही कारणले म तपाईंको स्तुति गीत गाउँछु।

51 परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ।
    परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ।
    उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

दाऊदका आखिरी वचनहरू

23 यी दाऊदका अन्तिम वचनहरू:

“यिनै यिशैका छोरा दाऊदको सन्देश हो यो।
    यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो,
जो याकूबको परमेशवरद्वारा छानिएका राजा
    जो इस्राएलको मधुर गीतका गायक।
परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो।
    उहाँका वचनहरू मेरो मुखमा थिए।
इस्राएलको परमेश्वरले भन्नु भयो।
    इस्राएलको चट्टानले मलाई भन्नुभयो,
‘जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ,
    जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै;
    बादल नभएको बिहान जस्तै;
पानी परेपछिको घाम जस्तै;
    जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’

“परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो।
    उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो।
परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो
    र राम्रो बनाउनु भयो।
अनि उहाँले मलाई विजय दिनुहुन्छ।
    म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।

“तर दुष्ट मानिसहरू काँढा जस्तै हुन्
    मानिसले काँढा समात्दैनन्
    बरू कतै फ्याँक्छन्।
यदि कसैले त्यसलाई छोयो भने
    त्यसले भालाले जस्तै घोच्छ
त्यो भाला काठको होस् कि फलामको
    साँच्चै ती मानिसहरू काँढा जस्तै हुन्।
    तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।”

तीन वीरहरू

तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन:

दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।

दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे। 10 एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।

11 अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए। 12 तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।

13 एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।

14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए। 15 दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”

16 तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए। 17 दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।

अरू बहादुर सैनिकहरू

18 सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे। 19 ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।

20 यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला-ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउँ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो। 21 बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे। 22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए। 23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।

प्रेरित 2

पवित्र आत्माको आगमन

जब पेन्तिकोसको[a] दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। अचानक स्वर्गबाट जोडले हुरी बतास चले जस्तै एउटा आवाजले तिनीहरू जुन कोठामा बसिरहेका थिए त्यस कोठालाई सम्पूर्ण प्रकारले ढाकिदियो। तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। तिनीहरू सबै पवित्र आत्माले परिपूर्ण भए र तिनीहरूले विभिन्न भाषाहरूमा बोल्न थाले। पवित्र आत्माले तिनीहरूलाई त्यसो गर्न शक्ति प्रदान गर्नुभयो।

त्यसबेला यरूशलेममा केही धार्मिक यहूदीहरू बस्थे। तिनीहरू संसारको प्रत्येक राष्ट्रबाट आएका थिए। तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे।

यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं पार्थीया, मेदीया, एलाम, मेसोपोटामिया, यहूदिया, कपोदिसिया, पोन्टस, एशिया, 10 फ्रिगिया, प्याम्फिलिया, मिश्रदेश, साईरिन छेउको लिबिया, रोम 11 क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”

12 मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?” 13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

पत्रुसको मानिसहरूलाई सम्बोधन

14 त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। 15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। 16 आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्:

17 ‘परमेश्वर भन्नुहुन्छः
    अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु।
तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्।
    तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्।
    तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
18 त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि,
    मेरो आत्मा खन्याउनेछु,
    अनि तिनीहरूले अगमवाणी गर्नेछन्।
19 म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु,
    तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु।
    त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ।
20 घाम अन्धकारमय भई बद्लिने छ,
    अनि जुन रगत सरह रक्तिम हुनेछ।
    तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।
21 अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’(A)

22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। 23 येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। 24 येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। 25 दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः

‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें,
    मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।
26 यसैले मेरो हृदय आनन्दित छ,
    र मेरो मुख आनन्दसित बोल्दछ।
हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ,
27     किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन।
    तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।
28 तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ,
    तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’(B)

29 “मेरा दाज्यू-भाइहरू, म तिमीहरूलाई पूर्ण रूपले हाम्रा पुर्खा दाऊदको विषयमा भन्न सक्छु। उहाँ मर्नु भयो र गाडियो। उहाँको चिहान अझ सम्म हामीसँग छ। 30 दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। 31 यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः

‘उहाँलाई नरकमा छाडिएको थिएन।
    उहाँको शरीर चिहानमा सडेन।’

32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। 33 यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ। 34 दाऊद स्वर्गमा चढिगएनन्। यो त येशू हुनुहुन्थ्यो जो स्वर्ग जानुभयो। दाऊद आफैंले भनेः

‘परमप्रभुले मेरो प्रभुलाई भन्नु भयोः
मेरो दाहिने तर्फ बस,
35     जबसम्म तिम्रा शत्रुहरू तिम्रो पाइताला मुनि राख्दिन।’(C)

36 “यसैले सबै यहूदी मानिसहरूले यो सत्यलाई जान्नु पर्छः परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनु भयो। उहाँ त्यही मानिस हुनुहुन्थ्यो जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ।”

37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। 39 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।”

40 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” 41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।

विश्वासीहरूको बांढाई

42 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए। 43 प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे। 44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे। 45 विश्वासीहरूले आफ्नो जमीनहरू र आफ्नो जे जति सम्पत्तिहरू थिए, सबै बेचे अनि बेचेर पाएको पैसा हरेक मानिसको आवश्यकताको अनुपातमा बाँडे। 46 तिनीहरूको प्रत्येक दिन मन्दिर प्राङ्गाणमा भेट हुन्थ्यो। तिनीहरू सबैको एउटै उद्देश्य थियो। तिनीहरू आनन्दित भएर अनि इमान्दारी हृदय लिएर आफ्ना घरमा सँगै रोटी टुक्राए अनि खाए। 47 तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।

भजनसंग्रह 122

मन्दिरतर्फ गइरहेको बेला दाऊदको भजन।

म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,
    “परमप्रभुको मन्दिर तर्फ जाऊँ।”
हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।
यो नयाँ यरूशलेम हो।
    एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो।
त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।
    परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।
दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।
    तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।

यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।
    “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्।
तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।
    म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”

मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,
    म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु।
हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,
    म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।

हितोपदेश 16:19-20

19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।

20 मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International