The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
16 परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्। 17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउँन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउँन सक्तैनन्। 18 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुनःक्षतिपूर्ति गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
19 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ।
तपाईं सङ्कटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ।
सारा पृथ्वीका कुना-कुनाबाट जातिहरू तपाईंकहाँ आउँछन्।
तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए।
तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे,
जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।
20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ?
अँहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।”
21 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्।
तिनीहरूलाई अघिबाटै म मेरो शक्ति
र बल विषयमा बताउनेछु।
तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”
हृदयमा लेखिएको दोष
17 “यहूदाका मानिसहरूका पापहरू
तिनीहरूका हृदयको पाटीमा
अनि तिनीहरूका वेदीको सींगहरूमा
तिखो फलामले लेखिएको थियो।
2 तिनीहरूका नानीहरूले
झूटा देवताहरूका बेदीहरू सम्झन्छन्।
तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन्
जुन अशिराहलाई समर्पित् गरेको थियो।
तिनीहरूले यी कुराहरू हरियो रूखहरू मुनी
अनि पहाडहरूमाथि सम्झन्छन्।
3 म मेरो पहाड,
तिमीहरूका सम्पत्ति
अनि मूल्यवान वस्तुहरू
लूटेको समान झैं अरूलाई दिनेछु।
तिमीहरूले तिमीहरूको सम्पूर्ण देशमा
पापको दाम स्वरूप म ती चीजहरू दिनेछु।
4 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ।
विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ
कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ
जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।”
मानिसहरूमा आस्था, अनि परमप्रभुमा आस्था
5 परमप्रभुले यी कुराहरू भन्नुभयो,
“जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ,
अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ,
र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।
6 ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन्
अनि उन्नति तिनीहरूले देख्ने छैनन्।
तिनीहरूले असल देख्दैनन्
जब यो आउँछ।
7 त्यो मानिस धन्य हो,
जसले परमप्रभुमाथि भरोसा गर्छ,
जसले उहाँमाथि विश्वास राख्छ।
8 त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ
जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ।
यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन।
यसका पातहरू खडेरी पर्दा पनि
हरियै रहन्छन्
अनि यसमा फल फल्नु छोड्दैन।
9 “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ।
त्यो कहिल्यै निको नहुने हुन्छ।
यसलाई कसैले बुझ्न सक्तैन।
10 तर म हुँ,
म एकजना मानिसको हृदय देख्न र निर्णय लिनु
अनि उसको कर्म र योग्यता अनुसार फल दिन्छु।
11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ,
त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो।
उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ
अनि ऊ मूर्ख बनिन्छ।”
12 आदिदेखि हाम्रो मन्दिर
परमप्रभुको लागि महिमामय सिंहासन भएको हो।
यो एकदमै मुख्य पवित्र स्थान हो।
13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ,
तिनीहरू सब जसले छोड्छन्,
पछि तिनीहरू लज्जित हुनेछन्।
भूमिमा जसले तपाईंलाई छोड्नेछन्।
तिनीहरूको नाउँ माटोमा लेखिनेछ[a]।
किनभने तिनीहरूले परमप्रभुलाई,
जीवित जलश्रोतलाई त्यागे।
यर्मियाको तेस्रो गुनासो
14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने,
म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउँनु भयो भने,
म साँच्चि नै बाँच्ने छु।
परमेश्वर, म तपाईंको गुण गाउँछु।
15 तिनीहरूले मलाई सोच्छन्,
“परमप्रभुबाट आएको वचन कहाँ छ?
आउन देऊ!”
16 परमप्रभु, म तपाईंको गोठालो बनिनुबाट भागेर गईनँ।
मैले शोकपूर्ण दिनको कहिल्यै इच्छा गरिन।
तपाईं जान्नुहुन्छ
तपाईंको अघि मैले के भनेको थिएँ यो तपाईंको सामु छ।
17 मलाई डर नदेखाउनु होस्।
तपाईं मेरो विपत्तिको दिनमा शरण स्थान हुनुहुन्छ।
18 मलाई खेदनेहरूलाई लाज होस्,
तर मलाई लज्जित नपार्नुहोस्।
तिनीहरूलाई डर देखाउनु होस्
तर मलाई होइन।
तिनीहरूमाथि ध्वंसको दिन आवोस्।
तिनीहरूलाई ध्वंस पार्नु होस्।
तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।
विश्राम दिनलाई पवित्र राखी रहनु
19 परमप्रभुले यी कुराहरू मलाई भन्नुभयो “यर्मिया, प्रवेशद्वारमा जाऊ जहाँबाट यहूदाका राजाहरू भित्र जान्छन् अनि बाहिर आउँछन् त्यहाँ खडा़ भई बस्। त्यसपछि यरूशलेमको अन्य प्रवेश द्वारहरूमा जाऊ।”
20 मानिसहरूलाई यी वचनहरू भन, “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन। 21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ। 22 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ। 23 तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।’” 24 परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनौ र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने।
25 “‘यदि तिमीले मेरो आदेश पालन गर्यौ भने, तब राजाहरू अनि राजकुमारहरू जो दाऊदका सिंहासनमा बस्छन् यरूशलेमको प्रवेशद्वारबाट आउँनेछन्। ती राजाहरू रथहरू र घोडाहरूमाथि चढेर आउँनेछन्। यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका नायकहरू ती राजाहरूसित आउँनेछन्। सदा-सर्वदा यरूशलेमले यस प्रवेशद्वारमा मानिसहरूलाई स्वागत गर्नेछन्। 26 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका स-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।
27 “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।’”
कुमाले र माटो
18 यर्मियाकहाँ आएको यो परमप्रभुको सन्देश हो 2 “कुमालेको घरमा जाऊ अनि म त्यहाँ तिमीलाई मेरा बचनहरू सुनाउनेछु।”
3 यसकारण म कुमालेको घरतिर गएँ। कुमालेले चक्रमा माटो लिएर काम गरिरहेको मैले देखें। 4 उसले नरम माटोबाट एउटा हाँडी बनाउँदैथ्यो। तर हाँडीमा केही भूल रह्यो। यसर्थ उसले त्यो विगार्यो अनि उसलाई जुन माटो सही लाग्यो त्यसैबाट अर्को एउटा हाँडी बनायो।
5 तब परमेश्वरको सन्देश मकहाँ आयो 6 “इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ। 7 एक समयमा एउटा जाति अथवा एउटा राज्यको बारेमा बोल्न सक्नेछु अनि भन्नेछु कि म यसलाई तान्नेछु र नष्ट पार्नेछु। 8 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला। 9 अर्को एक समय आउन सक्ला जब म एउटा राज्य अथवा जातिको बारेमा यसलाई खडा र स्थापित गराउँछु। 10 तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु।
11 “यसकारण यर्मिया, अब यहूदाका मानिसहरू र यरूशलेममा बस्ने मानिसहरूलाई भन ‘यही नै परमेश्वर भन्नुहुन्छ म तिनीहरूको लागि सकष्टहरू तैयार पारिरहेछु अनि तिनीहरूका विरूद्ध योजनाहरू बनाइरहेछु। यसकारण तिनीहरूले अनिष्ट कामहरू गर्नु वन्द गरोस्। प्रत्येक मानिस परिर्वतन होऊ र असल कुराहरू गर।’ 12 तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु, हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।’”
13 यसकारण परमप्रभु भन्नुहुन्छ:
“अन्य जातिहरूलाई यो सोध:
‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं,
दुष्ट कर्महरू गरेको सुनेका छौ?’
अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो।
इस्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो।
14 तिमीहरू जान्दछौ कि
लबानोन पर्वतहरूबाट हिऊँ कहिल्यै अल्पिदैन
अनि बगिरहने चिसो पानी कहिल्यै सुक्दैन।
15 तर मेरा मानिसहरूले मलाई बिर्सिए।
तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए।
तिनीहरू पूरानो बाटोबाट फर्किए।
अहिले तिनीहरू राम्रा सडकहरू छाडेर
किनाराका पथहरू पछ्याउँछन्।
16 तिनीहरूको भूमि जन शून्य,
एक निन्दाको वस्तु हुनेछ।
त्यहाँबाट जाने पदयात्रीहरू दु:खीत हुन्छन्,
अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्।
17 पूर्वबाट बतासले उडाएको चीजहरू जस्तै
म यहूदाका मानिसहरूलाई छरपष्ट पारिदिनेछु।
तिनीहरूले मलाई मुद्दत गर्न गएको देख्ने छैनन्
तर मैले तिनीहरूलाई छाडेर गएको देख्नेछन्।”
यर्मियाको चौथो गुनासो
18 तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
19 हे परमप्रभु ध्यान दिनुहोस्!
अनि सुन्नुहोस् मेरा शत्रुहरू के भन्दैछन्।
20 के मानिसहरूले असलको सट्टामा खराब फर्काउनु पर्छ?
अँह सम्झना गर,
म तपाईं समक्ष उभिएँ
अनि तिनीहरूका निम्ति तिमीमा भएको क्रोध हटाउँन
तपाईंसित वकालत गरें।
तर तिनीहरूले मलाई जालमा फसाउँन प्रयास गरिरहेकाछन्।
21 यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्।
शत्रुका तरवारहरूले तिनीहरू परास्त होऊन्।
तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्।
यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्।
तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
22 जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ
तिनीहरूको घरमा ठूलो चित्कार होस्।
यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फँसाउन खाडल खने,
अनि मेरो खुट्टा समात्न पासो थापे।
23 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ।
तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्।
तिनीहरूका पापहरू नमेटी दिनुहोस्।
मेरा शत्रुहरूलाई नष्ट गर्नु होस्।
जब तपाईं क्रोधित हुनुहुन्छ।
ती मानिसहरूलाई दण्ड दिनु होस्।
परमेश्वरलाई प्रसन्न पार्ने जीवन
4 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो। 2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। 3 परमेश्वर चाहनु हुन्छ तिमीहरू पवित्र जीवन बिताऊ अनि व्यभिचारबाट टाढो बस। 4 परमेश्वर इच्छा गर्नुहुन्छ कि तिमीहरूले आफ्नो शरीर नियंत्रणमा राख्न सिकेको हुनुपर्छ। परमेश्वरलाई सम्मान गर्न तिमीहरूले शरीर पवित्र राख। 5 आफ्नो शरीरलाई व्यभिचारको काममा नलगाऊ। तिनीहरू ज-जसले परमेश्वरलाई जान्दैनन् तिनीहरू त्यसो गर्छन्। 6 यस विषयमा तिमीहरू कसैले ख्रीष्टमा भएका भाइसँग भूल काम गर्नु हुँदैन अनि तिनको शोषण गर्नु हुँदैन। यस्तो कुकर्मीहरूलाई परमप्रभुले दण्ड दिनुहुनेछ। यसबारे पहिल्यै भनिसकेका छौं र चेताउनी पनि दिइसकेका छौं। 7 परमेश्वरले हामीलाई पवित्र भएर बस्न बोलाउनु भएको हो अपवित्रतामा होइन। 8 यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
9 ख्रीष्टमा भाइ-बहिनीहरूलाई प्रेम गर भनेर लेखिरहने कुनै आवश्यकता देख्दैनौं। आपस्तमा प्रेम गर भन्ने आज्ञा परमेश्वर स्वयंले दिइसक्नु भएको छ। 10 अनि वास्तवमा तिमीहरूले म्यासिडोनियाका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूलाई प्रेम गर्दछौ। दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिनीहरूलाई अझै कसिलो प्रेम गर। यो हाम्रो हौसला हो।
11 शान्तीपूर्ण जीवन बाँच्ने कोशिश गर। आफ्नै धन्धा याद गर, आफ्नै हातले काम गर। हामीले तिमीहरूलाई यी कार्यहरू गर भनी बातइसकेका छौं। 12 यदि तिमीहरूले यस्तो काम गरे विश्वास नगर्नेहरूले पनि तिम्रो जीवन शैलीको आदर गर्नेछन्। अनि आफ्नै आवश्यकताको लागि कसैमाथि भर पर्नु पर्दैन।
प्रभु आउनु हुँदैछ
13 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। 14 हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।
15 अब तिमीहरूलाई हामी जे भन्दैछौ त्यो सन्देश परमप्रभु स्वयंबाट आएको हो। हाम्रो बीचमा जो अहिले जीवित छन्, परमप्रभु आँउदा पनि केही जीवित रहनेछन्। हामीहरू जो त्यस समय जीवित रहनेछौं, परमप्रभुसँग रहनेछौं, तर जो पहिले मरिसकेकाहरू भन्दा अघि होइन। 16 परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठूलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतको[a] स्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्। 17 त्यसपछि त्यतिन्जेल सम्म जीवित रहेका हामीहरूलाई भेला गर्नु हुनेछ। हामी बादलमा लगिनेछौं र प्रभुलाई हावामा भेट्ने छौं। अनि हामी सदाकाल प्रभुसितै रहनेछौं। 18 यसकारण यस्ता शब्दहरूले एक-अर्कालाई उत्साहित तुल्याँउदै गर।
प्रभुको आगमनको लागि तयार बस
5 अब, दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, समय र मितिको विषयमा लेख्न कुनै आवश्यकता छैन। 2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ। 3 मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं।” तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।
प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2 संगीत प्रारम्भ गर।
खैंजडीहरू बजाऊ।
सुरमय वीणा बजाऊ।
3 जब हाम्रो विश्राम शुरू हुन्छ।
पूर्णिमा लागेको बेला तुरही फुक,
औंसी परेको बेला नरसिङ्ग फुक।
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
7 तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
त्यहींबाट मैले जवाफ दिएँ,
मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
9 कुनै पनि कृत्रिम देवताहरू नमान
जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
अनि म खुवाउने छु।
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”
6 राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। 7 एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो।
8 न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।
© 2004, 2010 Bible League International