Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 51:54-52:34

54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं।
    बाबेलको देशमा मानिसहरूले नष्ट पारिरहेको आवाज हामी सुन्छौ।
55 परमप्रभुले बाबेललाई नष्ट गरिदिनु हुन्छ,
    उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ,
शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्।
    पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
56 सेना आउने छ अनि बाबेल नष्ट पार्नेछ।
    बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन्
तिनीहरूका धनुहरू भाँचिने छन्।
    किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ
जसले परिशोधन माँग गर्नुहुन्छ।
    उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
57 म बाबेलका ज्ञानी मानिसहरू
    र मुख्य हाकिमहरूलाई मताईदिनेछु
म राज्यपालहरू, हाकिमहरू
    र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु।
तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन्
    तिनीहरू कहिल्यै ब्यूँझिने छैनन्।”
महाराजाले यी कुराहरू भन्नुभयो।
    उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
    “बाबेलको बाक्लो, बलियो पर्खाल झारिनेछ।
उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ।
    बाबेलका मानिसहरू व्यर्थमा
कठोर परिश्रम गर्दछन्।
    जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”

यर्मियाले बाबेललाई एक सन्देश पठाउँछन्

59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेलतर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो बर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य भारदार थिए। 60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु। 62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल नष्ट गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’ 63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ। 64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।’”

यर्मियाका सन्देश यहाँ समाप्त हुन्छ।

यरूशलेमको पतन

52 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 बर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार बर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए। यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे। डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।

सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे। यसर्थ सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए। शहर घेराव सिदकियाहको राज्यकालको एघारौं बर्षसम्म रह्यो। चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन। शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।

तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे। बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए। 10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए। 11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।

12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं बर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए। 13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो। 14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए। 15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे। 16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।

17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घडेरीहरू, काँसाको ट्याँङ्का तोडे अनि काँसा बाबेलमा लगे। 18 बाबेलका सेनाले मन्दिरबाट भाँडाहरू, बेलचाहरू, सलेदो काट्नेहरू, धुपौरोहरू, ठूलो बाटाहरू, कचौराहरू, अनि सारा काँसाका भाँडाहरू जो मन्दिरको काममा चलाइन्थ्यो सबै लगे। 19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे। 20 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसक्ने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो।

21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो। 22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाको दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए। 23 त्यस्का छेऊ-छाऊमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

24 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे। 25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाउँथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठ्ठी जना पुरूषहरूलाई पनि लगे। 26-27 विशेष रक्षकका कप्तान नबूजरदानले तिनीहरूलाई बाबेलका राजा जो रिब्लामा थिए तिनकहाँ पुर्याए। रिब्ला हमात देशमा छन्। राजाले तिनीहरू सबैलाई मार्ने आदेश दिए। यसर्थ तिनले तिनीहरूलाई मारे।

यसरी यहूदाका मानिसहरूलाई कैदी जस्तै आफ्नो देशबाट बाहिर लगियो। 28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः

नबूकदनेस्सर राजा भएको सातौं बर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।

29 नबूकदनेस्सरको राज्यकालको अठारौं बर्षमा 832 यहूदीहरूलाई यरूशलेमको बाहिर लगियो।

30 नबूकदनेस्सरको राज्यकालको तेईसौं बर्षमा प्रहरीहरूका कप्तान नबूजरदानले 745 यहूदीहरूलाई निर्वासनमा लग्यो।

जम्मा 4,600 यहूदीहरूलाई कैदी बनाएर लगियो।

यहोयाकीनलाई मुक्त गराए

31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैंतीस बर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस बर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही बर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए। 32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए। 33 यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए। 34 प्रत्येक दिन बाबेलका राजाले यहोयाकीनलाई भत्ता दिन थाले। यो यहोयाकीनको मृत्यु पर्यन्त लगातार चलिरह्यो।

तीतस 3

जिउने असल तरिका

मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।

अघि-अघि हामी मूर्ख थियौं। हामीले आज्ञा पालन गरेनौं, हामी गलत थियौं अनि आफ्नो शरीरको वश थियौं, जसले नराम्रा कुरा गर्न चाहन्थे। हामीले दुष्टता अनि इर्ष्याको जीवन बाँच्यौं। मानिसहरूले घृणा गरेको जीवन बाँच्दै थियौं अनि हामीले तिनीहरूलाई घृणा गर्यौं। तर तब हाम्रा मुक्तिदाता परमेश्वले मानिसहरूको लागि उहाँको दया अनि प्रेम हामीलाई जनाउनु भयो। उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो। परमेश्वरले त्यो पवित्र आत्मा हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि पूर्णरूपले खन्याउनु भयो। उहाँको अनुग्रहले हामी धर्मी ठहरियौं। अनि परमेश्वरले हामीलाई अनन्त जीवन प्राप्त गर्न आत्मा दिनुभयो। हामी त्यसैको आशामा थियौं। त्यो शिक्षा साँच्चो हो।

अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।

मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन। 10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ। 11 यस श्रेणीको मानिस नराम्रो अनि पापी हुन् भनी तिमीले जान्नु पर्छ। उसको पापले ऊ गलत छ भन्ने प्रमाण दिन्छ।

याद गर्नुपर्ने कुराहरू

12 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु। 13 वकील जीनस र अपोल्लसले आफ्ना यात्रा यहाँदेखि जारिराख्ने छन्। तिनीहरूको यात्राका निम्ति तिमीले जतिसक्छौ तिनीहरूलाई सघाऊ। तिनीहरूलाई चाहिने सबै थोकको व्यवस्था होस्। 14 असल काम गरेर अनि आवश्यक परेकाहरूलाई सहायता गरेर आफ्नो जीवन जिउने तरिका हाम्रा मानिसहरूले सिक्नु पर्छ। जब तिनीहरू त्यसो गर्छन् तब तिनीहरूको जीवन फलहीन हुनेछैन।

15 ती सबै जो मसित छन् तिमीलाई प्रणाम जनाएका छन्। त्यहाँका ती मानिसहरू सबैलाई जो विश्वासमा प्रेम गर्छन्, हाम्रो अभिवादन छ।

तिमीहरू सबै प्रति परमेश्वरबाट अनुग्रह रहोस्।

भजनसंग्रह 100

धन्यवादको भजन।

हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

हितोपदेश 26:18-19

18-19 छिमेकीलाई धोका दिनु अनि त्यस पछि त्यो “मैले दिल्लगी गरेको” भनेर भन्ने मानिस एकजना पागल मानिस जस्तै हो, जसले प्राणनाशक काँडहरू हान्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International