Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
विलाप 3

वेदनाको अर्थ

म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ।
परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो।
    अनि जे भयो मैले त्यो देखें।
परमप्रभुले मलाई डोर्याउनु भयो
    र ज्योति नभएको कालो अँध्यारोमा ल्याउँनु भयो।
परमप्रभुको हात मेरो विरूद्ध उठ्यो,
    उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।
उहाँले मेरो मासु र छाला तान्नु भयो।
    उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।
परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो।
    उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
धेरै समय देखि मृत रहेको मानिस झैं
    उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।
परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ।
    उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।
मैले विलाप गर्दै गुहार मागें
    तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।
उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो।
    उहाँले मेरो मार्ग नष्ट गर्नु भयो।
10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो।
    उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।
11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो।
    उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो,
    उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।
12 उहाँले आफ्नो धनु तयार पार्नु भयो।
    उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।
13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो।
    उहाँले मलाई काँडले हिर्काउनु भयो।
14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु।
    सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।
15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो।
    उहाँले कपको वीटसम्म भर्नु भयो,
    र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।
16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो,
    उहाँले मलाई दलदलमा धकेली दिनुभयो।
17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्।
    मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें।
18 मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने,
    आशा अब म गर्दिनँ।”
19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु।
    अनि मेरो घर छैन।
त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु
    र अति उदास छु।
21 तर त्यसपछि अन्य केही कुरा सोचें।
    तब ममा आशा जाग्यो।
22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन।
    उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।
23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ।
    परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ
    अनि म उहाँमाथि विश्वास गर्दछु।”

25 परमप्रभु ती मानिसहरूका लागि,
    असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ।
परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ,
    जसले उहाँलाई खोज्दछ।
26 ती मानिसहरूको लागि राम्रो हो।
    परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
27 मानव जातिको लागि बाल्य अवस्था देखि
    परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ।
    त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।
29 त्यो मानिसले परमप्रभुको,
अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ।
    हुनसक्छ, त्यहाँ अझ आशा होला।
30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ।
    मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।
31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ
    कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।
32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, तर उहाँसँग दया पनि हुन्छ।
    उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।

33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न।
    उहाँ मानिसहरूलाई दु:खी बनाउन चाहनुहुन्न।
34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न।
    उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।
35 उहाँले सर्वोच्च परमेश्वर सामु
    मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।
36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न।
    यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।
37 परमप्रभुले आज्ञा नगरून्जेलसम्म
    कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
38 सर्वोच परमप्रभुले नै असल
    र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।
39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ।
    कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन
40 जाँचौं र हेरौं हामीले के-के गर्यौं।
    त्यसपछि परमप्रभु तर्फ फर्कौं।

41 हामी हाम्रा हृदय र हातहरू
    र्स्वगका परमप्रभुको तर्फ उठाऔं,
42 अनि उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं
    त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएनँ।”
43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु भयो।
    अनि हामीलाई खेद्नु भयो।
    तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।
44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो
    त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।
45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर
    र फोहरी बनाउनु भयो।
46 हाम्रा सारा शत्रुहरू,
    हामीसँग क्रोधित भएर बोले।
47 हामी अत्यन्तै त्रासीत भयौं
    र हाम्रो विनाश भयो।
48 मेरा आँखाहरूबाट आँसुका धारा बगे।
    मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।
49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।
    म लगातार रोइरहने छु।
50 परमप्रभु म लगातार रूनेछु,
    जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न।
म लगातार रूँनेछु,
    जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।
51 मेरा सबै शहरहरू रोएको देखेर,
    मेरो आँखाहरूले मलाई दु:खी तुल्यायो।
52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले,
    हामीलाई मात्र चरालाई झैं खेदाए।
53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए।
    तिनीहरूले ममाथि ढुङ्गाहरू बर्षाए।
54 मेरो टाउको सम्म पानी आई पुग्यो।
    मैले आफैंलाई भनें, “म खत्तम भएँ।”
55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें।
    मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।
56 तपाईंले मेरो आवाज सुन्नुभयो।
    कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस्
    अनि मलाई बचाउनु होस्।
57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो।
    तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”
58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो।
    तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।
59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ।
    अब मेरो न्याय गरीदिनु होस्।
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै
    प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो।
    मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62 मेरा शत्रुहरूका शब्द
    र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63     जब तिनीहरू उठ बस गर्छन।
    हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्।
    तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप
    कठोर हृदय दिनुहोस्।
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्, तिनीहरूको सर्वनाश गर्नुहोस्।
    हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

हिब्रू 1

परमेश्वर आफ्ना पुत्रद्वारा बोल्नु भयो

अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो। पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।

परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन:

“तिमी मेरा पुत्र हौ,
    आज म तिम्रो पिता बनेको छु।”(A)

उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन,

“म तिनका पिता बन्नेछु
    र तिनी मेरा पुत्र बन्नेछन्।”(B)

अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई[a] यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ,

“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”(C)

स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ:

“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास[b] जस्तो बनाउनुभयो,
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”(D)

तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:

“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
    न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ,
    त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
    तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”(E)

10 परमेश्वर अझै भन्नुहुन्छ,

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
    अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
    अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ।
    ती फेरि वस्त्र झैं बद्लिने छन्,
तर तपाईं कहिल्यै बद्लिनु हुने छैन।
    तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”(F)

13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएनः

“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्,
    जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”(G)

14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

भजनसंग्रह 102

पीडित मानिसको भजन। ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
    सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्।
जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्।
    जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु,
    मलाई झट्टै जवाफ दिनुहोस्।
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।
    मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
मेरो शक्ति क्षीण हुँदै गईसक्यो
    म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु।
    मैले खान समेत भूली सकेको छु।
आफ्नो उदासीनताको कारणले गर्दा,
    मेरो ओजन घटिरहेछ।
म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
    भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
म सुत्न सक्दिनँ।
    म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
    तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
    मेरो आँसु मेरो पिउने बस्तु हो।
10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
    परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।

11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
    म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
    तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
    तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
    तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
    परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
    मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
    अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
    परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
    उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
    तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
22 जातिहरू परस्परमा भेला हुनेछन्।
    राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।

23 मेरो बलले मलाई नै असफल तुल्यायो।
    मेरो जीवन छोटो भएर घट्‌यो।
24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
    परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
25 धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
    तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
    तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
    तिनीहरू सबै परिवर्तन हुनेछन्।
27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।
    तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
28 हामी आज तपाईंका दासहरू हौं।
हाम्रा नानीहरू यहाँ छन्।
    अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

हितोपदेश 26:21-22

21 जस्तो कोइलाले अँगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडा़लु मानिसले झगडा़ चम्काउँछ।

22 बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International