Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
विलाप 4-5

यरूशलेममाथि भिषण आक्रमण

हेर सुन कसरी फिक्का भयो।
    हेर असली सुन कसरी बद्लियो।
त्यहाँ चारैतिर छरिएका हीरामोतीहरू छन्।
    तिनीहरू प्रत्येक गल्छेडाहरूमा छरिएका छन्।
सियोनका मानिसहरू बहुमूल्य रत्नहरू जस्तै थिए।
    तिनीहरूलाई सुनझैं कदर गरिन्थ्यो।
तर अहिले तिनीहरूका शत्रुहरूले तिनीहरूलाई
    कुमालेले बनाएका माटोका पुराना भाँडाहरू जस्तै ठानिरहेका छन्।
स्यालहरूले पनि आफ्नो छाउराहरूलाई
    दूध चुसाएर हुर्काउँछन्,
तर मेरा मानिसकी छोरी निष्ठुरी छन्।
    उनी मरुभूमिमा हुने शतुमुर्ग जस्तै छन्।
दूध खाने शिशुको जिब्रो,
    तिर्खाले तालुमा टाँसिन्छ।
नानीहरूले रोटी मागिरहेका छन्,
    तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।
ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे,
    गल्लीमा भोकले मरिरहेकाछन्।
ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के
    तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।
मेरा मानिसका छोरीहरूको पाप
    सदोम र गोमोरको भन्दा ठूलो छ।
सदोम र गोमोर
    सजिलै सर्वनाश भए।
त्यो मानिसको हातबाट
    सर्वनाश भएको होइन।
यहूदका कतिपय मानिसहरूले
    विषेश प्रकारले परमप्रभुलाई समर्पण गरे।
ती मानिसहरू अति पवित्र थिए।
    तिनीहरू हिँऊँभन्दा पनि सफा
    र दुध भन्दा पनि सेता थिए।
तिनीहरूका शरीर मुँगा भन्दा पनि राता थिए।
    तिनीहरूका दाह्री नीलमणि ढुङ्गा जस्तै थिए।
अहिले तिनीहरूको अनुहारहरू लालटिनको मोसोभन्दा काला छन्।
    तिनीहरूलाई गल्लीहरूमा पार भएर जाँदा कसैले पनि चिन्दैन।
तिनीहरूका छाला हड्डीसँग टाँसिएर चाउरी परेका छन।
    तिनीहरूका छाला काठझैं खस्रा छन्।
जो भोकले मर्नेहरू भन्दा
    तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्।
खानको कमीले मर्नेहरू भन्दा
    चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।
10 एक समयमा माया गर्ने आइमाईहरूले
    आफ्ना नानीहरूका लागि खाना पकाउँथे।
पछिबाट ती नानीहरू नै
    तिनीहरूका आमाहरूका एकमात्र आहार बने।
यी सबै कुराहरू भए
    जब मेरो मानिसहरूलाई नष्ट पारिएको थियो।
11 परमप्रभुले आफ्ना सारा क्रोध प्रकट गर्नुभयो
    र उहाँले आफ्नो क्रोध पोखाउनु भयो।
उहाँले सियोनमा आगो लगाउनु भयो।
    आगोले सियोनको जगहरू धराशायी गरिदियो।
12 यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन्
    भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
13 यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू
    र पूजाहारीहरूको पापको कारणले गर्दा
अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे
    ती मानिसहरूको कारणले गर्दा भएको थियो।
14 अगमवक्ताहरू र पूजाहारीहरू
    अन्धा मानिस सरह गल्लीहरूमा हिँड्थे।
तिनीहरू रगतले लत्‌पत् भएका थिए।
    एका अर्कामा लुगा छुन पनि घिनाउँथे।
15 तिनीहरू चिच्याए, “भाग!
    भाग! हामीलाई नछोऊ!”
तिनीहरू भन्छन्, “तिनीहरू
बेगारी भई घुम्नु पर्छ।
    उनीहरू यहाँ रहन सक्दैनन्।”
16 परमप्रभु स्वयंले ती मानिसहरूलाई नष्ट गर्नुभयो।
    उहाँले तिनीहरूको हेरचाह गर्नुभएन।
उहाँले पूजाहारीहरूको आदर गर्नुभएन
    यहूदका बूढा-प्रधानहरूसँग उहाँको मैत्रीभाव थिएन।
17 सहायताको निम्ति हेर्दा हेर्दै हाम्रो आँखाहरू टट्टाए।
    तर कतैबाट सहायता आएन।
हामीले स्वयंलाई बचाउँन
कुनै एक जातिलाई हेर्यौं।
    तर कुनै जाति पनि आएन।
18 हाम्रा शत्रुहरूले सारा समय हामीलाई घात पारीरहे।
    हामी गल्लीमा सम्म निस्कन सकेनौं।
हाम्रो अन्त्य नजीक आई सक्यो।
    हाम्रो समय पूरा भैसक्यौ।
19 ती मानिसहरू जसले हामीलाई खेदे
    तिनीसहरू आकाशमा उड्ने चील भन्दा तेज थिए।
ती मानिसहरूले हामीलाई पर्वतहरू सम्म खेदे
    हामीलाई समात्न भनेर मरुभूमिमा लुकेर ढुकी बसे।
20 राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए
उनी हाम्रा प्राणका स्वास जस्तै थिए।
    तर राजालाई तिनीहरूले पासोमा पारे
परमप्रभुबाटनै चुनिएका राजा थिए।
    हामीले राजाको विषयमा भन्यौं,
“हामी उहाँको छाँयासँग बाँच्नेछौं,
    उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुनेछ।”
21 एदोमका मानिसहरू खुशी बन,
    ऊज भूमिमा बस्नेहरू खुशी बन।
तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ।
जब तिमी त्यो कचौराबाट पिउँछौ तिमीहरू मातिने छौं।
    अनि आफैंलाई नाङ्गो पार्ने छौ।
22 हे सियोन तिमीहरूका दण्ड पूर्ण भयो,
    तिमीहरू फेरि कैदखानामा छैनौ।
तर हेर परमप्रभुले एदोमका मानिसहरूलाई,
तिमीहरूको पापको दण्ड दिनुहुनेछ।
    उहाँले तिमीहरूका पाप उदाङ्गो पार्नु हुनेछ।

परमप्रभुलाई प्रार्थना

हे परमप्रभु, याद गर्नुहोस्, हामीमा के घटेको थियो।
    हाम्रो अपमान हेर्नु होस्।
हाम्रो भूमि प्रदेशीहरूको हातमा सुम्पिदिए
    हाम्रा घरहरू विदेशीहरूलाई सुम्पिदिए।
हामी अनाथ भयौं।
    हाम्रा पिता छैनन्।
    हाम्रा आमाहरू विधवा जस्ती भएकि छिन्।
हामीले पिउने पानी पनि किन्नु परेको छ।
    हामीले दाउराको पनि ज्याला तिर्नु परेको छ।
हामीलाई भन्जयाङमा जुवा बोकेर लैजान जोर गरिइएकोछ।
    हामी थकित छौं र हामीलाई विश्राम छैन।
रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ।
    हामीले अश्शूरसँग एउटा सम्झौता गर्यौं।
हाम्रा पिता-पुर्खाहरूले पाप गरेका थिए अनि तिनीहरू मरेका छन्।
    तिनीहरूको पापको कर्म अहिले हामीले भोगी रहेका छौं।
जो ठीक हाम्रा नोकरहरू थिए तिनीहरू हाम्रा शासक भएका छन्।
    कसैले पनि हामीलाई तिनीहरूबाट बचाउन सकेनन्।
हामीले आहार खोज्नको लागि प्राणघातक
    उजाड ठाउँमा होम्रो जीवन खतरामा पार्यौ।
10 हाम्रा छाला चुल्हा जस्तै तातेको छ।
    भोकको अतिशयाले गर्दा हामीलाई असाध्य ज्वरो आएको छ।
11 शत्रुहरूले सियोनका स्त्रीहरूमाथि व्यभिचार गरेका छन्।
    तिनीहरूले यहूदाका शहरहरूमा तरूणीहरूलाई व्यभिचार गरेका छन्।
12 हाम्रा राजकुमारहरूलाई शत्रुले झुण्ड्याएर मारेका छन्।
    तिनीहरूले हाम्रा बूढा-प्रधानहरूलाई सम्मान गरेका छैनन्।
13 हाम्रा जवान छोराहरू शत्रुको कमारा छन्।
    अनि हाम्रा छोराहरूका खुट्टाहरू शत्रुहरूको भारी कामले लर्वरिन्छन्।
14 बूढा-प्रधानहरू शहरका मूल ढोकाहरूमा भेला हुन छाडीदिए।
    जवान मानिसहरूले सँगीत बजाउन छाडीदिए।
15 अब हाम्रो हृदयमा आनन्दको चिन्ह समेत पनि रहेन।
    हाम्रा नाचहरू शोक गीतमा परिवर्तन भएका छन्।
16 मुकुट हाम्रो टाउकोबाट झरेर गयो।
    हामीले गरेको पापको कारणले,
    हामीमा खराब समय आएकोछ।
17 ती कुराहरूको कारणले गर्दा,
    हाम्रा आँखाहरूले स्पष्ट देख्न छोड्‌यो।
18 सियोन पर्वत बाँझोभूमि भयो।
    स्यालहरू सियोन पर्वतको वरिपरि दर्गुछन्।
19 तर हे परमप्रभु। तपाईंले हामीमाथि सदैव शासन गर्नुभएको छ।
    तपाईंको सिंहासन सदाको लागि रहन्छ।
20 हे परमप्रभु, हामीलाई तपाईंले सदाको लागि बिर्से जस्तो देखियो।
    तपाईंले त्यस्तो लामो समयदेखि हामीलाई एक्लै छाडनु भयो।
21 हे परमप्रभु, हामीलाई फेरि फर्काई तपाई कहाँ ल्याउनु होस्।
    हामी आनन्दले तपाई कहाँ फर्कने छौं।
    हामीहरूको जीवन पहिलेको जस्तै बनाईदिनु होस्।
22 तपाई हामीप्रति अति क्रोधित हुनुहुन्थ्यो।
    के तपाईले हामीलाई पूर्ण प्रकारले इन्कार गर्नु भयो?

हिब्रू 2

हाम्रो उद्धार व्यवस्थाभन्दा ठूलो हो

यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं। स्वर्गदूतहरू मार्फत परमेश्वरले दिनुभएको शिक्षा साँच्चो हो भन्ने देखाइएको थियो! अनि जहिले पनि यहूदीहरूले त्यस शिक्षाको विरोध गरे अथवा त्यसको अनुशरण गरेनन् तिनीहरूले उचित दण्ड पाए। हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँच्चो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे। परमेश्वरले पनि अचम्मका, चिन्हहरू र विभिन्न किसिमका चमत्कारहरूले प्रमाणित गरिदिनुभयो। अनि पबित्र आत्माद्वारा मानिसहरूलाई उपहारहरू दिएर त्यो प्रमाणित गरिदिनुभयो। उहाँले ती उपहारहरू आफ्नो अनुसार दिनुभयो।

मानिसहरूलाई बचाउन ख्रीष्ट मानिस जस्तै बन्नुभयो

आउन लागेको त्यो नयाँ संसारको शासक बन्न परमेश्वरले स्वर्गदूतहरूलाई छान्नु भएन। त्यो भविष्यको संसार हो जुन हामीले चर्चा गर्न लागेका छौं। धर्मशास्त्रमा लेखिएको छ:

“तपाईं किन मानिसलाई सम्झनु हुन्छ?
    किन तपाईंले मानिसको पुत्रको बारे सोंच्नु हुन्छ?
ऊ यति महत्वपूर्ण छ?
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो।
    तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,
अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।”(A)

परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।

10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो।

11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। 12 त्यसैले उहाँ भन्नुहुन्छ,

“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु।
    तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”(B)

13 उहाँ यसो पनि भन्नुहुन्छ,

“म परमेश्वरमा भरोसा गर्छु।”(C)

अनि उहाँ भन्नुहुन्छ,

“म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।”(D)

14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ। 15 येशू ती मानिसहरू जस्तै बन्नुभयो र मर्नुभयो जसले गर्दा तिनीहरूलाई मुक्त गर्न सकून्। आफ्नो मृत्युको भयले गर्दा तिनीहरूले सारा जीवन कमाराले जस्तै बिताए। 16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ। 17 यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्। 18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो।

भजनसंग्रह 103

दाऊदको भजन।

मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
    प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
    अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
    उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
    अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
    उहाँले हाम्रो जवानीलाई
    गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
    जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
    परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
    परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न
    परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न।
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं।
    तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन,
    जसको लागि हामी योग्य थियौं।
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
    पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
12 अनि परमेश्वरले हाम्रो पापहरू
    पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ,
    जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,
    हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ।
    हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं।
    जुन फूलहरू छिट्टै हुर्किन्छन्,।
त्यसपछि तातो बतासको झोका आएर मर्छन।
    झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ माया गर्नुभयो
    अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ।
    परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
जसले उहाँको करार पालन गर्छ।
    परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ,
    जसले उहाँको आदेश पालन गर्छन्।
19 परमेश्वरको सिंहासन स्वर्गमा छ।
    अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर।
    तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्।
    तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर।
    तिमीहरू उहाँको दासहरू हौ।
    जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो।
परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ,
    अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ!
हे मेरो प्राण परमप्रभुको गुण-गान गर!

हितोपदेश 26:23

23 माटोको भाँडोमा चाँदीको जलप लगाएझैं दुष्ट जाली मानिसको ओंठमा चिप्लो कुरा हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International