Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 24-26

भाँडो अनि मासु

24 परमप्रभु मेरो मालिकको वचन मकहाँ आयो। त्यो दिन देशबाट निकालिएको नवौं बर्षको दशौं महीनाको दशौं दिन थियो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! आजको दिन र आजैको दिनको नाम लेखिराख ‘आजै बाबेलको राजाको सेनाले यरूशलेमलाई घेर्यो।’ यो कुरा त्यो घरानालाई (इस्राएल) भन जुन परिवार आज्ञा पालन गर्न अस्वीकार गरिरहेछ। उसलाई यो कुराहरू भन। ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:

“‘भाँडा आगोमाथि राख,
    भाँडा राख अनि त्यसमा पानी हाल।
त्यसमा राम्रो-राम्रो टुक्राहरू हाल,
    फिला अनि कुमको मासुको टुक्राहरू हाल।
भाँडा सर्वोत्तम हड्डीहरूले पूरा भर।
    बगालको राम्रो-राम्रो पशुहरू मार,
भाँडाको तल पूरा आगो लगाऊ,
    अनि मासुको टुक्राहरू पकाऊ।
सुरूवालाई त्यस बेला सम्म पकाऊ,
    जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’

“‘यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
यो यरूशलेमको निम्ति नराम्रो हुन्छ।
    यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ।
यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ,
    अनि त्यो खियाको दाग जब सम्म हट्दैन,
त्यो भाँडा शुद्ध हुँदैन यसकारण मासुको प्रत्येक टुक्रा,
भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाऊ।
    पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!
यरूशलेम त्यो कलंकित दाग लागेको भाँडा जस्तै हो।
    किनकि त्यसले बगाएको रगत त्यहाँ अहिले सम्म छ!
उसले खुल्ला चट्टानमा रगत हाली।
    उसले रगत भूईंमा पोखाई अनि त्यसलाई धूलोले छोपीदिई।
मैले त्यसको रगत खुल्ला चट्टानमा हालें।
    यसकारण यो नछोपियोस्।
मैले यसो गरें जसबाट मानिसहरू क्रोधित होउन्,
    अनि उसले निर्दोष मानिसहरूलाई हत्याको दण्ड दिओस्।

“‘यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
हत्याराहरूले भरिएको यो शहरमा नराम्रो हुनेछ।
    म आगोको लागि दाउराको थुप्रो लगाई दिन्छु।
10 भाँडाको मुनि धेरै दाउरा लगाऊ।
    आगो बाल राम्रोसँग मासु पकाऊ।
मसला मिलाऊ अनि हड्डीहरू बेस्सरी पकाऊ,
    जब सम्म ती हड्डीहरू गल्दैनन्।
11 तब भाँडालाई खाली कोईलामा छोडीदेऊ।
    यसलाई यति तातो हुनु देऊ कि
यसको दाग पनि डडोस्।
    त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।

12 “‘यरूशलेमले आफ्नो दागलाई धनुको लागि,
    कठोर परिश्रम गर्न सक्छ
तर त्यो ‘खिया’ जाँदैन।
    आगोले (दण्डले) मात्र त्यो खिया हटाउनु सक्छ!

13 “‘तिमीले मेरो विरूद्ध पाप गर्यौ,
    अनि पापले कलंकित भयौ मैले तिमीलाई नुहाई दिन खोजें,
अनि तिमीलाई शुद्ध बनाउन चाहें।
    तर दाग बाहिर आएन।
म तिमीलाई फेरि नुहाई दिन चाहाँदिन।
    जब सम्म मेरो तातो क्रोध तिमी प्रति समाप्त हुँदैन।

14 “‘म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दु:खीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ। परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।’”

इजकिएलको पत्नीको मृत्यु

15 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 16 “हे मानिसको छोरा! तिमी आफ्नो पत्नीलाई ज्यादै प्रेम गर्छौ, तर म उसलाई तिमीदेखि टाढो लान्छु। तिम्रो पत्नी अचानक मर्नेछन्। तर तिमीले उसको मृत्युमाथि शोक गर्ने छैनौ। तिमी चिच्याउने छैनौ। आफैंलाई रून नदेऊ। 17 तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैँ जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”

18 त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरें जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो! 19 त्यसपछि मानिसहरूले मलाई सोधे, “तिमीले यो काम किन गरिरहेकाछौ? यसको अर्थ के हो?”

20 मैले तिनीहरूलाई भने, “परमप्रभुको वचन मकहाँ आयो, उहाँले भन्नुभयो, 21 इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्। 22 तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्। 23 तिमीहरूले आफ्नो फेटा अनि जुत्ता लगाउँछौ। तिमीहरूले आफ्नो शोक प्रकट गर्ने छैनौ। तिमी रूने छैनौ। तर तिमी आफ्नो पापको कारणले नष्ट हुनेछौ, तिमी चुपचाप आफ्नो अफशोस् अरूसँग गर्नेछौ। 24 यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्यो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।’”

25-26 “हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु। बाँच्नेहरू मध्ये एकजनाले तिमी कहाँ नराम्रो समाचार लिएर आउनेछ। 27 त्यस समय तिमी त्यो मानिससित बात गर्न सक्छौ। तिमी अब अझ अधिक चुप लागेर बस्न सक्तैनौ। यसकारण तिमी उसको उदाहरण बन्नेछौ। त्यति बेला तिनीहरूले थाहा पाउँनेछन् म, नै परमप्रभु हुँ।”

अम्मोनको बिरूद्ध अगमवाणी

25 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन। अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ: तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए। यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्।

“‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेंडा़हरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ। परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ। यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।’”

मोआब अनि सेइरको बिरूद्ध अगमवाणी

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’ म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि किर्यातैम जुन त्यस देशको महिमा हुन म लिनेछु। 10 त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिन्छन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिनेछ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए। 11 यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”

एदोमको बिरूद्ध अगमवाणी

12 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।” 13 यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्। 14 म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरूद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरूद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

पलिश्तीहरूको बिरूद्ध अगमवाणी

15 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।” 16 यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु। 17 म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोधद्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

टायरको विषयमा दु:खको समाचार

26 देशबाट निकालिएको एघारौं बर्षको पहिलो महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरा, टायर यरूशलेमको विषयमा कराऊ। ‘चाँडै गर! मानिसहरूको रक्षा गर्ने शहर-द्वार ध्वंश भयो। शहर-द्वार मेरो निम्ति खुल्ला छ। यरूशलेम ध्वंश भयो। यसकारण म यसको धेरै बहुमूल्य समानहरू लिन सक्छु।’”

यसकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “हे टायर म तिम्रो विरूद्धमा छु! म तिम्रो विरूद्धमा लड्नका निम्ति धेरै राष्ट्रहरू ल्याउँनेछु। त्यो समुद्र किनारमा छाल जस्तो घरी-घरी आउँनेछ।”

परमेश्वरले भन्नुभयो, “शत्रुका सैनिकहरूले टायरको पर्खालहरू नष्ट पार्नेछन् अनि त्यसको खम्बाहरू लडाई दिनेछन्। म पनि त्यसको जमीनमाथिको भाग खुर्किनेछु। म टायरलाई चट्टानमा परिणत गर्नेछु। टायर समुद्रको किनारमा माछा मार्ने ठाँउ मात्र हुनेछ। मैले यो भनेकोछु।” परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “टायर युद्धमा लुटिएको सामान झैं अन्य राष्ट्रहरूलाई दिइनेछ। मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”

नबूकदनेस्सरले टायरमाथि आक्रमण गर्नेछ

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म टायरको विरूद्धमा उत्तरबाट शत्रु ल्याउँनेछु। बाबेलको महान राजा नबूकदनेस्सर शत्रु हो। उसले एउटा विशाल सैनिक दल ल्याउनेछ, त्यसमा घोडा, रथ, घोडसवार सैनिकहरू, अनि धेरै धेरै संख्यामा अरू सैनिकहरू हुनेछन्। ती सैनिकहरू विभिन्न राष्ट्रका हुनेछन्। नबूकदनेस्सरले मूल-प्रदेशमा तिम्रो छोरीहरूलाई (सानो शहरहरू) मार्नेछ। त्यसले तिम्रो शहरमा आक्रमण गर्नका निम्ति किल्ला बनाउँनेछ! त्यसले तिम्रो शहरको चारैतिर कच्चा सडकहरू बनाउनेछ। त्यसले पर्खाल सम्म पुग्ने एउटा कच्चा बाटो बनाउँनेछ। त्यसले तिम्रो पर्खालहरू भत्काउन काठको मूढाहरू लिएर आउँनेछ। तिम्रो किल्लाहरू भत्काउन उसले शक्तिशाली हतियारहरू प्रयोग गर्नेछ। 10 त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाल भत्काइनेछ। 11 बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ। 12 नबूकदनेस्सरको सैनिकहरूले तिम्रो सम्पत्ति लिएर जानेछन्। तिनीहरूले ती चीजहरू लिएर जानेछन् जुन चीजहरू तिमी बेच्न चाहन्थ्यौ, त्यसले तिम्रो पर्खालहरू नष्ट पार्नेछ अनि तिम्रो राम्रो-राम्रो घरहरू नष्ट पारिदिनेछ। त्यसले तिम्रो ढुङ्गा र काठले बनिएको घरहरू काठ-पातसितै समुद्रमा फ्याँकिदिनेछ। 13 यस प्रकारले म तिम्रा खुशीका गीतहरूको स्वर बन्द गरिदिन्छु। भविष्यमा मानिसहरूले तिम्रो वीणाको स्वर सुन्ने छैनन्। 14 म तिमीलाई नाङ्गो चट्टानमा परिणत गरिदिनेछु। तिमी समुद्रको किनारमा माछाको जाल फैलाउने स्थान जस्तो मात्र हुनेछौ। तिमी फेरि कदाचित निर्माण हुने छैनौ। किनभने म परमप्रभुले यी कुराहरू भनें।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।

अन्य देशहरू टायरको निम्ति रूनेछन्

15 परमप्रभु मेरो मालिक टायरसित यसो भन्नुहुन्छ, “तिम्रो पतनको आवाजले समुद्र किनारका भूमिहरू हल्लिनेछन्। यो त्यस बेला हुनेछ जब तिम्रो चोट लागेका मानिसहरूले कष्टको स्वर निकाल्नेछन अनि मर्छन्। 16 तब समुद्र किनारका देशहरूका सबै शासकहरू आफ्नो सिंहासनबाट उत्रेर आफ्नो दु:ख प्रकट गर्नेछन्। तिनीहरूले आफ्नो विशेष पोशाक फुकाल्छन्। तिनीहरूले आफ्नो सुन्दर लुगाहरू खोल्छन्। त्यसपछि तिनीहरूले भाङ्ग्रा (जुटको) लुगा लगाउँछन्। तिनीहरू जमीनमा बस्छन् अनि डरले काम्छन्। तिनीहरू तिमी यति चाँडै नष्ट भएकोमा आघात हुनेछन्। 17 तिनीहरूले तिम्रो विषयमा विलाप गीत गाउँनेछन्:

“‘हे टायर! तिमी प्रसिद्ध शहर थियौ।
    समुद्र पारिबाट मानिसहरू तिमीसित बस्नआए।
तिमी प्रसिद्ध थियौ।
    तर अहिले तिमी केही छैनौ।
तिमी समुद्रमा शक्तिशाली थियौ
    अनि त्यस्तै तिमीसित बस्ने मानिसहरू पनि बलिया थिए।
तिमीले मुख्य भूमिमा बस्ने सबै मानिसहरूलाई,
    भयभीत पार्यो।
18 अब जुन दिन तिम्रो पतन हुन्छ,
    समुद्र किनारमा भएको देश डरले काम्न थाल्छ।
तिमीले समुद्र किनारको सहायताले कति उपनिवेश बनायौ,
    जब तिमी रहँदैनौ तिनी भयभीत हुन्छन्।’”

19 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “हे टायर म तिमीलाई नष्ट गर्छु अनि तिमी एउटा रित्तो शहर हुनेछौ। ती शहरहरूमा जस्तै त्यहाँ कोही पनि बस्ने छैन। म तिमीमाथि समुद्र बगाउँनेछु। ठूलो समुद्रले तिमीलाई छोप्नेछ। 20 म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ! 21 अरू मानिसहरू तिनीहरूसँग डराउँछन्। तिमीहरू निमिट्यान्न हुनेछौ। मानिसहरूले तिमीहरूको खोजी गर्नेछन्, तर तिमीहरूलाई फेरि कहिल्यै भेट्टाउने छैनन्!” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।

हिब्रू 11:1-16

बिश्वास

11 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।

विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो।

कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ।

हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो। परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए। 10 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

11 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। 12 उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।

13 यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। 14 जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। 15 तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। 16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

भजनसंग्रह 110

दाऊदको स्तुतिगान।

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो,
    “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन,
    त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ।
तिम्रो राज्य सियोनमा शुरूहुनेछ,
    अनि यो त्यति बेलासम्म बढ्दै जानेछ,
    जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
जब तिमीले आफ्ना सैनिकहरूसँगै भेला गर्नेछौ,
    तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्।
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्।
    अनि विहानै एका-अर्कासित भेट हुनेछ।
ती युवा पुरूषहरू भूईँमा शीत परे जस्तै
    तिम्रो वरिपरि हुनेछन्।

परमप्रभुले प्रतिज्ञा गर्नुभयो
    उहाँले आफ्नो मन बद्लि गर्नुहुँदैन।
“तिमी अनन्तको निम्ति
    मल्कीसेदेक जस्तै पूजाहारी हौ।”

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ।
    जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ।
    धर्ती मृत शरीरहरूले ढाकिने छ।
    अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।

राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछ।
    त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ अनि बलियो[a] हुनु हुनेछ।

हितोपदेश 27:14

14 प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्क्याउँन जान्छ उसले श्राप पाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International