Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 29-30

मिश्रको बिरूद्ध संदेश

29 देशबाट निकालिएको दशौं बर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल। भन, ‘परमप्रभु मेरा मालिक भन्नुहुन्छ:

“‘हे मिश्रको राजा फिरऊन! म तिम्रो विरूद्धमा छु।
    तिमी नील नदीको किनारमा सुतिहरने ठूलो राक्षस (अजीङ्गर) हो।
तिमीले भन्यौ, “यो मेरो नदी हो!
    यही नदी हो जुन मैले बनाएँ।”

4-5 “‘तर म तिम्रो बङ्गारामा बल्छी लगाउँनेछु।
    नील नदीको सबै माछाहरू तिम्रो कत्लाहरूमा टाँसिदिन्छु।
तिम्रो कत्लाहरूमा टाँसिएका
    माछाहरूसितै तिमीलाई म
नदीबाट बाहिर निकालिदिनेछु।
    म तिमीलाई सबै माछाहरूसितै
मरुभूमिमा फ्याँकिदिनेछु
    अनि तिमी जमीनमा खस्नेछौ।
तब मिश्रमा बस्ने सबै मानिसहरूले जान्नेछन्
    कि म नै परमप्रभु हुँ।

“‘म यो कामहरू किन गर्दैछु?
किनकि इस्राएलका मानिसहरूले तिनीहरूको भरोसा मिश्रमाथि गरे
    तर मिश्रमाथि भरोसा गर्नु चाँहि पात्लो घाँसको पातमा अडेस लाग्नु सरह हो।
इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे।
    तर तिमीहरू घरल्याम्मै लड्यौ अनि तिनीहरूको काधँहरूमा चोट पुर्यायो।
तिनीहरू सहायताको लागि तिमीमाथि भर परे।
    तर तिमी भाँच्चियौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ।’”

यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ:
“म तिम्रो विरूद्धमा तरवार चलाउँछु!
    म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।
मिश्र देश शून्य अनि नष्ट हुनेछ।
    त्यसपछि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु हुँ।”

परमेश्वरले भन्नुभयो, “म त्यो काम किन गर्छु? किनकि तिमीले भन्यौ, ‘यो मेरो नदी हो। मैले नै नदी बनाएको हुँ।’ 10 यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ। 11 मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस बर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्। 12 म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस बर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस बर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। 14 म मिश्रलाई कैदबाट फर्काएर ल्याउँछु। म मिश्रका मानिसहरूलाई पत्रोस देशमा जहाँबाट उत्पन्न भएका थिए फेरि त्यहाँ ल्याउँछु। तर तिनीहरूको राज्य महत्वपूर्ण हुनेछैन। 15 यो सबै भन्दा कम्ती महत्व रहेको राज्य हुनेछ। म यसलाई फेरि अरू जातिहरू भन्दा माथि उठाउँने छैन। म यसलाई यति सानो बनाइदिन्छु कि त्यो राज्यहरूमाथि शासन गर्न सक्तैन। 16 अनि इस्राएलका परिवार फेरि कहिले पनि मिश्रमाथि अश्रित हुने छैन्। इस्राएलीहरूले आफ्नो पाप याद गर्नेछन्। तिनीहरूले याद राख्ने छन् कि तिनीहरू सहायताका निम्ति मिश्र पट्टि फर्किए, परमेश्वर पट्टि होइन, अनि तिनीहरूले सम्झनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ।”

बाबेलले मिश्रलाई प्राप्त गर्ने छ

17 देशबाट निकालिएको सत्ताईसौं बर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो बाबेलको राजा नबूकदेस्सरले उसको सेनाहरूलाई टायरको विरूद्ध कठोर युद्ध गर्नु लगायो। तिनीहरूले प्रत्येक सैनिकको कपाल खौरिदिए। गरौं भारी काँधमा दलिँदा-दलिँदा, काँध पिल्सियो। टायरलाई जित्नुका निम्ति नबूकदनेस्सार अनि उसको सेनाले कठिन प्रयत्न गर्यो तर त्यो कठिन प्रयत्नबाट केही पनि पाउन सकेन।” 19 यसकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म नबूकदनेस्सर मिश्रदेश दिनेछु बाबेलको राजालाई अनि उसले मिश्रका मानिसहरूलाई लैजानेछ। नबूकदनेस्सरले मिश्रका बहुमूल्य चीजहरू लिनेछन्। यो नबूकदनेस्सरको सेनाको ज्याला हुनेछ। 20 मैले नबूकदनेस्सरलाई कठिन परिश्रम गरेंकोमा त्यसलाई मिश्रदेश पुरस्कारको स्वरूप दिएँ। किनकि उनी र तिनका सेनाहरूले मेरो लागि कठिन परिश्रम गरे।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।

21 “त्यस दिन इस्राएलका परिवारलाई म शक्तिशाली बनाउँछु अनि तिम्रा मानिसहरूले मिश्रवासीहरूको हाँसो उडाउनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

बाबेलको सेनाले मिश्रमाथि आक्रमण गर्नेछ

30 परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो, “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

“‘रोऊ अनि भन,
    “त्यो डरलाग्दो दिन आउँदै छ।”
त्यो दिन नजीकै छ।
    हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ।
त्यो बादल लागेको दिन,
    यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।
मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछ!
    कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ,
बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्।
    कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।

“‘धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।

“‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:
हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ।
    त्यसको युद्धको घमण्ड नाश हुन्छ।
मिग्दोलदेखि आश्वार सम्मको लागि
    मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।
    परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!
मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ।
    उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।
म मिश्रमा आगो लगाउँछु
    अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्।
त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।

“‘त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।’”

10 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ:
“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु
    अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।
11 नबूकदनेस्सर अनि त्यसका मानिसहरू
    राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्।
    म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु।
तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्।
    त्यो देश लाशले भरिनेछ।
12 म नील नदीलाई सुख्खा जमीन बनाइदिन्छु।
    तब म सूख्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु।
त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको प्रयोग गर्नेछु।
    म, परमप्रभुले, यो कुराहरू भन्दैछु!”

मिश्रको मूर्तिहरू नष्ट पारिनेछन्

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:
“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु!
    म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु।
भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन,
    अनि म मिश्रबाट डर हटाउनेछु!
14 म पत्रोसलाई खाली गरीदिन्छु।
    म सोअनमा आगो लगाई दिन्छु
    अनि म नो शहरलाई दण्ड दिनेछु।
15 अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध बर्षाउँनेछु!
    म नो शहरको मानिसहरू नष्ट पार्छु।
16 म मिश्रमा आगो लगाउँछु।
    सीन नामक ठाँउ डरले पीडित हुन्छ,
नो शहरमा सैनिकहरू लड्नेछन।
    अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।
17 ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन्
    अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।
18 यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ,
जब म मिश्रको अधिकार तोड् दिन।
    तिनका घमण्डी शक्ति समाप्त हुनेछ।
मिश्र कालो बादलद्वारा ढाकिने छ।
    अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।
19 यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु।
    त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”

मिश्र सदा-सवर्दाका निम्ति दुर्बल हुनेछ

20 देशबाट निकालिएको एघारौं बर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 21 “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”

22 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु। 23 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। 24 म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ। 25 यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।

“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु। 26 म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

हिब्रू 11:32-12:13

32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन। 33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। 34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए। 35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे। 36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। 37 कतिलाई ढुङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेंड़ा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन 38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भड्किहिंड्थे, पृथ्वीका ओडार र गुफ़ातिर बसिहिँड्थे।

39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्। 40 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।

हामीले येशूको उदाहरणको अनुशरण गर्नुपर्छ

12 हाम्रा वरिपरि विश्वासी मानिसहरू धेरै छन्। तिनीहरूका जीवनीले विश्वास के हो त्यो हामीलाई सिकाउँछ। यसर्थ, हामी तिनीहरू जस्तै हुनुपर्छ। हामीले पनि आफ्नो दौड नरोकिई दगुर्नु पर्छ। यदि दौडमा केही बाधा आउँछ भने त्यसलाई फ्याँक्नु पर्छ। अनि हामीलाई सजिलै फँसाउने पापलाई पनि हटाउनु पर्छ। हामीले सदा येशूको उदाहरणको पनि अनुशरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। विवादहरू सहनुहुने येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा सम्झ।

परमेश्वर पिता जस्तै हुन्

तिमीहरू पापको विरूद्ध लड्दैछौ, तर अहिले सम्म तिमीहरूलाई रगत बगाउनु पर्ने अवस्थासम्म पुगेका छैनौ। तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ:

“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ,
    तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ,
    जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।”(A)

त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्। हरेक छोराले जस्तो तिमीले कहिल्यै सजाय पाएका छैनौ भने तिमी खास छोरा नै होइनौ। यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गर्यौं भने हामीले जीवन पाउनेछौ। 10 हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ। 11 सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।

सावधानीपूर्वक बाँचौ

12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। 13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।

भजनसंग्रह 112

परमप्रभुको प्रशंसा गर!

कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
    त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
    असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
    अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
    परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
    एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
    असल मानिसको सधैँ स्मरण गरिन्छ।
उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
    त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
    उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
    गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
    अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
    तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
    तर त्यसपछि तिनीहरू अल्पिने छन्।
    दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

हितोपदेश 27:17

17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International