The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
अश्शूर एउटा देवदारूको रूख जस्तै हो
31 देशबाट निकालिएको एघारौं बर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन:
“‘तिमी अति नौ महान छौ।
तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?
3 अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो।
यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर।
जङ्गलमा छाँयादार अनि एकदमै अग्लो देवदारूको रूख थियो!
यसको टुप्पोले बादल छुन्थ्यो।
4 पानीको मूलले त्यसलाई पोषण गर्यो।
नदीको पानीले त्यसलाई अग्लो बनायो!
नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे।
जहाँ रूखहरू रोपिएका थियो।
अरू मैदानको रूखहरूकोलागि
यहींबाट पानीको नालाहरू जान्थे।
5 यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो।
अनि यसले धेरै हाँगा-बिगाहरू फैलाएको थियो।
त्यहाँ पानी प्रशस्त थियो
यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।
6 रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले
आफ्ना गुँड बनाएका थिए!
रूखको हाँगाहरूमुनि भूमिमा
सबै जीव जन्तुले बच्चा जन्माउथे।
सबै ठूला-ठूला राष्ट्रहरू
त्यो रूखको छाहारीमा बस्थे।
7 यसकारण रूख आफ्नो महानता
अनि लामो हाँगाहरूमा सुन्दर थियो।
किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।
8 परमेश्वरका बगैंचाको कुनै देवदारूको रूख पनि
त्यस्तो थिएन जस्तो यो रूख थियो।
सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो।
देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो।
परमेश्वरको बगैंचाको कुनै पनि रूख,
यति सुन्दर थिएन जति यो थियो।
9 मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ,
अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले
यो रूखको ईर्ष्या गर्थ्यो!’”
10 यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ: “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ। 11 यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ। 12 विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए। 13 अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।
14 “अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”
15 परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए। 16 मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे। 17 हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।
18 “यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।
“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!
फिराऊन एउटा सिंह या दैंत्य?
32 देशबाट निकालिएको बाह्रौं बर्षको बाह्रौं महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 2 “हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दु:खको गीत गाऊ। उनलाई भन:
“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ,
घमण्डसँग देशहरूमा घुम्दै थियौ,
तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ,
तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ,
अनि आफ्नो खुट्टाले पानी छ्याप्दै,
नदीहरू माटै-माटो बनायौ।
तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।’”
3 परमप्रभु मेरा मालिक यी कुराहरू भन्नुहुन्छ:
“मैले धेरै मानिसहरूलाई एकै ठाँउमा जम्मा पारेकोछु।
अब म तिमीमाथि आफ्नो जाल फिँजाउँछु।
त्यसपछि तिनीहरूले तिमीलाई तान्नेछन्।
4 त्यसपछि तिमीलाई सुख्खा जमीनमा झारिदिन्छु!
म तिमीलाई खेतमा फ्याँकिदिन्छु।
तिमीलाई खानका निम्ति म सबै पंक्षीहरू बोलाउँछु।
म प्रत्येक ठाँउबाट जङ्गली पशुहरू तिमीलाई खान,
अनि पेट भर्नका निम्ति बोलाउँछु।
5 म तिम्रो शरीरलाई पर्वतमाथि तितर-बितर पार्छु।
म तिम्रो लाशले बेंसीहरू भरिदिन्छु।
6 म तिम्रो रगतले पहाड भिजाउँनेछु
अनि भूमिमा सोसाउँछु।
अनि खोला नालाहरू पनि त्यसैले भरिनेछन्।
7 म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु
अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु।
म सूर्यलाई बादलले ढाकिदिन्छु,
अनि चन्द्रमा चम्किने छैन।
8 म सबै चम्किने ज्योतिहरूलाई,
आकाशमा तिमीमाथि कालो बनाई दिन्छु।
म तिम्रो सबै देशमा अँध्यारो पारिदिन्छु।”
परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
9 “अनि जब म तिमी टुक्रिएका टुक्राहरू अन्य राष्ट्रहरू र देशहरूमा ल्याउनेछु जुन तिमी चिन्दैनौ, धैरे मानिसहरूको हृदयमा कष्ट पुराइदिनेछु। 10 म धेरै मानिसहरलाई तिम्रा विषयमा चकित पार्नेछु। तिनीहरूका राजा त्यस समय तिम्रो निम्ति भयभीत हुनेछन्, किनभने जब म उनको सामन्नेमा आफ्नो तरवार चलाउँछु दिनको प्रत्येक क्षणमा जब तिमी तल जान्छौ राजा डरले काम्नेछ। प्रत्येक राजा आफ्नो जीवनको निम्ति डराउनेछ।”
11 किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ। 12 म ती सैनिकहरूको उपयोग गरेर तिम्रो मानिसहरूलाई युद्धमा मार्न लगाउँनेछु। ती सैनिकहरू देशमा सबै भन्दा डरलाग्दा देशहरूबाट आएको हुनेछन्। तिनीहरूले मिश्रको त्यो चीजहरूलाई नष्ट गरिदिनेछन् जसको घमण्ड मिश्रले गर्छ। मिश्रका मानिसहरूलाई नष्ट गरिदिइनेछ। 13 मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्। 14 यस्तो प्रकारले म मिश्रको पानीलाई शान्त बनाइदिन्छु, म त्यसको नदीहरूलाई मन्द गति बगाउँनेछु, त्यो तेल जस्तै बग्ने छ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो, 15 “म मिश्र देशलाई रित्तो बनाइदिन्छु, त्यसले प्रत्येक चीज हराउनेछ। म मिश्रमा बस्ने सबैलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु अनि मालिक हुँ!
16 “यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दु:खको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दु:खको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
मिश्र देश नष्ट पारिनेछ
17 देशबाट निकालिएको बाह्रौं बर्षमा त्यही महीनाको पन्ध्रौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 18 “हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रोऊ। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
19 “मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।
20 “मिश्रलाई ती अरूहरू सबै मानिसहरूसँग जानुपर्छ जुन युद्धमा मारिएका थिए। शत्रुले ऊ अनि उसका मानिसहरूलाई टाडा तानेर लगे।
21 “बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।
22-23 “अश्शूर अनि त्यसको सबै सेना मृत्युको ठाँउमा छन्। अश्शूरका ती सबै सैनिकहरू युद्धमा मरिएका थिए। तिनीहरूको चिहान अरूको चिहान वरिपरि छन्। तिनीहरूको चिहानहरू अत्यन्तै गहिरो खाडल भित्र छन्। अश्शूरका सबै सेनाहरू युद्धमा मारिएका थिए। अनि तिनीहरूको चिहानहरू उसको चिहानको चारैतिर छन्। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे।
24 “एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए। 25 तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।
26 “मेशेक, तूबल अनि त्यसको सम्पूर्ण सेनाहरू त्यहाँ छन्। तिनीहरूको चिहानहरू चारैतिर छन्। यी बेखतनाहरू सबै युद्धमा मारिएका थिए। जब यिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। 27 तर अब तिनीहरू धेरै अघि मारिएका शक्तिशाली मानिसहरूसित लडिरहेका छन्। तिनीहरू आफ्नो आफ्नो युद्धको हतियारहरूसितै गाडिएका छन। तिनीहरूको टाउको मुनि तिनीहरूका तरवारहरू राखिएको छन्। तर तिनीहरूको पापले तिनीहरूको हड्डी ढाकेको छ। किनभने जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई आतंकित पार्थे।
28 “मिश्र! तिमी पनि नष्ट हुनेछौ। तिमी ती बेखतनेहरूसँग पसारिने छौ। तिमी ती सैनिकहरूसँग सुत्दैछौ जो युद्धमा मारिएका छन्।
29 “एदोम पनि त्यहीं छ। त्यसको राजा अनि अरू शासकहरूसित त्यहाँ छ। ती शक्तिशाली सैनिकहरू पनि छन्। तिनीहरू अब अरूहरूसँग पसारिएका छन्, जो युद्धमा मरेका थिए। ती बेखतनेहरूसित पसारिएका छन्। तिनीहरू ती मानिसहरूसँग पातालमा गएका छन्।
30 “उत्तरका सबै शासकहरू त्यहीं छन्। त्यहाँ सीदोनको सबै सैनिकहरूछन्। तिनीहरूको शक्तिले मानिसहरू डराउँथे। तर तिनीहरू लज्जित थिए। ती खतना नभएका मानिसहरूसित अरू मानिसहरूसँग जो युद्धमा मारिएका थिए त्यहाँ सुत्ने छन्। तिनीहरू आफ्नो लाज आफूसँग लिएर तल गहिरो पातालमा गए।
31 “फिराऊनले ती मानिसहरूलाई देख्नेछन्, जो मृत्यु स्थलमा पुगेका छन् अनि उसका आफ्ना मानिसहरूलाई शान्ति हुनेछ। हो, फिराऊन अनि उसका सेनाहरू युद्धमा मारिने छन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
32 “जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मलिकले यसो भन्नुभयो।
14 सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन। 15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। 16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो। 17 तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
18 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए। 19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। 20 तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”(A) 21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”(B)
22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ। 23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। 24 तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? 26 त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी थर्कियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धर्ती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”(C) 27 यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
28 यसर्थ, हामी कृतज्ञ बन्नुपर्छ किनकि हामीले एउटा राज्य पाउँदैछौं जो हल्लिन सक्दैन। अनि हामीले उहाँलाई प्रसन्न तुल्याउने तरिकाले आदर र भयले पूज्नुपर्छ। 29 किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
1 इस्राएल ले मिश्र त्यागेर गए।
याकूबले त्यो विदेशलाई त्यागेर गए।
2 यहूदा परमेश्वरको खास मानिस भए।
इस्राएल उसको राज्य हुन गयो।
3 लाल समुद्रले यो देखेर भाग्यो,
यर्दन नदी उल्टा बग्न थाल्यो।
4 पर्वतहरू भेंडाहरूझै वरिपरि नाच्न थाले।
पहाडहरू भेंडाका पाठाहरू जस्तै उफ्रन थाले।
5 लाल समुद्र, तिमी किन भागेर गयौं?
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?
6 हे पर्वतहरू! तिमीहरू भेंडाहरू झैं किन खुशीले उफ्रियौ?
अनि पहाडहरू! तिमीहरू किन भेंडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ?
7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर
स्वामीको सामने थरहरी होऊ।
8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो।
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20 जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
© 2004, 2010 Bible League International