Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 35-36

एदोमको बिरूद्धमा सन्देश

35 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन। त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ:

“‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु!
    म तिमीलाई दण्ड दिन्छु,
म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु,
    अनि तिमी खाली हुनेछौ।
म तिम्रा शहरहरू नष्ट गरिदिन्छु,
    अनि तिमी खाली हुनेछौ
त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ।

“‘किनकि तिमी सधैँ मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।’”

यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ। म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ। म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ। म तिमीलाई सधैँको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”

10 तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।”

तर परमप्रभु त्यहाँ हुनुहुन्छ। 11 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईर्ष्याँ गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायौ। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु। 12 त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’ 13 तिमी घमण्डी थियौ। तथा मेरो विरूद्ध तिमीले कुराहरू सुन्यौ। तिमीले धेरै पल्ट भन्यौ अनि जुन तिमीले भन्यौ, त्यसको प्रत्येक शब्द मैले सुनें। हो मैले तिमीलाई सुनें।” 14 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “त्यस समय सारा पृथ्वी प्रसन्न हुन्छ, जब म तिमीलाई नष्ट पार्छु। 15 तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”

इस्राएल भूमि फेरि निर्माण गरिने छ

36 “हे मानिसको छोरो, मेरो निम्ति इस्राएलको पर्वतहरूसित भन। इस्राएलको पर्वतहरू परमप्रभुको वचन सुन भन। तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’

“यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।’”

यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्। परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”

“यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।’”

यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।

“तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्। म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्। 10 तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्। 11 म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढ्नेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ। 12 हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”

13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “हे इस्राएल देशका मानिसहरू तिमीहरूसित नराम्रो प्रकारले बोल्छन्। उनीहरू भन्छन्, तिमीले आफ्नो मानिसहरू नष्ट पार्यौ। तिनीहरू भन्छन् कि तिमीले तिनीहरूका नानीहरू टाढा लिएर गयौ। 14 अब भविष्यमा तिमीले मानिसहरू नष्ट गर्नेछैनौ। तिमीले भविष्यमा नानीहरू टाढो लिएर जानेछैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो। 15 “म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।

परमप्रभु उहाँको आफ्नो नाउँ रक्षा गर्नुहुन्छ

16 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 17 “हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए। 18 तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ। 19 मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिएँ जुन उनीहरूले गरेका थिए। 20 उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’

21 “इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दु:ख अनुभव गरे। 22 यसकारण इस्राएलका घरानालाई भनें कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु। 23 म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।’” परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।

24 परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु। 25 त्यसपछि म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु अनि तिमीहरूलाई शुद्ध पार्छु। म तिमीहरूका सारा अशुद्धिहरू धुन्छु अनि ती घृणित मूर्तिहरूबाट उत्पन्न अशुद्धिहरू धुन्छु।”

26 परमेश्वरले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु। 27 म तिमीहरूभित्र मेरो आत्मा हालिदिनेछु। म तिमीलाई बद्ली गर्छु जसद्वारा तिमी मेरो विधिहरू पालन गर्नेछौ। तिमी सावधानीसित मेरो नियमहरूको पालन गर्नेछौ। 28 त्यसपछि तिमी त्यो देशमा बस्ने छौ जुन मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तिमीहरू मेरो प्रजा हुनेछौ अनि म तिमीहरू परमेश्वर हुनेछु।” 29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रिनँको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन। 30 म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ। 31 तिमीहरूले त्यो नराम्रो काम याद गर्नेछौ जुन तिमीहरूले गर्यौ, तिमीहरूले याद गर्नेछौ त्यो काम राम्रो थिएन। त्यसपछि तिमीहरू आफ्नो पापहरू अनि जुन डरलाग्दा काम गर्यौ त्यसको लागि तिमी स्वंय आफूलाई घृणा गर्नेछौ।”

32 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गामा लज्जित अनि व्याकुल हुनु पर्ने।”

33 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्। 34 उजाड भएको जमीन फेरि जोतिनेछ। यहाँबाट भएर जाने प्रत्येकलाई यो सर्वनाशको थुप्रो देखाइने छैन। 35 उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।’”

36 परमेश्वरले भन्नुभयो, “तब तिमीहरूको चारैतिरको राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ अनि म फेरि ती स्थानहरू पूनःर्निर्माण गर्नेछु। मैले भूमिहरूमा रूखहरू रोपें जुन चाहिँ उजाड थियो। म परमप्रभु हुँ। मैले यी सबै भनें अनि मैले सबै गरें।”

37 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छु “म यो पनि चाहन्छु कि इस्राएलको घरानाकहाँ आओस् अनि यी कुराहरू तिनीहरूका निम्ति मागुन्। म तिनीहरूलाई असंख्य मानिसहरू बनाउँछु। तिनीहरू भेंडा़को बगालहरू जस्तै हुन्छन्। 38 यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेंडा़ अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”

याकूब 1:1-18

परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन।

परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन!

विश्वास र ज्ञान

मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन।

तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

7-8 व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।

साँच्चो धन

यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। 10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ। 11 सूर्यको उसको पोल्ने तापसित उदय हुन्छ। सूर्यको तापले घाँसलाई ओइलाईदिन्छ। फूल झर्छ, फूल सुन्दर थियो, तर अहिले त्यो भूँईमा झर्यो। धनी व्यक्तिसित त्यही कुराहुन्छ। उसको व्यपारको योजना गर्दा गर्दै मर्छ।

परिक्षा परमेश्वरबाट आउँदैन

12 त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। 13 यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। 14 एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। 15 दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।

16 मेरा प्रिय भाइ-बहिनीहरू, मूर्ख नबन। 17 सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ। 18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

भजनसंग्रह 116

जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ,
    त्यो मलाई मन पर्दछ।
जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ,
    त्यो मलाई मन पर्छ।
म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो।
    चिहान मेरो वरिपरि थियो
    म भयभीत र चिन्तित थिएँ।
तब मैले परमेश्वरको नाउँको पुकारा गरें।
    मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ।
    हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ।
    म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
हे मेरो प्राण, विश्राम गर!
    परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो।
    तपाईंले मेरो आँसुहरू थामिदिनु भयो।
    तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
जीवितहरूको देशमा पनि
    म परमप्रभुको सेवा अनवरत गर्नेछु।

10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो,
    “म सर्वनाश भएँ!”
11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ,
    मैले भने, “सबै मानिसहरू झूटा छन्!”

12 म परमप्रभुलाई के दिन सक्छु र?
    ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
13 उहाँले मलाई बचाउनु भयो,
    यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु।
    अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
14 परमप्रभुलाई प्रतिज्ञा गरेको कुराहरू म उहाँलाई दिनेछु।
    म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।

15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ।
    परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
16 हे परमप्रभु, म तपाईंको दास हुँ।
    म तपाईंकी एकजना सेविकाको बालक हुँ।
    परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो।
17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउँने छु।
    म परमप्रभुको नाउँ पुकार्नेछु।
18 आफूले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु।
    अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
19 म यो सव यरूशलेमको मन्दिरमा गर्नेछु,
    र परमप्रभुको मन्दिरको आँगनमा गर्नेछु।

परमप्रभुको प्रशंसा गर!

हितोपदेश 27:23-27

23 तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। 24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। 25 जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ। 26 तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ। 27 बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International