The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
मन्दिरबाट पानी बगिरहेकोछ
47 त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सङ्घारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो। 2 त्यो मानिसले मलाई उत्तर मूल-ढोकाबाट बाहिर ल्यायो अनि बाहिरी मूल-ढोकाको पूर्वको चारैतिर लिएर गयो। मूल-ढोकाको दक्षिण पट्टि पानी बगिरहेको थियो।
3 त्यो मानिस पूर्वपट्टि हातमा नाप्ने डोरी लिएर बढ़यो। उसले 1,000 हात नाप्यो। तब उसले मलाई त्यस ठाँउबाट पानीमा हिँडेर जान लगायो। त्यहाँ मैले तरेको पानी मेरो गोलीगाँठा सम्म थियो। 4 उसले अझ 1,000 हात नाप्यो। तब त्यस ठाँउमा मलाई पानीमा हिँड्नु ल्यायो। त्यहाँ पानी घुँडा-घुँडा जति गहिरो थियो। तब उसले अझ 1,000 हात नाप्यो। अनि मलाई पानीमा हिँड्नु लगायो। त्यहाँ पानी कम्मर-कम्मर गहिरो थियो। 5 त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो। 6 तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”
तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो। 7 म खोलाको किनारतिर फर्किने बित्तैकै मैले खोलाको दुवै तिर धेरै रूखहरू देखें। 8 त्यस मानिसले मसँग भन्यो, “यो पानी पूर्वको अराबा बेंसीतर्फ तल बग्दैछ पानी खारा समुद्र सम्म पुग्छ। त्यो समुद्रमा पानी स्वच्छ अनि ताजा हुन्छ। 9 यो पानीमा धेरै माछाहरू छन् अनि यो पानी जहाँ जान्छ त्यहाँ धेरै पशुहरू बास गर्छन्। 10 तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा-समुद्रमा छन्। 11 तर दलदल अनि खाल्डाको प्रवेश क्षेत्र सानो बनाउँनु सकिँदैन। त्यो नुनको लागि छोडिन्छ। 12 हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”
परिवार समूहको निम्ति जमीनको भागवण्डा
13 परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “यो सीमाना इस्राएलको बाह्रा कुल समूहको जमीन बाँड्नका निम्ति हो। यूसुफले दुइ भाग पाउनेछ। 14 तिमीले जमीन बराबर बाँड्नेछौ। मैले यो जमीन तिमीहरूका पिता-पुर्खाहरूलाई दिने प्रतिज्ञा गरेको थिएँ। यसकारण म यो जमीन तिमीलाई दिंदैछु।
15 “यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म, 16 बेरोतह, सिब्रैम (जुन दमिश्क अनि हमातका सीमानाको बीचमा छ) अनि हासेर-हात्तीकन जुन हौरानको सीमानामा छ, त्यतापट्टि फर्केको छ। 17 यसकारण सीमाना समुद्रबाट हसर-एनान सम्म जान्छ जुन दमिश्क अनि हमातको उत्तरी सीमानामा छ। यो उत्तर पट्टि पर्छ।
18 “पूर्वपट्टिको सीमाना हसर-एनान हौरान अनि दमिश्कको बीच सम्म जान्छ अनि यर्दन नदीको किनारमा गिलाद अनि इस्राएलको जमीनको बीचमा पूर्वी समुद्र सम्म सोझै, तामार सम्म जान्छ। यो पूर्वको सीमाना हो।
19 “दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा-सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।
20 “पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ।
21 “यस्तो प्रकारले यो भूमि तिमीले इस्राएलमा कुल समूहमा बाँड। 22 तिमी यो आफ्नो सम्पत्ति अनि आफूसँग बस्ने विदेशीहरूको सम्पत्तिको रूपमा, जसको नानीहरू तिमीहरूसँग बस्छन् तिनीहरूलाई बाँड। तिनीहरू विदेशी निवासी हुनेछन्, इस्राएलीहरूमा स्वभाविक जन्मे जस्तै हुनेछन्। तिमीले केही जमीन इस्राएलको कुल समूहबाट तिनीहरूलाई दिनेछौ। 23 त्यो कुल समूह जोसँग तिनीहरू बस्छन्, तिनीहरूलाई केही जमीन दिइनेछ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
इस्राएलको परिवार समूहहरूको निम्ति भूमि
48 1-7 “उत्तरी सीमाना पूर्वमा हेतलोनबाट महासागरबाट हमात छाडेर अनि तब हसर-एनान सम्म लगातार जान्छ। यो दश्मिक अनि हमातको सीमानाहरूको बीचमा छ। कुल समूहमा यो समूहको जमीन यी सीमानाहरूको पूर्वबाट पश्चिम सम्म जान्छन्। उत्तरबाट दक्षिण, यो क्षेत्रको कुल समूह हुन, दान, आशेर, नप्ताली, मनश्शे, एप्रैम, रूबेन र यहूदा।
भूमिको विशेष भाग
8 “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौंडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ। 9 तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ। 10 भूमिको यो विशेष क्षेत्र पूजाहारीहरू अनि लेवीहरूमा बाँडिनेछ।
“पूजाहारीले यस क्षेत्रबाट एक भाग पाउँछन्। यो भूमि उत्तरपट्टि 25,000 हात लामो, पश्चिम पट्टि 10,000 हात चौंडा, पूर्व पट्टि 10,000 हात चौंडा अनि दक्षिण पट्टि 25,000 हात लामो हुन्छ। भूमिको यस क्षेत्रको बीचमा परमप्रभुको मन्दिर हुन्छ। 11 यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्। 12 यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो।
13 “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौंडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौंडाई क्रमशः 25,000 हात लामो अनि 10,000 हात चौंडा हुनेछ। 14 लेवीहरूले यो भूमिको कुनै पनि भाग बेच बिखन गर्न पाउनें छैनन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार पाउनें छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष भूमि हो। यो भूमिको सर्वोत्तम भाग हो।
शहर सम्पत्तिको लागि भाग
15 “भूमिको एक क्षेत्र 5,000 हात चौंडा अनि 25,000 हात लामो हुनेछ, जुन पूजाहारीहरू अनि लेवीहरूलाई दिइएको भूमिबाट अतिरिक्त हुन्छ। यो भूमि शहरका पशुहरूको चर्ने ठाँउ अनि घर बनाउँनको लागि हुन्छ। साधरण मानिसहरूले यसको प्रयोग गर्न सक्छन्। शहर यसको बीचमा हुन्छ। 16 शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ। 17 शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ। 18 पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ। 19 शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्।
20 “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ।
21-22 “यो विशेष भूमिको एक भाग देशको शासकको लागि हुन्छ। यो विशेष भूमिको क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा छ। यसको एक भाग पूजाहारीहरूको लागि, एक भाग लेवीहरूको लागि अनि एक भाग मन्दिरको लागि हुनेछ। मन्दिर यो भूमि क्षेत्रको बीचमा छ। शेष भूमि शासकको हुनेछ। शासकले बिन्यामीन अनि यहूदाको भूमिको बीचको भूमि पाउँछ।
23-27 “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा-सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलून अनि गाद।
28 “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा-सागर सम्म पुग्छ। 29 अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँड्नेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो।
शहरको मूल-ढोका
30 “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ।
“उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ। 31 त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका।
32 “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका।
33 “दक्षिण पट्टि 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् शिमोनको मूल-ढोका, इस्साकारको मूल-ढोका अनि जवूलूनको मूल-ढोका।
34 “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका।
35 “चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।”
परमेश्वरका निम्ति जिउँनु
11 प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। 12 मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
ठीक काम गर
13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। 14 अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। 15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। 16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। 17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।
ख्रीष्टको यातनाको उदाहरण
18 दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ। 19 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ। 20 तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ। 21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:
22 “उनले पाप गरेनन्,
अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।”(A)
23 मानिसहरूले ख्रीष्ट प्रति नराम्रा कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अँहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ। 24 ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। 25 तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।
पतिहरू अनि पत्नीहरू
3 त्यसरीनै तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्। 2 पतिहरूले तिमीहरूको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्। 3 तिमीहरूको सुन्दरता बाहिरी गहनाहरूबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन। 4 अँहँ, तिमीहरूको सुन्दरता तिमीहरूको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
5 यस प्रकारले ती पवित्र स्त्रीहरू जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरू आफैं सुन्दर बनिएका थिए। तिनीहरूले आफैंलाई आफ्ना पतिहरूमा सुम्पेका थिए। 6 म “सारा” जस्ती स्त्रीहरूको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरू ‘सारा’ का साँच्चो सन्तानहरू हौ, यदि तिमीहरूले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।
7 त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
जाइन्
49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
50 म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।
51 ती घमण्डीहरूले मलाई लगातार अपमान गरे,
तर मैले तपाईंका शिक्षाहरूको अनुशरण गर्न छोडिनँ।
52 हे परमप्रभु, म सधैँ तपाईंको बुद्धिमानी निर्णयहरूले
मलाई सान्त्वना दिंदछ।
53 जब मैले ती दुष्ट मानिसहरूले तपाईंको उपदेशहरू
मान्न छाड्दै गएको देखें र म क्रोधित भएँ।
54 मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै
मेरो गीतहरू भएका छन्।
55 हे परमप्रभु, मैले रातमा तपाईंको नाउँ स्मरण गरेको छु।
अनि मैले तपाईंको उपदेशहरू पनि याद गरेको छु।
56 किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।
हेथ्
57 हे परमप्रभु, मैले मेरो कर्त्तव्य नै तपाईंको आज्ञाहरू पालन गर्नु हो भनेर निर्णय लिएँ।
58 हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु
मप्रति सधैँ तपाईंले वचन दिए झै, कृपादृष्टि रहोस्।
59 मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचें।
अनि म तपाईंको करार प्रति फर्किएर आएँ।
60 कुनै विलम्ब नगरीकन हतारिन्दै
म तपाईंको आज्ञाहरूलाई पालन गर्नलाई फर्कें।
61 केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे।
तर परमप्रभु, मैले तपाईंको उपदेशहरू भुलिनँ।
62 तपाईंको धार्मिक निर्णयहरूको निम्ति
धन्यवाद दिन म रातमा उठें।
63 ज-जसले तपाईंलाई पूज्दछन् म ती सबै मानिसहरूको साथी हुँ।
ज-जसले तपाईंको आदेशहरू मान्दछन,
म ती सबै मानिसहरूको साथी हुँ।
64 हे परमप्रभु, पृथ्वी तपाईंको स्नेहपूर्ण करूणाले भरिन्छ।
मलाई तपाईंको नियमहरू सिकाउनुहोस्।
12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्।
13 जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।
© 2004, 2010 Bible League International