Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
दानियल 5

भित्तामा लेखिरहेको

राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले। दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन। जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए। तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।

त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।

यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले। अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”

त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।

10 राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन! नडराऊ! 11 तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए। 12 यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”

13 त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए। 14 मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ। 15 बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्। 16 मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि त्यसको व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”

17 त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।

18 “सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो। 19 अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

20 “तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो। 21 तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।

22 “अनि तिमी बेलसजर उहाँकै छोरा हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन। 23 तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँच्चो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन्, सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ। 24 यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो। 25 लेखौट यही हो:

मने, मने, तकेल, पर्सीन।

26 “अनि त्यो लेखौटको अर्थ यो हो:

मने:
    अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।
27 तकेल:
    तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो।
28 पर्सीन:
    तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो। 30 त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए। 31 अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 बर्षका थिए।

2 पत्रुस 2

झूटा शिक्षकहरू

विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। ती झूटा शिक्षकहरूले तिमीहरूबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरूले तिमीहरूलाई झूटा कथाहरू भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरूको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरूलाई ध्वंश पार्नु हुनेछ तिनीहरू उम्कन पाउने छैनन्।

जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरूले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरूलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरूलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे। अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरूलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरूलाई कसरी अड्काउनु पर्छ। 10 जो मानिसहरू तिनीहरूको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरू जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरूलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ।

यी झूटा शिक्षकहरू आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरू स्वयं गर्व गर्छन्। तिनीहरू महिमामय स्वर्गदूतहरूको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्। 11 सवर्गदूतहरू यी झूटा शिक्षकहरू भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरूले झूटा शिक्षकहरूलाई दोषारोपन गर्दैनन् अनि तिनीहरूको बारेमा प्रभु अघि निन्दा गर्दैनन्। 12 तर यी झूटा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरू, जङ्गली पसुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुनेछन्। 13 यी झूटा शिकहरूले धेरै मानिसहरूलाई चोट पुर्याँउँछन्। यसर्य तिनीहरूले पनि चोट पाउनेछन्। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरू कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरूलाई खुशी पार्छ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरूलाई लज्जित तुल्याउँछ्न्। 14 हरेकपल्ट तिनीहरू स्त्रीलाई हेर्छन्, अनि तिनीहरू उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरू सदैव पाप गरिरहन्छन्। तिनीहरूले कमजोर मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरू आफैंले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरू श्रापित छन्। 15 यी झूटा शिक्षकहरूले उचित मार्ग छोडेका छन् अनि तिनिहरूको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरूले त्याही मार्ग अनुशरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे। 16 तर एउटा गधाले बालामको कुकर्ममा ध्यानाकर्षण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।

17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ। 18 ती झूटा शिक्षकहरू त्यस्ता वचनहरूमा गर्व गर्छन् जसको केही अर्थ छैन। तिनीहरूले मानिसहरूलाई पापको जालमा फसाउँछन्। तिनीहरूले, यस्ता मानिसहरूलाई आकर्षित गराइरहेछन् जो मानिसहरू कुकर्म गर्नेहरूबाट टाढ़ा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरूले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्। 19 ती झूटा शिक्षकहरू स्वतंत्रता प्राप्तिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरू स्वयं स्वतन्त्र छैनन्। तिनीहरू ती ध्वंशात्मक कुराहरूका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ। 20 ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ। 21 हो, तिनीहरूलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट फर्कनु भन्दा सही मार्ग तिनीहरूले कहिल्यै नचिनेको असल हुनेथ्यो। 22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।”(A) अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”

भजनसंग्रह 119:113-128

समेख्

113 हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु,
जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्।
    तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
114 मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्।
    हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।
115 हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस्,
    अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
116 हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु।
    म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
117 परमप्रभु, मलाई साथ दिनुहोस र म बाँच्ने छु।
    म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
118 हे परमप्रभु, तपाईंका विधिहरू भङ्ग गर्नेहरूदेखि तपाईं विमुख भएर जानु हुन्छ।
    किनभने तिनीहरूले तपाईंको करार अनुसार हिंडछु भनेर झूटो बोले।
119 परमप्रभु, पृथ्वीमा तपाईंले दुष्ट मानिसहरूलाई मैला पुछेको जस्तो फ्याँकिदिनु भयो।
    यसैले म तपाईंको करारलाई सदा-सर्वदा मान्ने नै छु।
120 हे परमप्रभु, म तपाईंबाट भयभीत छु।
    म डराउँछु र तपाईंका विधिहरूको आदर गर्दछु।

ऐन्

121 मैले के सही र के राम्रो त्यही गरेकोछु।
    हे परमप्रभु, मलाई ती मानिसहरूकहाँ नदिनु होस्,
    जसले मलाई आघात पुर्याउन चाहन्छन्।
122 मप्रति असल रहने कसम खानुहोस् किनकि म तपाईंको दास हुँ।
    हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।
123 हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा
    मेरो आँखाहरू टट्टाई सके।
124 म तपाईंको दास हुँ,
तपाईंको स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
    मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
125 म तपाईंको दास हुँ, मलाई बुझ्ने सामर्थ पार्नुहोस,
    ताकि तपाईंको करार-वचन म बुझ्न सकुँ।
126 हे परमप्रभु, यो तपाईंले केही गर्ने समय हो।
    मानिसहरूले तपाईंको विधिहरू भङ्ग गरे।
127 हे परमप्रभु, म खाटी सुन भन्दा पनि
    तपाईंको आज्ञाहरू मन पराउँछु।
128 म खुब होशियारीसँग तपाईंको आज्ञाहरू पालन गर्छु।
    म झूटो शिक्षाहरूलाई घृणा गर्दछु।

हितोपदेश 28:19-20

19 एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ।

20 एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International