Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
होशे 4-5

परमप्रभु इस्राएलको विरूद्धमा क्रोधित हुनुहुन्छ

हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँच्चो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्। मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्। देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्। कसैले अरू मानिसलाई दोष दिनु अथवा अर्काको दोष देखाउनु पर्दैन। हे पूजाहारी! मेरो तिमीसित असहमति छ। तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।

“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु। तिनीहरू अहंकारी भए। मेरो विरूद्धमा तिनीहरूले पाप माथि पाप गर्दै नै रहे। यसैले म तिनीहरूको महिमालाई लाजमा परिवर्तन गरिदिनेछु।

“पूजाहारीहरूले मानिसहरूले पाप गरे पछि चढाएका बलिहरू खान चाहन्छन्। यसैकारण तिनीहरू मानिसहरूले धेरै-धेरै पाप गरून् भन्ने चाहन्छन्। यसैले पूजाहारीहरू र साधारण मानिसहरूमा केही भिन्नता छैन। म तिनीहरूलाई तिनीहरूको कर्मका निम्ति सजाय दिनेछु। तिनीहरूले जुन नराम्रो काम गरेका छन् त्यसको बदला चुकाएर छोडनेछु। 10 तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।

11 “व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ। 12 हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए। 13 तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाँयाँ हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।

14 “म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन्। किनभने मानिसहरू आफैं मन्दिरका देवदासीसँग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।

इस्राएलको लज्जापूर्ण पापहरू

15 “हे इस्राएल! तैंले एक वेश्या समान व्यवहार गरे ता पनि यहूदा दोषी नहुन्, न त तिमीहरू गिलगालमा आऊ, न वेतावनमा आऊ, ‘न परमप्रभुको जीवनको शपथ खाऊ।’ 16 इस्राएल साह्रै अट्टेरी छ। यसर्थ, के परमप्रभुले तिनीहरूलाई खुल्ला खर्कमा भेंडा़ झैं खुवाउनु पर्छ? होइन!

17 “एप्रैम मूर्तिहरूको साथी भएको छ। त्यसलाई एक्लै छोडिदेऊ। 18 एप्रैम जँडियाहरूको दलमा सामेल भयो। तिनीहरूलाई वेश्यावृति गर्नु दिऊँ। तिनीहरू लाजमर्दो रक्षाकहरूलाई रूचाउँछन्। 19 तिनीहरू सुरक्षाको लागि ती देवताहरूकहाँ गए र तिनीहरूले सोच्ने क्षमता गुमाएकाछन्।[a] तिनीहरूको वलिदानले तिनीहरूलाई लज्जित उत्पन्न गरायो।

अगुवाहरूले इस्राएल अनि यहूदालाई पाप गर्न लगाए

“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।

“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ। शित्तीमका खाल्डाहरू तिनीहरूले खुब गहीरा पारेकाछन्। तर म तिनीहरू सबैलाई दण्ड दिनेछु। म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ। तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्। इस्राएलको अहंकारले आफ्नै विरूद्धमा सबूत दिन्छ। यसकारण, एप्रैम र यहूदा दुवै आ-आफ्नो दोषसित ठोकिनेछन्।

“तिनीहरू आफ्ना ‘भेंडा़-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ। तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।

इस्राएलीहरूको पतन हुने अगमवाणी

“गिबामा सींङ फुक।
    अनि रामामा तुरही फुक।
बेतावनमा खतराको घन्टी बजाऊ।
    हे बिन्यामीन, थरथर होऊ।
दण्डको दिनमा एप्रैम उजाड हुनेछ।
    जे कुरो निश्चय हुनेवाला छ
त्यो इस्राएलका सारा कुलहरूलाई
    मैले जनाएको छु।
10 यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन्,
जो आफ्नो सीमा रेखा बढाउँछन्।
    म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।
11 एप्रैम कष्टमा परेको छ,
    मेरो न्यायमा त्यो चूर्ण भएको छ,
    किनभने व्यर्थका कुरा पछि लाग्न त्यसले निश्चय गर्यो।
12 अत म एप्रैमलाई नाश पार्ने एउटा कीरा
    अनि यहूदाको घरको निम्ति क्षय जस्तो हुँ।
13 जब एप्रैमले आफ्नो रोग देख्यो,
र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो,
    त्यसले ठूलो राजाकहाँ मानिस पठायो।
तर त्यसले तिमीलाई निको पार्न सक्तैनँ।
    न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।
14 किनभने म एप्रैमका निम्ति एउटा सिंह
    अनि यहूदाको घरको निम्ति एउटा सिंहको बच्चा जस्तो हुनेछु।
म आफैं तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु।
म तिनीहरूलाई उठाएर लानेछु।
    अनि तिनीहरूलाई बचाउँने कोही हुनेछैन।
15 जबसम्म तिनीहरूले आफ्ना अपराध,
    स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्,
    तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु।
आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”

2 यूहन्ना

अग्रजबाट अभिवादन।

परमेश्वरद्वारा चुनिएकी स्त्री अनि तिनका बालकहरू प्रति म तिमीहरू, सत्यमा रहेका सबैलाई प्रेम गर्छु। ती सबै, जसले तिमीहरूलाई प्रेम गर्ने सत्यतालाई जान्दछन् तिमीहरूलाई पनि। यही प्रेमको कारणले जो हामीमा छ, हामी तिमीहरूलाई प्रेम गर्छौ। त्यो सत्य हामीमा सदा रहनेछ।

अनुग्रह, कृपा अनि शान्ति, पिता परमेश्वर अनि उनका पुत्र येशू ख्रीष्टको मार्फत हामीसँग हुनेछ। हामी सत्य अनि प्रेमबाट यी आशीर्वाद प्राप्त गर्छौं।

तिम्रो कोही बालकहरू जो तिनीहरू पिताले हामीलाई दिएको आज्ञा अनुसार सत्यको मार्ग अनुशरण गरिरहेछन् भन्ने जान्न पाउँदा म खुशी भएँ। अनि, अब प्रिय महिला, म तिमीलाई भन्छु हामी सबैले एक-अर्कोलाई प्रेम गर्नुपर्छ। यो नयाँ आज्ञा होइन। यो त्यही आज्ञा हो जो हामीसित शुरु देखि नै थियो। अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।

यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। होशियारी होऊ ताकि पुरस्कार जुन हाम्रो परिश्रमबाट प्राप्त भएको छ त्यो गुमाउने छैनौ, तर तिमीले तिम्रो जम्मै पुरस्कार प्राप्त गर।

एउटा व्यक्तिले ख्रीष्टको शिक्षा मात्र अनुशरण गर्नुपर्छ। यदि व्यक्तिले ख्रीष्टको शिक्षा परिवर्त्तन गर्छ भने त्यस व्यक्तिसँग परमेश्वर हुनुहुन्न। तर यदि त्यस व्यक्तिले ख्रीष्टको शिक्षा अनुशरण गरिरहन्छ भने उसकोमा पिता अनि पुत्र दुवै हुन्छन्। 10 यदि कुनै मानिस यो शिक्षा बिना तिम्रोमा आँउछ भने तिम्रो घरमा उसलाई नलैजाऊ अथवा त्यसलाई स्वागत नगर। 11 यदि तिमीले उसलाई स्वागत गर्यौ भने तिमीले उसको कुकार्यमा सहयोग पुर्याइरहेको हुनेछौ। 12 मैले तिमीलाई भन्ने कुरा धेरै छ। तर कागज अनि मसीको प्रयोगले म यो गर्न चाहँदिन। बरु म तिमीलाई भेट्न आउने आशा गर्छु अनि आमने-सामने बात गर्छु। त्यसले हामीलाई अति आनन्दित तुल्याउँछ। 13 तिम्रो बहिनीका बालकहरूले, जसलाई परमेश्वरले चुन्नु भएको छ, तिमीलाई अभिवादन पठाउँछन्।

भजनसंग्रह 125

यात्राको गीत।

मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन्,
तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्।
    तिनीहरू कहिल्यै पनि हल्लिने छैनन।
    तिनीहरू सदा-सर्वदा रहनेछन्।
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्।
    अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ,
    उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ।
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन।
    यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।

हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस।
    पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्।
    परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ।

त्यहाँ इस्राएल मा शान्ति छाओस्।

हितोपदेश 29:9-11

बुद्धिमान मानिस जब मूर्खसित झगडा़ गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन।

10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ।

11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International