Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
योएल 1-3

सलहहरूले देशलाई उजाड पारे

पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो:

हे अगुवाहरू हो, यो वचन सुन!
    हे यो देशका सबै बासिन्दाहरू हो!
तिमीहरू मेरो कुरामा ध्यानदेऊ।
    के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै,
यस्तो भएको थियो? अँहँ थिएन!
    के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै,
    यस्तो घटना घटेको थियो? अँहँ थिएन!
तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ,
    अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउँने छन्।
    तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
जे कुरो काट्ने सलहहरूले छोडेका थिए,
    सबै बगाले सलहहरूले खाए।
अनि जेकुरा बगाले सलहहरूले छोडेका थिए,
    ती सबै उफ्रने सलहहरूले खाए।
जे उफ्रने सलहहरूले छोडेका थिए,
    ती सबै विनासकारी झुसुले सलहहरूले खाए।

सलहहरू आइपुग्न थाले

हे मतवालाहरू! जाग अनि रोऊ!
    तिमीहरू सबै दाखरस पिउनेहरू हो!
जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन।
    अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।
एउटा ठूलो अनी शक्तीशाली जातिले
    मेरो देशलाई आक्रमण गरेका छन्।[a]
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।
    तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्।

ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।
    दाखको बारी ओइलायो त्यसपछि मर्यौ।
ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।
    बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए।

मानिसहरू रून्छन्

कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।
    जसले लोग्नेको निम्ति भाङ्‌ग्रा लगाएकीछे,
    जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ।
    किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।
10 खेत उजाड पारीएकोछ।
    यहाँ सम्म कि खेत पनि रुँदैछ।
    किनभने अन्नहरू सबै नष्ट भयो
नयाँ दाखरस सुख्खा भयो
    अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
11 हे किसानहरू! निरास हौ।
    हे दाखवरीका किसानहरू अच्काली विलाप गर!
गहुँ र जौंको निम्ति विलाप गर
    किनकि खेतको फसलहरू नष्ट भएकोछ।
12 दाखको बोट सुकाइयो
    अनि नेभाराको बोट ओइलाएकोछ।
अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।
    बारिका सबै रुखहरू सुकेका छन्।
    मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
13 हे पूजाहरीहरू! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर।
    हे वेदीका सेवकहरू हो! विलाप गर।
हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत।
    किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

सलहहरूद्वारा डरलाग्दो विनाश

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरूलाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहरूलाई भेला गराऊ। उनीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

15 त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ। 16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र हर्ष हराएर गयो। 17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।

18 हाम्रा पशुहरू भोकले कराइरहेकाछन्। हाम्रा गाई-गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरूले घाँस खान पाउँदैनन्। भेंडा़हरू पनि मरिरहेका छन्। 19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरू आगोको ज्वालाले जलाई दिए। 20 वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।

परमप्रभुको आउने समय

सियोनमा तुरही फुक,
    मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ।
ती सबै मानिसहरूलाई जो यो देशमा बस्छन्,
डरले थरथर कामुन्?
    किनकी परमप्रभुको विषेश दिन आउँदैछ।
    परमप्रभुको विशेष दिन नजिकै छ।
त्यो दिन अन्धकार उदासी दिन हुनेछ।
    त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ।
तिमीहरू विशाल र शक्तिशाली मानिसहरू,
पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ।
    तिनीहरू जस्ता धेरै संख्यामा मानिसहरू
पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन्
    अनि न त भबिष्यमा यस्तो हुनेछ।
तिनीहरूकोअघाडी आगोले भष्म पार्छ।
तिनीहरूको पछाडी आगोको ज्वाला दन्कन्छ।
    भूमी मानिसको सामुने अदनको बगैंचा झैं हुनेछ
अनि मनिसको पछि उजाड मरुभूमि जस्तै हुनेछ।
    त्यहाँ केही पनि रहने छैन।
सलहहरू घोडा जस्तै देखिन्छन्
    अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्।
तिनीहरूलाई सुन!
तिनीहरूको ध्वनि युद्घको समयमा
    रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ।
त्यो आवज भुस जलेर निस्केको
    आगोको ज्वाला जस्तै छ।
एक हुल शक्तिशाली मानिसहरू
    युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।
मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्।
    तिनीहरू को अनुहार डरले पहेंलो हुन्छ।[b]

तिनीहरू योद्धाहरू झैं दगुर्छन्।
    तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्।
प्रत्येक मानिस सोझो अघाडी बढछन्।
    तिनीहरू पंक्ति नबिगारी हिंडछन्।[c]
उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्।
    प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्।
यदि कुनै सेनालाई चोट लागेर लडे पनि
    अरू सेनाहरू अघि बढि रहन्छन्।
तिनीहरू कुदेर शहरमा पस्नेछन्
    अनी चाँडै पर्खाल माथि कुद्नेछन्।
तिनीहरू घरमाथि चढ्छन्,
    अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्।
10 तिनीहरूको अगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ।
    सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ।
11 परमप्रभुले आफ्नो सेनाहरूलाई ठुलो स्वरले बोलाउनु हुन्छ।
    उहाँको छाउनी अत्यन्त विशाल छ।
ती जसले परमप्रभुको आज्ञा पालन गर्छन्
    तिनीहरू धेरै संख्यामा छन्।
परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ।
    यो कसले सहन सक्छ र?

परमप्रभुले मानिसलाई परिवर्तन होऊ भन्नुहुन्छ

12 परमप्रभु भन्नु हुन्छ:
    “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले
उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क।
13 लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।”[d]
    परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।
उहाँ दयालु अनि करूणामय हुनुहुन्छ।
    उहाँ चाँडै रिसाउनु हुन्न।
उहाँ को प्रेम महान छ,
    दण्ड दिने बिषयमा उहाँले
जो निर्णय लिनु भएको छ
    त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ।
14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ।
    यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।
अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई
    अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

परमप्रभुलाई प्रार्थना गर

15 सियोनमा तुरहि फुक,
    महा-पबित्र सभा बोलाऊ।
    उपवासको विशेष समयलाई बोलाऊ।
16 मानिसलाई भेला गर।
    त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ।
तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर।
    त्यो दुधे-बालकलाई पनि लिएर आऊ,
नयाँ दुलहा-दुलहीलाई
    सिधै तिनीहरूको कोठाबाट बोलाऊ।
17 पूजाहारीहरू, परमप्रभुका सेवकहरू
    मन्दिरको दलान वेदीको बिचमा रहुन्।
तिनीहरूले भनुन्, “हे परमप्रभु तपाईका मानिहरूलाई दया देखाउनुहोस्।
    तपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्।
    तिनीहरूलाई राष्ट्रहरूको बिचमा हाँसोको पात्र नबनाउनु होस्।
तपाँईंले अन्य देशहरूलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्,
    ‘तिनीहरूका परमेश्वर कहाँ हुनुहुन्छ?’”

परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ

18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।
    उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो।
19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।
    उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू,
नयाँ दाखरस र तेल पठाउनेछु।
    जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ।
    म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
20 त्यहाँ आएका उत्तरवासीहरूलाई[e] तिमीहरूको देशबाट हटाइदिनेछु।
    उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
    अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
    उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।
तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।”

फेरि देशलाई नयाँ बनाईने छ

21 हे देश नडरा!
    तँ खुशि भएर रमाइलो गर,
    किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।
22 हे जङ्गलका पशुहरू! नडराऊ,
    बनको उजाड खर्कमा हरियाली आउनेछ।
रूखहरूले फलदिन थाल्नेछन्।
    नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।

23 हे सियोनका मानिसहरू! खुशीहोऊ।
    परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ।
किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ।
    उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी,
    पहिला झैं पठाई दिनुहुन्छ।
24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्।
    अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्।
25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ।
    ती काट्ने सलहहरू, ती बगाले सलहहरू
    अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए।
तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।
    तिमीहरू फेरि भरिभराऊ हुनेछौ।
26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
    तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु
तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।
    उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।
अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।
27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।
    अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ,
    र म वाहेक अर्को कुनै परमेश्वर छैन।
मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”

परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ

28 “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु।
    तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्।
तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्।
    तिनीहरूका जवानले दर्शन देख्नेछन्।[f]
29 त्यस समय म आफ्ना आत्मा मेरा दास
    र दासीहरूमाथि खन्याउनेछु।
30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु।
    त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्।
31 सूर्य अँध्यारोमा बद्लनेछ।
    चन्द्रमाको रंग रगतमा बद्लनेछ।
    अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
32 अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ।
    किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्।
    यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ।
बाँचेहरूको बिचमा तिनीहरू हुनेछन्
    जसलाई परमेश्वरले बोलाउनु हुनेछ।

यहूदाको शत्रुहरूलाई सजाय दिईनेछ

“हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु।[g] म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्। तिनीहरूले मेरो मानिसहरूको निम्ति चिट्ठा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।

“हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरू को वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु। तिमीहरूले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।

“तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिनीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्। तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठायौ। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु। म तिमीहरूका छोरा-छोरीहरूलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।

युद्धको निम्ति तयार होऊ

जाति-जातिहरूलाई यो बताई देऊ,
    युद्धकोलागि तयारिबस!
सुरबिरहरूलाई बोलाऊ,
    सम्पूर्ण योद्धाहरूलाई भेलागर।
    उनीहरूलाई जगाऊ!
10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ।
    हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ।
अनि कमजोर मानिसले भनुन्,
    “म एउटा योद्धा हुँ!”
11 हे सबै देशका जातिहरू!
    छिटो गर! त्यहाँ भेला होऊ।
    हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।
12 हे देशबासीहरू, उठ!
    यहोशापातको बेंसीमा आऊ!
म त्यहीं बसेर सबै जातिहरूको न्याय गर्नेछु।
13 तिमी हँसिया लिएर आऊ!
    किनकि फसल काट्ने समय भईसकेको छ।
आऊ! दाखहरू कुल्च,
    किनकि दाखको घडा भरिसकेको छ।
घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ।
    किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।

14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ,
    किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्।
    ताराहरू चम्कने छैनन्।
16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ।
उहाँ यरूशलेमबाट गर्जनु हुनेछ।
    आकाश र पृथ्वी थरथर काँप्ने छ,
तर परमप्रभु उहाँका मानिसहरूका निम्ति शरणस्थान हुनुहुनेछ।
    एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
17 “त्यस समय तिमीहरूले जान्नेछौ की,
    म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो।
    यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”

यहूदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा

18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ।
    डाँडाहरूबाट दुधको नदी बग्नेछ।
    यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ।
परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर
    सित्तिमको बेंसीलाई भिजाउँने छ।
19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ।
    किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए।
तिनीहरूले तिनीहरूकै देशको
    निर्दोष मानिसको हत्या गरेका छन्।
20 यहूदाका मानिसहरू सदा-सर्वदा रहनेछन्,
    अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे।
    यसकारण म उनीहरूलाई सजाय दिनेछु।”

किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।

प्रकाश 1

यूहन्ना यस पुस्तकको विषयमा भन्छन्

यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो। त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।

यूहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्

यहून्नाबाट,

एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई:

अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।

येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।

हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।

प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा[a] हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ। 10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो। 11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। 13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। 14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। 15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। 16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। 18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्। 19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ। 20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

भजनसंग्रह 128

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
    ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।

तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
    तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ।
    तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि,
    तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।
सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
    तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ।

इस्राएल मा शान्ति कायम रहोस्।

हितोपदेश 29:18

18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International