Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
ओबदिया

एदोम दण्डित हुनेछ

यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छः

हामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ।
    देशहरूमा एउटा राजदूत पठाइएको थियो।
उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौं।”

परमप्रभु एदोमसँग कुरा गर्नुहुन्छ

“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु।
    मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ।
    तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ।
    तिम्रो घर पहाको अग्लाईमा छ
र तिमी आफ्नो मनमा भन्छौ कि
    ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”

एदोमलाई तल झारिनेछ

परमेश्वर परमप्रभु भन्नुहुन्छ:
“यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ,
    अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि,
    म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।
तिमी साँच्चै नै सर्वनाश हुनेछौ!
    हेर यदि कुनै चोर तिमी कहाँ आए,
जब राती डाकु आए,
    तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ।
यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि
    उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।
तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ।
    मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्,
    अनि सबै भेट्उनेछन्।
तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन्
    र सिमानाबाट तिमीलाई तान्छन्।
तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्।
    तर तिनीहरूले तिमीलाई धोका दिन्छन्,
    र तिमीलाई पराजय गर्छन्।
ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन्
    तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्।
र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”

परमप्रभु भन्नुहुन्छ, “त्यस दिन
    एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु
    अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।
त्यस समय तेमान,
    तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्।
    अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।
10 तिमी लाजले पूरिने छौ।
    अनि तिमी सधैँको निम्ति नष्ट हुनेछौ।
    किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।
11 त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ।
    अपरिचितले याकूबको भण्डार लिएर गयो।
विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो,
    ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि,
तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने।
    त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।
12 तिमी आफ्नो भाइको विपत्तिमा, प्रति हाँस्यौ।
    तिमी त्यससमय खुशी थियौ।
जब मानिसहरूले यहूदालाई नष्ट पारे।
    उनिहरूको विपत्तिको समयमा,
तिमीले तिनीहरूको खिल्ली उडायौ।
    तिमीले त्यसो गर्नु हुँदैन थियो।
13 तिमी मेरो शहरको दैलोबाट भित्र पसेर
    अनि उनीहरूको समस्यामा हाँस्यौ।
तिमीले त्यसो गर्नु हुँदैन थियो।
    उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियौ,
    तिमीले त्यस्तो गर्नु हुँदैन थियो।
14 तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै,
भगुवालाई रोक्न उभिनु हुँदैन थियो,
    तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा
    उसको हातमा सुम्पिनु हुँदैन थियो।
15 सबै देशहरूमा
    चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ।
तिमीले अन्य मानिसहरूसँग नराम्रो काम गरेकाछौ।
    त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ।
    सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
16 किनकि जसरी तिमीले पवित्र पहाडमा
    दाखरस पिएर खुशी मनायौ,
त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन्
    अनि उनीहरू सबै लोप भएर जानेछन्।
17 तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्।
    र सियोन पवित्र हुनेछ।
याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ
    जुन त्यसको थियो।
18 याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ।
    यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ।
तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ।
    यहूदाका मानिसहरूले
    एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्।
एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।”
    किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।
19 तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन्
    र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्।
यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन्
    र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।
20 इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि,
सपाराद सम्म आफ्नो बनाउनेछन्।
    यहूदाका मानिसहरूलाई यरूशलेम छोड्नु
र सपारादमा बस्न विवश पारिएको थियो।
    तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।
21 विजयीहरू सियोन पर्वतमा हुनेछन्।
    ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन्,
    र राज्य परमप्रभुको हुनेछ।

प्रकाश 4

यूहन्नाले स्वर्ग देखे

तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।” तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए। उहाँ एक जो सिंहासनमा बस्नु भएको थियो, मूल्यवान पत्थर-जास्पर अनि गोमेद जस्तै देखिनु हुन्थ्यो। सिंहासनको वरिपरि पन्ना जस्तै स्पष्ट रङ्ग सहितको इन्द्र-धनुष थियो।

सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।

सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरूका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरू थिए। पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। यी प्रत्येक चार सजीव बस्तुहरूका छ वटा पखेंटाहरू थिए। यी सजीव बस्तुहरूका शरीर भरि, भित्र अनि बाहिर आँखाहरूले भरिएका थिए। तिनीहरू यसो भनिरहन दिन रात रोकिएनन्:

“पवित्र, पवित्र, परमप्रभु परमेश्वर पवित्र छन्, सर्व-शक्तिमान छन्।
उनी सर्वदा थिए, उनी छन् अनि उनी आउँदैछन्।”

यी सजीव वस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्, 10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

11 “हाम्रा परमप्रभु अनि परमेश्वर!
तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ।
    तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो।
हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”

भजनसंग्रह 132

मन्दिर गइरहेको बेलाको भजन।

हे परमप्रभु! सम्झनु होस्, कसरी दाऊद पीडित भए।
दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए।
    दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।
दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन,
    म आफ्नो ओछ्यानमा ढल्कने छैन,
म सुत्ने छैन,
    म आफ्नो आँखालाई विश्राम दिने छैन,
जबसम्म याकूबको सर्व-शक्तिमान् परमप्रभुको
    घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने छैन!”

एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं।
    हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ,
अब, पवित्र पालतर्फ जाऊँ,
    त्यस पाऊदानलाई पूजौं जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ।
परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठ्नुहोस्।
    हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठ्नु होस्।
हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्,
    तपाईंका भक्तजनहरू आनन्दित छन्।
10 तपाईंको आफ्ना असल दास दाऊदको निम्ति,
    आफूले रोजेका राजालाई रद्द नगर्नुहोस्।
11 परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो।
परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
    परमप्रभुले वचन दिनु भएको थियो कि,
    दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार,
र मैले सिकाएको नियमहरू पालन गरे भने,
    तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।”

13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो।
    त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
14 परमप्रभुले भन्नुभयो, “यो सदा-सर्वदाको लागि मेरो ठाउँ हुनेछ।
    यो ठाउँ मैले रोजें जहाँ म हुने छु।
15 म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु।
    गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।
16 म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु।
    अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्।
17 म दाऊदको परिवारलाई बलियो पार्नेछु,
    यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक,
    बत्तीको नियुक्त गरेको छु।
18 म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु
    तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”

हितोपदेश 29:24-25

24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।

25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International