The Daily Audio Bible
Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.
सामरिया र इस्राएललाई दण्ड दिइनेछ
1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।
2 हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन,
हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन।
मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ।
मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ।
उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ,
जसरि मैन आगोमा पग्लन्छ,
जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्।
जसरी पहाडबाट पानी बगेर झर्छ।
5 यस्तो भयो किनभने याकूबले पाप गरेको थियो।
किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए।
सामरिया पापको करण
याकूबको पाप के हो?
यो सामरिया हो।
यहूदाको अग्लो स्थान कुनहो?
यो यरूशलेम हो।
6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु।
त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ।
म सामरियाका ढुङ्गाहरूलाई बेंसीमा फालिदिनेछु
र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु।
7 म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु।
सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु
र म तिनीहरूको झूटा देवताहरूको मुर्तिहरू सबै ध्वंश गरिदिनेछु,
जबकि यी मूर्तिहरू वेश्याबृति मार्फत बनिएका थिए।
ती मूर्तिहरू फेरि वेश्याहरूलाई नै
तिर्न प्रयोग हुनेछन्।
मीकाको ठूलो दुःख
8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु।
म खालि खुट्टा र नाङ्गै हिँड्नेछु।
म स्याल जस्तै साह्रो कराउँनेछु
र शतुरमुर्गा झैं विलाप गर्नेछु।
9 सामरियाको घाऊ निको हुनेछैन।
त्यसको पाप यहूदा सम्म फैलनेछ।
यो मेरा मानिसहरूको शहरको प्रवेसद्वार सम्म जानेछ,
किनकि यो त यरूशलेम सम्म आपुगेको छ।
10 यो कुरा गातमा नभन।
त्यसका निम्ति रूँदै नरोऊ,
विलाप गर्दै बेत-लाप्रामा
धुलोमा लडी-बडी गर।
11 हे शाफीरका वासिन्दाहरू हो,
तिमीहरू आफ्नो बाटोमा नाङ्गो
र लज्जित भएर जाऊ।
ती मानिसहरू जो सानानको वासिन्दाहरू हुन्
तिनीहरू बाहिर आउने छैनन्।
बेतेसेलमा मानिसहरूको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।
12 मारोतका वासिन्दाहरूले केही राम्रो कुरा होस् भनी
व्याकुलतापूर्वक पर्खिरहेकाछन्।
किनभने कष्ट परमप्रभुबाट
यरूशलेमको मुलढोकामा आएकोछ।
13 हे लाकीशका वासिन्दाहरू हो!
तिमीहरूले वेगवान घोडाहरू रथमा बाँध।
सियोनको पाप रथहरूबाट नै शुरु भएको थियो।
जसको मार्फत तिनीहरूले इस्राएलले गरे जस्तै पाप गरे।
14 यसकारण मोरशेत गातमा
तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ।
अकजीबाका घरहरूले
इस्राएलका राजालाई धोका दिनेछन्।
15 हे मोरेशाका वासिन्दाहरू!
तिनीहरूको बिरुद्ध म एक जना मानिस पठाऊनेछु
जसले तिमीहरूबाट सबै चिजहरू खोस्नेछ।
इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डे[a] होऊ।
किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ
तिनीहरूका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ।
किनकि तिम्रो नानीहरूलाई कैदी झैं लगिनेछ।
मानिसहरूका दुष्ट योजना
2 मानिसहरूमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरू बनाउँछन्।
यस्ता मानिसहरू ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्,
अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिँड्न थाल्दछन्।
त्यसो गर्ने सामर्थ तिनीहरूसँग छ।
2 तिनीहरूले जमीनको चाहना गर्छन् भने तिनीहरूलाई लिन्छन्।
तिनीहरूले घरहरू लिने इच्छा गर्छन भने यसलाई लिन्छन्।
तिनीहरूले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्।
तिनीहरूले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरू लिनेछन्।
मानिसहरूलाई सजाय दिने परमप्रभुको योजना।
3 यसकारण परमप्रभु यी कुराहरू भन्नुहुन्छ:
“हेर म तिमीहरूमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु।
तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ।
तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ।
किनभने नराम्रो समय आउँदैछ।
4 त्यस समय मानिसहरू तिमीमाथि हाँस्नेछन्।
तिम्रो बिषयमा बिलापको गीत तिनीहरूले गाउँनेछन्।
अनि भन्नेछन्, ‘हामी नष्ट भयौं,
परमप्रभुले हाम्रा मानिसहरूको जमीन खोसेर
अरू मानिसहरूलाई दिनुभयो।
हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरूलाई बाँडिदिनु भयो।
5 जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिठ्ठाहालेर बाँडिन्छ,
प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’”
मीकालाई उपदेश दिन दिएनन्।
6 मानिसहरू भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ,
उनीहरूले यस्तो गर्नु हुँदैन थियो,
हामीमाथि कुनै पनि नराम्रा कुराहरू आईपर्ने छैनन्।”
7 याकूबका मानिसहरूले भन्छन्,
के परमप्रभु रिसाउनु भएको छ?
के उहाँको कर्महरू यी हुन्?
के धार्मिक जीवन
जीउनेहरूको लागि उहाँले
असल चिजहरू गर्नुहुन्न र?
8 तर अहिले मेरो आफ्नै मानिसहरू मेरो शत्रु भएका छन्,
जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्।
तिमीहरू उनीहरूको खाष्टो चोर्छौ
जस्तो कि तिनीहरू युद्ध बन्दीहरू हुन्।
9 मेरो मानिसका स्त्रीहरूलाई तिमीहरूले घरबाट निकालेर
जानको निम्ति बिवश बनायौ,
जुन घरहरू राम्रो र आरामदायी थिए
तिमीले उनीहरूको सा-साना नानीहरूलाई
मेरो आशिष देखि बन्चित गरायौ।
10 उठ, अनि यहाँबाट भाग!
त्यो विश्राम गर्ने ठाउँ हैन।
किनभने यो ठाउँ पवित्र छैन्,
यो नष्ट भएर गयो,
यो डरलाग्दो विनाश हो।
11 यो सम्भव हुन्छ कि एकजना झूटा-अगमवक्ता आउँछ,
अनि झूटो बोल्छ।
उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ,
जब त्यहाँ प्रशस्त मद्य हुनेछ।”
यस प्रकारका अगमवक्ता तिनीहरू चाहन्छन्।
परमप्रभुले उहाँका मानिसहरूलाई एकसाथ ल्यउनुँ हुन्छ।
12 हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु।
म इस्राएलका बाँचेका सबैलाई भेला पार्नेछु।
म तिनीहरूलाई गोठका भेंडा़ बाख्राहरू
र खर्कका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु।
फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले
खचाखच र हल्ला- खल्ला हुनेछ।
13 तिनीहरू मध्ये एकजना आउनेछ,
जसले पर्खाल भत्काएर जान सक्नेछ।
उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ,
र मानिसको अघि बाटो तयार पार्नेछ।
तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्।
तब राजा तिनीहरूसँग जानेछन्।
परमप्रभु मानिसहरूसँग हुनुहुनेछ।
इस्राएलको अगुवाहरू दुष्टताको दोषी
3 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्।
इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ।
2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ।
तिमीले मानिसको छाला काढ्छौ।
तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ।
3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ।
तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ।
तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ।
4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ
तर परमप्रभु जवाफ दिनुहुन्न।
परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ।
किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।”
झूटो अगमवक्ताहरू
5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए।
“यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई
खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्,
यदि ती मानिसहरूले खान दिएनन् भने तिनीहरूको विरूद्ध सेनाहरू भड्काउँछन्।
6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ,
तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ।
भविष्यको गर्वमा जे लुकेको छ,
तिमीले बताउन सक्दैनौ।
यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ।
अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ।
अनि उनिहरूलाई दिन पनि रात जस्तै हुनेछ।
7 दर्शन देख्नेलाई लज्जित पारिनेछ।
एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ।
तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्।
किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।”
मीका परमेश्वरका साँच्चो अगमवक्ता हुन्।
8 तर परमप्रभुको आत्माले मलाई
शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ।
म याकूबलाई उसको अपराध बताउँनेछु।
हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।
इस्राएलका अगुवाहरू दोषी छन्।
9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू,
तिमीहरू मेरो कुरा सुन।
तिमीहरू न्यायलाई घृणा गर्दछौ।
यदि कुनै वस्तु बाटोमा छ भने,
तिमीहरूले त्यसलाई बाङ्गो पारिदिन्छौ।
10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ।
तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।
11 यरूशलेमका न्यायधीशहरूले
घुस लिएर न्याय गर्छन्।
यरूशलेमका पूजहारीहरूले
ज्यानलिएर ब्यावस्था सिकाउँछन्।
मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो,
अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए।
उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन्
अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ,
यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
12 हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो।
यसैकारण यो खेत झैं जोतिनेछ।
यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ,
अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
व्यावस्था यरूशलेमबाट आउने छ
4 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर,
डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ,
अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ
अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्।
2 धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्,
“आऊ हामी परमप्रभुको पहाड,
याकूबको परमेशवरको मन्दिरमा जाउँ,
र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ।
हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।”
किनभने व्यवस्था सियोनबाट,
र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।
3 उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ
र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ।
तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली
र भालाहरू चाहिँ हँसिया बनाउनेछन्।
जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा,
तरवार चलाउने छैनन्,
न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।
4 तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट
र नेभाराको बोट मुनि बस्नेछन्।
कसैले तिनीहरूलाई डर देखाउने छैन।
किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ।
5 सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्।
तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।
राज्य फर्काएर ल्याइन्छ
6 परमप्रभु भन्नुहुन्छ,
“लङ्गडाहरूलाई म त्यसदिन जम्मा गर्नेछु,
अनि धपाईएकाहरूलाई
र तिनीहरू जसलाई मैले दण्ड दिएको थिएँ,
म भेला गर्नेछु।
7 “लङ्गडाहरूलाई एउटा बेचेको भाग
र फ्याँकिएकाहरूलाई
एउटा सामर्थी जाति तुल्याउनेछु।”
तिनीहरूमाथि सियोनमा
परमप्रभुले अब देखि
सदा-सर्वदै राज्य गर्नुहुनेछ।
8 अनि तिमी, हे एदेरका धरहरा,
सियोनकी छोरीको डाँडा।
पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्,
र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।
जसरि पहिला थियो।
किन यरूशलेम बेबिलोन जानै पर्छ?
9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ?
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्?
के तिम्रो सल्लाहकार नष्ट भयो,
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?
10 हे सियोनकी छोरी,
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ।
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ
र मैदानमा बस्नेछौ
र माथि बाबेलमा जानेछ्यौ
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ।
परमप्रभुले तिम्रा शत्रुको हातबाट
तिम्रो उद्धार गर्नुहुनेछ।
परमप्रभुले अन्य राज्यहरूलाई नाश गर्नुहुनेछ।
11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्,
“त्यो अशुद्ध होस् र सियोनलाई
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”
12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्।
न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्।
किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं
तिनीहरूलाई जम्मा गर्नु भएकोछ।
इस्राएलले त्यसको शत्रुहरूलाई पराजित गर्ने छ।
13 “हे सियोन छोरी, उठ अनि दाईँ गर
किनभने म तिम्रा सींङहरूलाई
फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु।
तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ
र तिनीहरूको धन-सम्पत्ति
सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।”
भेंड़ाको पाठोले चर्म-पत्र खोल्दछन्
6 तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। 2 अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।
3 भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। 4 तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
5 त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। 6 तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।”
7 त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। 8 मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो।
9 त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। 10 यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” 11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।
12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। 13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। 14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे।
15 तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। 16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। 17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
मन्दिर गइरहेको बेलाको भजन।
1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो!
जसले रातभरि मन्दिरमा सेवा गरे।
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ
र परमप्रभुलाई “धन्य हौ” भन।
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन।
जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।
याकेको छोरा आगूरका हितोपदेशहरू
30 यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्:
2 अरू कुनै मानिस भन्दा म धैरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु। 3 मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ। 4 स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
© 2004, 2010 Bible League International