Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
जकरिया 6-7

चारवटा रथहरू

तब म चारैपट्टि घुमें। मैले माथि हेरें अनि चारवटा रथ दुइवटा काँसको पर्वतहरूको बीचबाट जाँदै गरेको देखें। पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए। तेस्रो रथ सेता घोडाहरूले तानिरहेका थिए, अनि चौथो रथ पाङ्ग्रे घोडाहरूले तानिरहेका थिए। तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”

स्वर्गदूतले भने, “तिनीहरू स्वर्गका चार हावाहरू (वा आत्माहरू) हुन्। तिनीहरू सम्पूर्ण पृथ्वीका मालिक बाट आइरहेका छन्। काला घोडाहरू उत्तर तिर जानेछन्, अनि सेता घोडाहरू तिनीहरूलाई पछ्याउँदै पश्चिमतिर जाने छन्, र पाङ्ग्रे घोडाहरू दक्षि जानेछन्।”

बलियो घोडाहरू पृथ्वी माथि जान लाई तम्सि रहेका छन्। यस कारण स्वर्गदूतले तिनीहरूलाई भने, “जाऊ पृथ्वीको चारैतिर घुम।” यसकारण, तिनीहरू पृथ्वीभरि गए।

तब परमप्रभुले मलाई जोडसँग बोलाउनु भयो। उहाँले भन्नुभयो, “हेर त्यो घोडा जुन उत्तर तिर गए तिनीहरूले बेबिलोनमा आफ्नो काम गरेर मेरो आत्मालाई त्यहाँ आराम दिएको छ, अब म उत्तर भूमिसित क्रोधित छैन!”

पूजाहारी यहोशूले एउटा मुकुट पाउँछन्

तब मैले परमप्रभुबाट अझै अर्को वचन प्राप्त गरें। उहाँले भन्नुभयो, 10 “निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ। 11 त्यो सुन र चाँदी मुकुट बनाउँन प्रयोग गर। मुकुट यहोशूको शिरमाथि लगाईदेऊ। यहोशादाको छोरा यहोशू प्रधान पूजाहारी हुन्। 12 तब यहोशूलाई यसो भन, सर्वशक्तिमान परमप्रभुले भन्नुभएको छ:

‘त्यहाँ एकजना मानिस छ जसलाई “हाँगो” भनिन्छ।
    त्यो “हाँगो” जहाँछ त्यहाँबाट निकालिने छ
    र त्यसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ।
13 हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ
    अनि सम्मान गरिनेछ।
यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ।
    ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ
र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’

14 त्यो मुकुट मन्दिरमा राखिनेछ जसले मानिसलाई यादराख्न सहायता गर्नेछ। त्यो मुकुटले हेल्दै, तोबियाह, यदायाह अनि सपन्याहको छोरा योशियाहलाई सम्मान दिनेछ।”

15 टाढा-टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।

परमप्रभु दया र करूणा चाहनु हुन्छ

फरसमा दाराको राज्यकालको चौथो बर्ष जकरियालाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो नवौं महिनाको चौथो दिन (किसलेबको महिना) थियो। बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए। तिनीहरू सर्वशक्तिमान परमप्रभुको मन्दिरका अगमवक्ताहरू अनि पूजहारी कहाँ गए। उनीहरूले प्रश्न सोधे, “हामीले कति बर्ष सम्म मन्दिर ध्वंश भएकोमा शोक मनाउँने। अहिले गरिरहे झैं मैले प्रत्येक बर्षको पाँचौं महिनामा रूनु अनि उपवास बस्नु पर्छ?”

सर्वशक्तिमान परमप्रभुको वचन मकहाँ आयो, “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी बर्ष देखी बर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन! जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’ यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो? अँहँ, होइन। उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगेव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”

जकरियालाई परमप्रभुले यो वचन दिनु भयोः
“सर्वशक्तिमान परमप्रभुले यो कुरा भन्नुभयो,
‘तिमीहरूलाई जे सत्य र उचित लाग्छ त्यही गर्नु पर्छ।
तिमीहरू एक अर्काप्रति दयालु
    र करूणामय हुनु पर्छ।
10 बिधुवाहरू, टुहुरा-टुहुरी बिदेशी
    अथवा गरीव मानिसहरूलाई चोट पुर्याउनु हुँदैन।
एक-अर्कालाई नराम्रो गर्ने बिचार पनि मनमा ल्याउनु हुँदैन।’”

11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे
    जे उहाँले गर्न चाहनु हुन्थ्यो।
तिनीहरूले आफ्ना कान बन्द गरे
    जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
12 तिनीहरू हट्ठी थिए।
    तिनीहरूले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे।
आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले
    अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरूलाई वचन पठाउँनुभयो।
तर मानिसहरूले त्यो सुनेनन्,
    यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
13 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो,
“मैले तिनीहरूलाई बोलाएँ,
    तर तिनीहरूले उत्तर दिएनन्,
यसकारण अब मलाई तिनीहरूले बोलाए पनि
    म तिनीहरूलाई उत्तर दिनेछैन।
14 म अब तिनीहरूलाई एउटा आँधी-बेहरीले झैं
    तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु।
जब तिनीहरू यो देश भएर जान्छन्
    तिनीहरूले छोडे को भूमि उजाड हुनेछ।
त्यो सुन्दर भूमि नष्ट हुनेछ।”

प्रकाश 15

आखिरी महामारीहरू सहित स्वर्गदूतहरू

15 तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए। तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए:

“परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्,
    तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्।
राष्ट्रहरूका राजा,
    तपाईंका विचार सबै सही अनि सत्य छन्।
हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्।
सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्।
    किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ।
सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्,
    किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो। अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौंला पट्टीले बाँधेका थिए। तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्। मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुन्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।

भजनसंग्रह 143

दाऊदको एउटा भजन।

हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
    मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
    तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
मलाई कुनै मामिला नलगाउनु होस्।
    म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ।
    तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
    तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे।
धेरै बर्ष अघी मरेको मानिस सरह,
    तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
म छोड्न तयार छु,
    म आफ्ना आँट हराई रहेछु।
तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो।
    म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु,
    जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
    बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्।
    मैले आफ्नो आँट हराएँ।
मदेखि टाढा नभाग्नु होस्।
    मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
    म तपाईंलाई भरोसा गर्दछु,
मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्।
    तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।
    मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
    यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्,
    अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
    अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्,
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
    किनभने म तपाईंको दास हुँ।

हितोपदेश 30:24-28

24 पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्।

25 कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

26 पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

27 सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

28 अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International