Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
जकरिया 8

परमप्रभुबाट यरूशलेमलाई आशीर्वाद दिने प्रतिज्ञा

यो वचन सर्वशक्तिमान परमप्रभुको हो। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसँग क्रोधित भएँ।” परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेक्ने लौरोको आवश्यकता पर्नेछ। अनि शहरका बाटोहरू नानीहरूले भरिनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जीवित मानिसहरूले सोच्लान्, यो एकदमै गाह्रोछ अनि म पनि सोच्छु यो एकदमै गाह्रोछ।”

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर म पूर्व र पश्चिमका देशहरूबाट मानिसहरू बचाई रहेछु अनि मेरो मानिसहरूलाई डोह्याउनेछु। म त्यहाँ फर्केर फेरि आउँछु अनि यरूशलेममा बस्नेछु। तिनीहरू मेरो मानिसहरू हुनेछन् म राम्रो बिश्वासनीय परमेश्वर हुनेछु।”

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो। 10 त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ। 11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।”

12 “ती मानिसहरूले शान्तिसँग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु। 13 मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!”

14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 15 “तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु। 16 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँच्चो, ठिक र शान्ति ल्याउने निर्णय होस्। 17 तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झूटो कसम नखाऊ। किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।

18 मैले सर्वशक्तिमान परमप्रभुको यो वचन पाएँ। 19 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन हर्ष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”

20 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“भविष्यमा बिभिन्न शहरहरूबाट मानिसहरू यरूशलेममा आउँनेछन्।
21 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्,
    ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं,’
अनि अर्कोले भन्नेछ,
    ‘म पनि तिमीहरू सित जान चाहन्छु।’”

22 धेरै मानिसहरू अनि धेरै शक्तिशाली जातिहरू परमप्रभु सर्वशक्तिमानलाई खोज्न यरूशलेम आउँनेछन्। तिनीहरू यहाँ परमप्रभुको उपासना गर्ने आउने छन्। 23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, ‘हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?’”

प्रकाश 16

परमेश्वरको क्रोध भरिएका कचौराहरू

16 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”

पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।

दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:

“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।
तपाईं नै एक पवित्र हुनुहुन्छ।
तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,
तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।
अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।
    तिनीहरू त्यसको योग्य छन्।”

अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,

“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
    तपाईंको न्याय सत्य अनि उचित छ।”

तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरूलाई आगोले पोल्ने शक्ति दिइयो। मानिसहरू प्रचण्ड तातोले डडे। ती मानिसहरूले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरू थिए। तर मानिसहरूले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10 पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरूले कष्टमा आफ्ना जिब्रो टोके। 11 मानिसहरूले तिनीहरूले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।

12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरूको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो। 13 तब मैले तीनवटा दुष्ट आत्माहरू देखें जो भ्यागुत्तो जस्तै देखिन्थ्यो। तिनीहरू त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के। 14 यी दुष्ट आत्माहरू दानवहरूका आत्मा थिए। तिनीहरूमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरू संसारका राजाहरूकहाँ जान्छन्। तिनीहरू परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरू बटुल्न जान्छन्।

15 “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरू आफूसित राख्छ। तब ऊ नाङ्गै हुने छैन अनि उसमा मानिसहरूले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”

16 त्यासपछि ती दुष्ट आत्माहरूले राजाहरूलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

17 सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।” 18 तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूईँचालो थियो। 19 त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरूका नगरहरू नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो। 20 हरेक द्वीपहरू लुप्त भयो अनि त्यहाँ पर्वतहरू रहेनन्। 21 ठूल-ठूला असिना आकाशबाट मानिसहरूमाथि झर्यो। यी असिनाहरू प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरूले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।

भजनसंग्रह 144

दाऊदको भजन।

परमप्रभुको प्रशंसा गर,
    परमप्रभु मेरो चट्टान हुनुहुन्छ।
परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ।
    उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ।
    परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ।
परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ।
    परमप्रभु मेरो ढाल हुनुहुन्छ।
म उहाँमा भरोसा राख्दछु,
    परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।

हे परमप्रभु, मानिसहरू तपाईंको लागि किन मुख्यछन्?
    किन तपाईं मानव जातिलाई नियाल्नुहुन्छ?
मानिसको जीवन हावाको झोंका मात्र हो।
    मानिसको जीवन अस्थायी छाँयाँ जस्तो मात्र हो।

हे परमप्रभु, आकाश च्यातेर तपाईं तलतिर झर्नुहोस्
    पर्वतहरूमा छुनुहोस् र धूवाँ त्यहाँबाट उठ्ने छ।
परमप्रभु, चट्याङ्ग पठाउनु होस् र मेरो शत्रुहरूलाई भगाउनु होस्।
    तपाईंका “काँडहरू” चलाउनु होस् र तिनीहरूलाई खेद्नुहोस्।
परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्।
    मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्।
    मलाई ती परदेशीहरूबाट बचाउनु होस्।
ती शत्रुहरू झूटाहरू हुन्।
    तिनीहरूले जे कुरा गर्छन् तिनीहरू सत्य छैनन्।

हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक,
कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु।
    म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
10 परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो।
    परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्।
    ती शत्रुहरू झूटा छन्।
    तिनीहरूले भनेका कुराहरू असत्य छन्।

12 हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्।
    हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
13 हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्।
    हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्।
त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्।
14     हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्।
हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्,
    र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्।
    हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन।

15 साँच्चो आशिष पाउनु कति असल कुरा हो।
    यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,
    ती मानिसहरू आशिषित हुन्छन्।

हितोपदेश 30:29-31

29 तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्।

30 सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।

31 लचकमा हिँड्ने कुखुराको भाले,

र बोका,

अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International