The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
यहूदाको चारैतिरको देशहरूको बिषयमा दर्शन
12 इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो, 2 “हेर, म यरूशलेमलाई चारैतिरका राज्यहरूका निम्ति यसलाई बिषको बोटुको जस्तो बनाउँछु। अनि सम्पूर्ण यहूदा यरूशलेम झैं घेरामा पर्नेछ। 3 तर त्यसदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लड्नेछन्। 4 तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरूलाई रक्षा गर्नेछु। 5 तब यहूदाका कुलका अगुवाहरूले आफैं भन्नेछन्, ‘यरूशलेमका बासिन्दा, म परमप्रभु परमेश्वर सर्वशक्तिमानमा शक्ति पाउँनेछु।’ 6 त्यस समयमा यहूदाका परिवारलाई जङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।”
7 परमप्रभुले पहिला यहूदाका मानिसहरूलाई बचाउँनु हुनेछ यसकारण यरूशलेमका बासिन्दाहरूले शेखी गर्नेछैनन्। दाऊदको घरानाको अनि यरूशलेममा बस्ने अन्य मानिसहरूको गौरव यहूदाको भन्दा बढी नहोस्। 8 तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथ प्रदर्शक हुनेछन्।
9 परमप्रभु भन्नुहुन्छ, “त्यस समय म ती यरूशलेमको बिरूद्धमा आउँने सारा जातिहरूलाई नष्ट गर्नेछु। 10 म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्। 11 त्यस दिन यरूशलेममा ठूलो दुःख अनि कष्ट आइपर्नेछ, त्यो यस्तो हुने छ जुन मगिद्दोको बेंसीमा हद्द-रिम्मोनको मृत्युमा मानिसहरू रोएका थिए। 12 भूमिले शोक मनाउँनेछन् प्रत्येक घरना रूनेछन्। दाऊदका घरनाका मानिसहरू आफैंले शोक मनाउँनेछन् अनि उनीहरूका पत्नीले शोक मनाउँनेछन्। नातान घरनाको मानिसहरू आफैं रूनेछन् अनि तिनीहरूका पत्नी पनि अलग-अलग रूनेछन्। 13 लेवी कुलका मानिसहरू अनि पत्नीहरू पनि एक्लै-एक्लै रूनेछन्। शिमी घरानाको मानिसहरू र पत्नीहरू पनि अलग-अलग रूनेछन्। 14 अनि यहि घट्ना सबै वंशमा हुनेछ। मानिसहरू एक्लै हुनेछन् अनि स्त्रीहरू एक्लै रूनेछन्।”
13 तर त्यससमय, पानीको एउटा कुलो दाऊदको घरना तथा यरूशलेमको बासिन्दाहरूको निम्ति मूल फुटेर आउँनेछ। त्यो मूलले तिनीहरूको पापलाई धोएर शुद्ध गरिदिनेछ।
झूटा अगमवक्ता ज्यादा छैनन्
2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु। 3 यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्। 4 त्यस समाय अगमवक्ता आफ्नो अगमवाणी र दर्शनको निम्मति लज्जित हुनेछ। मानिसहरूलाई झूटो अगमवाणी भनेर धोका दिनलाई तिनीहरूले त्यस प्रकारको बाक्लो पोषाक लगाउँने छैनन्। 5 तिनीहरूले भन्नेछन्, ‘म अगमवक्ता हैन। म एउटा किसान हुँ। किनभने एउटा मानिसले मलाई मेरो बाल्य अवस्थामा नै दासलाई जस्तै बेच्यो।’ 6 अरू मानिसहरूले भन्नेछन्, ‘तिम्रो हातको यो चोट केहो?’ उसले भन्नेछ, ‘यो मेरो साथीको घरमा लागेको चोट हो।’”
7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडा़लाई प्रहार गर! भेंडा़ भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।” 8 परमप्रभु भन्नुहुन्छ, “देशका दुइ तिहाईं मानिसहरूलाई चोट लगाईंने छ अनि मारिने छ। तर एक तिहाईं बाँच्नेछन्। 9 त्यपछि म ती बाँचेकालाई जाँच्नेछु। म तिनीहरूलाई अत्यन्तै कष्ट दिनेछु। त्यो कष्ट आगो जस्तै हुनेछ जुन आगोले चाँदीको शुद्धता जाँच्छ। म तिनीहरूको जाँच त्यसरी नै गर्नेछु जसरी मानिसहरूले सुनको शुद्धता जाँच गर्छन्। तब तिनीहरूले मलाई सहायताको निम्ति बोलाउँनेछन् अनि म सहायता गर्नेछु। म भन्नेछु, ‘तिमीहरू मेरो प्रजाहरू हौ।’ अनि उनीहरूले भन्नेछन्, ‘परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ।’” ग्रेट होप मिनिष्ट्रीज च्यारेटेवल रिलिजियस ट्रष्ट
स्वर्गमा मानिसहरू परमेश्वरको स्तुति गर्छन्
19 तब मैले स्वर्गमा धेरै मानिसहरूको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरू भन्दै थिए,
“हल्लेलूयाह!
विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।
2 किनभने उहाँको न्याय सत्य अनि सही छ।
हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो।
ऊ नै हो जसले आफ्नो व्याभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारी,
परमेश्वरले वेश्यालाई दण्ड दिएर, आफ्ना सेवकहरूको रगतको बद्ला लिए।”
3 स्वर्गका मानिसहरूले यो पनि भनेः
“हल्लेलूयाह!
त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”
4 त्यसपछि चौबीस धर्मगुरुहरू अनि चार जीवित जीवातहरू निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै:
“आमिन! हल्लेलूयाह!”
5 त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो,
“तिमी सबै मानिसहरू जो उहाँको सेवा गर्छौं,
हाम्रा परमेश्वरको स्तुति गर!
तिमीहरू सबै साना-ठूला मानिसहरू जसले उहाँको सम्मान गर्छो,
हाम्रा परमेश्वरको स्तुति गर!”
6 त्यसपछि मैले ठूलो भीड़ले गरेको आवाज, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै, यसो भन्दै गरेको सुनें:
“हल्लेलूयाह।
हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ।
उहाँ माहा-शक्तिशाली हुनुहुन्छ।
7 हामी खुशी मनाऔं अनि खुशी होऔं
अनि परमेश्वरलाई महिमा प्रदान गरौं!
परमेश्वरको थुमाको विवाह आएकोछ।
अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
8 बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो।
मलमल चम्किलो र सफा थियो।”
(उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरूको सुकर्म।)
9 तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरू जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रणा गरियो।” तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”
10 म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरू जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”
सेतो घोड़ामा सवार
11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। 12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। 13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। 15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। 16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:
राजाहरूका राजा अनि प्रभुहरूका प्रभु
17 त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ। 18 राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।”
19 त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। 20 तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। 21 तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।
1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
परमप्रभुप्रति स्तुतिगान गर!
उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
2 परमप्रभुले यरूशलेम बनाउनु भयो।
परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
जसलाई कैदी बनाएर थुनिएको थियो।
3 परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
4 परमेश्वरले ताराहरू गन्नुहुन्छ,
र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
5 हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
उहाँको ज्ञान अपार छ।
6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
7 परमप्रभुलाई धन्यवाद होस्।
हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
जसले उहाँको प्रेममा भरोसा राख्छन्।
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
राजा लमूएलका हितोउपदेशहरू
31 यी हितोउपदेशहरू राजा लमूएलले संग्रह गरेका हुन्, जुन तिनकी आमाले सिकाएकी हुन्;
2 तिमी मेरा छोरा हौ जसलाई म माया गर्छु। तिमी मैले भाकल गर्दा जन्मेका छोरा हौ। 3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम। 4 लमूएल, राजाको लागि दाखरस पिउनु असल होइन। शासकहरूले मदिरा पिउनु हुँदैन। 5 तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। 6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। 7 मदिरा पिएर गरीबहरूले आफ्नो गरीबी अनि कष्टलाई भुल्न देऊ।
© 2004, 2010 Bible League International