The Daily Audio Bible
Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.
3 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
2 “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्। 3 उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्। 4 त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। 5 तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरूद्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
परमेश्वरलाई लुट्नु
6 “म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। 7 तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुशरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
“तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’
8 “परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो।
“तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’
“तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ। 9 यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसँग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ। 11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।
12 “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।
न्यायको बिशेष समय
13 परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।”
तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”
14 तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नो पापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन। 15 हामीले सोच्यौ अहङ्कारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन् अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।”
16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।
17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु। 18 मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।
4 “त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेंछ। ती सबै पापी मानिसहरू सुख्खा घाँस जस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
2 “तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ। 3 त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।
4 “मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”
5 परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ। 6 एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”
22 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। 2 त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए।
3 परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। 4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। 5 त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्।
6 त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” 7 “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।”
8 म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। 9 तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”
10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। 11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”
12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। 13 मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ।
14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। 15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।
16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”
17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।
18 म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। 19 अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।
20 येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”
आमिन। हे प्रभु येशू! आउनुहोस्।
21 प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।
1 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
3 नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर!
25 तिनी बलीयी अनि मर्यादित छिन्,
तिनले भविष्यलाई हेरेर ढुक्क भएर हाँस्न सक्छिन्।
26 तिनको बोलीमा ज्ञान छ,
र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।
27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्।
तिनले कहिले अल्छी गर्दिनन्।
28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्,
तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,
29 “संसारमा धेरै असल स्त्रीहरू छन्
तर ती मध्ये तिमी नै सर्व-श्रेष्ठ हौ।”
30 आकर्षण र सौन्दर्य क्षणिक वस्तुहरू मात्र हुन्,
तर जो स्त्रीले परमप्रभुको डर मान्छे उसको प्रशंसा गर्नु पर्छ।
31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ
अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ।
© 2004, 2010 Bible League International