Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 37-38

सपना दर्शी यूसुफ

37 याकूब रोकियो अनि कनान देशमा बस्न थाल्यो। यो त्यही देश हो जहाँ उसको बाबु बसेको थियो। याकूबको परिवारको कथा यही हो।

यूसुफ सत्र बर्षको युवक थियो। उसको काम भेंडा-बाख्रा हेरचाह गर्नु थियो। उनले यो काम आफ्नो दाज्यू-भाइ र जिल्पा र बिल्हाका छोराहरूसित गर्यो। (जिल्पा र बिल्हा उसको बुबाकी उप-पत्नीहरू थिए।) यूसुफ आफ्नो बुबालाई उसका दाज्यूहरूले गरेका सबै दुष्टकर्मको विषयमा जानकारी दिने गर्दथ्यो। इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो। यूसुफका अरू दाज्यू-भाइहरूले जब यो थाहा पाएँ कि तिनीहरूका बुबा उनीहरूलाई भन्दा बढी यूसुफलाई माया गर्थे। यसैकारण तिनीहरू आफ्नो भाइलाई घृणा गर्थे। तिनीहरू उसित राम्रो प्रकारले कुरा गर्न अप्ठ्यारो गर्द थिए।

एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।

यूसुफले भने, “मैले एउटा सपना देखें। हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”

यूसुफका दाज्यू-भाइहरूले भने, “के यसको अर्थ, तँ राजा हुन्छस् अनि हामीहरू सबैलाई शासन गर्छस्?” उसको दाज्यू-भाइहरूले ऊ माथि अझै धेरै घृणा गर्न थाले, कारण तिनीहरूको विषयमा उसले सपना देखेको थियो।

तब फेरि यूसुफले अर्को सपना देख्यो। यूसुफले यस सपना बारेमा पनि आफ्नो दाज्यू-भाइहरूलाई बतायो। उनले भने, “मैले अर्को सपना देखें। मैले घाम, जुन र एघार नक्षत्रहरूले मलाई ढोग गर्दै गरेको देखें।”

10 उनले आफ्नो बाबुलाई पनि त्यस सपना बारे भन्यो। तर उसको बाबुले त्यो सपनाको विषयमा आलोचना गरे। उसका बाबुले भने, “यो कस्तो प्रकारको सपना हो? के तँलाईं विश्वास हुन्छ तेरी आमा, तेरो दाज्यू-भाइहरू अनि म तँलाई ढोग्छौं।” 11 यूसुफका दाज्यू-भाइहरूले साह्रै ईर्ष्या गरिरहे। तर उसको बाबुले यी विषयमा धेरै गहिरिएर सोचे अनि विचार गरे यो सबको अर्थ के हुन सक्छ?

12 एक दिन यूसुफका आफ्ना दाज्यू-भाइहरू आफ्ना बाबुका भेंडाहरूको हेरचाह गर्न शकेम गए। 13 याकूबले यूसुफलाई भने, “शकेम जा! तेरा दाज्यू-भाइहरूले मेरो भेंडाहरू हेरचाह गर्दैछन्।”

यूसुफले भने, “म जानेछु।”

14 यूसुफका बाबुले भने, “तेरा दाज्यू-भाइहरू सुरक्षित छन् या छैनन् यसो हेर। फर्की आएर मलाई भन मेरा भेंडाहरू राम्रै छन् या छैनन्।” यसर्थ यूसुफका बाबुले उसलाई हेब्रोन बेंसीबाट शकेम पठाए।

15 शकेममा यूसुफ हरायो। एक जना मानिसले उसलाई खेतमा हिंडिरहेको भेट्टायो। त्यस मानिसले भने, “के खोजिरहेको छस्?”

16 यूसुफले उत्तर दियो, “म मेरा दाज्यू-भाइहरू खोज्दैछु। के तिमीले भन्न सक्छौ तिनीहरू भेंडाहरूसित कहाँ छन्?”

17 त्यस मानिसले भने, “तिनीहरू गईसके। तिनीहरू दोतान जाँदै गरेको कुरा मैले सुने।” यसर्थ यूसुफ उनीहरू गए तिरै गए अनि तिनीहरूलाई दोतानमा भेट्टायो।

यूसुफ कमारोको रूपमा बेचियो

18 यूसुफका दाज्यू-भाइहरूले उसलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले उसलाई मार्ने निश्चय गरेर एउटा योजना बनाए। 19 उनका दाज्यू-भाइहरूले एक अर्कालाई भने, “हेर, सपनादर्शी यूसुफ आउँदैछ। 20 यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”

21 तर रूबेनले यूसुफलाई बचाउन चाहन्थ्यो। रूबेनले भने, “त्यसलाई हामी नमारौं। 22 हामी त्यसलाई चोट नलगाई कूवामा हाल्न सक्छौं।” रूबेन उसलाई बचाउन अनि बाबु भएको ठाउँमा फिर्ता पठाउन चाहन्थ्यो। 23 जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे। 24 त्यसपछि तिनीहरूले उसलाई एउटा खाली सुख्खा कूवामा फ्याँकि दिए।

25 जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए। 26 यहूदाले दाज्यू-भाइहरूलाई भने, “हामीले आफ्नो भाइ मारेर त्यसको मृत्यु लुकाएर के पाउँछौ? 27 बरू हामीहरूले त्यसलाई ती व्यापारीहरूलाई बेच्दा लाभ हुन्छ। हामीले आफ्नो भाइलाई मारेकोमा दोषी पनि हुँदैनौ।” अरू दाज्यू-भाइहरू सहमत भए। 28 जब ती मिद्यानी व्यापारीहरू नजिक आए, तिनीहरूले यूसुफलाई कूवाबाट बाहिर निकाले। तिनीहरूले यूसुफलाई बीसवटा चाँदीका टुक्रामा बेचे। ती व्यापारीहरूले यूसुफलाई मिश्र लिएर गए।

29 यी सब घट्ना हुँदा रूबेन त्यहाँ आफ्नो दाज्यू-भाइहरूसित थिएन। तिनीहरूले यूसुफलाई बेचेको उनले थाहा पाएन। जब रूबेन कूवामा आयो उनले त्यहाँ यूसुफलाई देखेन। शोक प्रकट गरेर उनले आफ्नो लुगाहरू च्यात्यो। 30 रूबेनले आफ्ना दाज्यू-भाइहरू भएको ठाउँमा गएर भने, “त्यो केटो कूवाँमा छैन। मैले के गर्नु?” 31 ती दाज्यू-भाइहरूले एउटा बोका मारे अनि त्यसको रगत त्यो राम्रो लबेदामा लगाए। 32 तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”

33 तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।” 34 याकूब आफ्नो छोरोको निम्ति यति शोकाकुल भयो उसले आफ्नो लुगाहरू च्यात्यो। तब उनले आफ्नो शोक प्रकट गर्न एक खास प्रकारको लुगा लगायो। याकूबले छोरोको शोक धेरै लामो समयसम्म मनायो। 35 उसका सबै छोरा-छोरीहरूले तिनलाई सान्त्वना दिने प्रयास गरे। तर याकूब कहिल्यै शोकबाट मुक्त भएन। उनले भने, “मेरो छोरोको निम्ति म नमरूञ्जनेलसम्म शोकमा रहनेछु।” यसर्थ याकूब पुत्र शोकमा परिरह्यो।

36 ती मिद्यानी व्यापारीहरूले मिश्र देशमा यूसुफलाई बेचे। फिरऊनका रक्षकहरूका कप्तान पोतीफरलाई तिनीहरूले यूसुफलाई बेचे।

यहूदा र तामार

38 त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्‌दुलाम शहरको थियो। यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो। त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी। पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी। पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।

यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो। तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो। त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”

ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन। 10 यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो। 11 त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।

12 पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्‌दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेंडाबाट काटिएको ऊन लिन यहूदा तिम्ना गए। 13 उसको ससुरा यहूदा भेंडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई। 14 तामारले सधैँ विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।

15 यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई। 16 यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई।

उनले भनी, “तिमीले मलाई के दिन्छौ?”

17 यहूदाले उत्तर दियो, “म मेरो भेंडाको हुलबाट एउटा भेंडा पठाइ दिनेछु।”

उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेंडा नपठाउन्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”

18 यहूदाले सोध्यो, “मैले भेंडा नपठाउन्जेलसम्म के बन्धक राख्न चाहन्छौ?”

तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्। 19 तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।

20 त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन। 21 हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?”

मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”

22 यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”

23 यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”

तामार गर्भवती भई

24 प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले ऊ वेश्यावृतिले गर्दा गर्भवती छे।”

तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”

25 यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्‌ने लट्ठी हो?”

26 यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।

27 तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्। 28 जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।” 29 तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी। 30 त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।

मत्ती 12:22-45

परमेश्वरद्वारा येशूको शक्ति

(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)

22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23 सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”

24 जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”

25 येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27 तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29 यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30 जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।

31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।

तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ

(लूका 6:43-45)

33 “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 34 ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 35 असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 36 यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”

प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज

(मर्कूस 8:11-12; लूका 11:29-32)

38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”

39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40 तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।

42 “न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

दुष्ट आत्माले भरिएका आजका मानिसहरू

(लूका 11:24-26)

43 “जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 45 त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”

भजनसंग्रह 16

दाऊदको मिक्ताम भन्ने भजन।

हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
मैले परमप्रभुलाई भने,
    “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
    अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
    परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
    तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
    म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
    हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
    तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
मेरो भाग आश्चर्यपूर्ण छ,
    मेरो उत्तराधिकार अति सुन्दर छ।
म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
    राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

परमप्रभुलाई मैले सधैँ
    आफू समक्ष राखेको छु
    र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
    अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
    तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
    तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
    तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

हितोपदेश 3:27-32

27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। 28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।

29 तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छ अनि तिमीमाथि भरोसा गर्छन्।

30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।

31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। 32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International