Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 5-7

पवित्र सन्दूक पलिश्तीहरूका निम्ति समस्या बन्यो

पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए। पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे।

अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो। त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।

परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले। जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।”

अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?”

शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए।

फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो। 10 यसकारण पलिश्तीहरूले परमेश्वरको सन्दूकलाई एक्रोन पठाए।

जति बेला परमेश्वरको सन्दूक एक्रोन आइपुग्यो मानिसहरू कराउन थाले, “इस्राएलका परमेश्वरको सन्दूक किन हाम्रो शहर एक्रोनमा ल्याएको? के तिमीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न चाहन्छौ?” 11 एक्रोनका मानिसहरूले पलिश्ती शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई छिट्टो भन्दा छिट्टो आफ्नै ठाउँमा पठाइदिनु होस्। नत्र भने यसले हामीहरूलाई नष्ट पार्नेछ।”

एक्रोनका मानिसहरू साह्रै डराएका थिए। परमेश्वरले त्यस शहरवासीहरूको जीवन कष्टमय बनाइदिनु भयो। 12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।

परमेश्वरको पवित्र सन्दूक फेरि घर लगियो

पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे। पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”

पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”

पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”

पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर। गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ। फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।

“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्। परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाडा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ। त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफैं फैलिएको हो भनेर जान्नुपर्यो।”

10 पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए। 11 त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे। 12 गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।

13 बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए। 14-15 गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो।

बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए।

लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे।

त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।

16 पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।

17 यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन। 18 पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।

बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ। 19 जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले। 20 यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”

21 किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”

किर्यात्-यारीमका मानिसहरू आए र परमप्रभुको पवित्र सन्दूक लिएर गए। तिनीहरूले परमप्रभुको सन्दूकलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। तिनीहरूले अबीनादाबको छोरा एलाजारलाई परमप्रभुको सन्दूकको रक्षा गर्ने तयारीको सम्बन्धमा एउटा विशेष उत्सव मनाए। किर्यात्-यारीमा उक्त सन्दूक बीस बर्षसम्म रह्यो।

परमप्रभुले इस्राएलीहरूलाई रक्षा गर्नुहुन्छ

इस्राएलका मानिसहरूले परमेश्वरको निम्ति चाहना गरे र फेरि परमप्रभुकै अनुशरण गर्न शुरू गरे। शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”

यसरी इस्राएलीहरूले बाल अनि अश्तारोतका मूर्तिहरू फ्याँकिदिए। इस्राएलीहरूले परमप्रभुकै मात्र सेवा गर्नथाले।

शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।

पलिश्तीहरूले इस्राएलीहरू मिस्पामा भेला हुँदैछन् भन्ने कुरो थाहा पाए। पलिश्ती शासकहरू इस्राएलीहरू विरूद्ध युद्ध लड्न गए। इस्राएलीहरू पनि पलिश्तीहरू आउँदैछन् भन्ने सुनेर डराउन थाले। इस्राएलीहरूले शमूएललाई भने, “परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नुहोस्। हामीहरूलाई पलिश्तीहरूबाट रक्षा गर्नुहोस् भनि परमप्रभुसित भन्नुहोस्।”

शमूएलले एउटा भेंडाको पाठो लिए। उनले परमप्रभुलाई होमबलि अर्पण गर्दै भेंडाको पाठोलाई पूर्ण रूपले जलाई दिए। शमूएलले इस्राएलका परमप्रभुलाई प्रार्थना चढाए। परमप्रभुले शमूएलको प्रार्थनाको जवाफ दिनुभयो। 10 जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। 11 इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्‌दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे।

इस्राएलमा शान्ति फर्कियो

12 त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान”[a] नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”

13 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो। 14 पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए।

त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।

15 शमूएलले आफ्नो सम्पूर्ण जीवनभरी नै इस्राएलीहरूलाई मार्गदर्शन दिए। 16 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक बर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे। 17 शमूएलको घर भने रामामा थियो। यसर्थ तिनी सधैँ त्यहाँ जान्थे। शमूएलले त्यस शहर देखि नै इस्राएलको न्याय र शासन गर्थे। परमप्रभुका निम्ति शमूएलले रामामा एउटा वेदी बनाए।

यूहन्ना 6:1-21

येशूले पाँच हजार भन्दा बेसीलई खुवाउनुभयो

(मत्ती 14:13-21; मर्कूस 6:30-44; लूका 9:10-17)

यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो। धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए। येशू डाँडामाथि जानु भयो अनि आफ्ना चेलाहरूसँग त्यहाँ बस्नु भयो। त्यसबेला यहूदीहरूको निस्तार चाडको समय प्रायः आइसकेको थियो।

येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ।

फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”

त्यहाँ येशूका अर्का एक जना चेला थिए। तिनी शिमोन पत्रुसका भाइ अन्द्रियास थिए। आन्द्रियासले भने, “यहाँ एक जना केटो छ। जसकोमा पाँच वटा जौको रोटी र दुइ टुक्रा साना माछा छन्। तर यो त्यति विघ्न मानिसहरूको लागि केही होइन।”

10 येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। 11 येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।

12 जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।” 13 तब चेलाहरूले उब्रिएको रोटीको टुक्राहरू बटुले। पाँचवटा जौको रोटीहरू मानिसहरूले खाएर उब्रेको टुक्राहरू तिनीहरूले ठूलाठूला बाह्रवटा डोकोहरू मा भरे। पाचँवटा रोटीहरू र दुइवटा माछाबाट मात्र शुरू गरेका थिए। चेलाहरूले ती उब्रेका टुक्राहरू ठूल-ठूला बाह्र डोकोहरूमा भरे।

14 येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।”

15 येशूले बुझ्नु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।

येशू पानीमा हिँड्नु हुन्छ

(मत्ती 14:22-27; मर्कूस 6:45-52)

16 त्यस साँझ येशूका चेलाहरू गालील झील तर्फ गए। 17 यसबेला अन्ध्यारो भइसक्दा पनि येशू फर्कनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो। 18 हावा जोडले चलेकोले गर्दा त्यस समूद्रमा ठूलो छाल उठेर डुङ्गालाई उल्टा घचेटिरहेको थियो। 19 तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए। 20 तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराऊ, यो म नै हुँ।” 21 जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।

भजनसंग्रह 106:13-31

13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से।
    तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
14 हाम्रा पिता-पुर्खाहरू मरुभूमिमा भोकाए
    अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो।
    तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
16 मानिसहरू मोशादेखि डाह गर्न थाले।
    तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो।
धर्ती चिरिएर दातानलाई निलिदियो।
    त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
18 तब त्यस भीडको माझमा आगो लाग्यो,
    र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर
    तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित
    घाँस खाने बाछोको मूर्ति साटे।
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो।
तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए।
    जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो,
    तिनीहरूले उहाँको बारेमा भुलिदिए।
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो।
    परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!

23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो।
    तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके।
परमेश्वर अत्यन्त रिसाउनु भयो,
तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्न मोशाले उहासँग बिन्ति गरे।
    यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।

24 तर ती मानिसहरूले कनान भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए।
    तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न
    परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
25 हाम्रा पिता-पुर्खाहरूले
    परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!
26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे।
    यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरुभूमिमा मर्नेछन्।
27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो
    परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।

28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए।
    परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरू[a] का नाउँमा चढाएका बलिहरू खाए।
29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयङ्कर रूपमा क्रोधित भए
    अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे।
    अनि त्यो हैंजा रोकियो।
31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो।
    परमेश्वरले उसलाई सदा-सर्वदा सम्झनु हुने छ।

हितोपदेश 14:32-33

32 एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।

33 ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International