Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the VOICE. Switch to the VOICE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 राजा 11:1-12:19

सुलेमान अनि उनकी धेरै पत्नीहरू

11 राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी आइमाईहरूलाई धेरै माया गर्दथे। तिनीहरूमा फिरऊनकी छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए। बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुशरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे। सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे। जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुशरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुशरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए। सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे। यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुशरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।

सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो। तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।

सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो। 10 परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुशरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्। 11 यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु। 12 तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु। 13 तैपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।”

सुलेमानका शत्रुहरू

14 त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए। 15 यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाड़न गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे। 16 योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए। 17 तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए। 18 तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।

19 फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यावस्था गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्। 20 यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गनूबत राखे। रानी तहपनेसले गनूबतलाई आफ्ना नानीहरूसँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।

21 मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

22 तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?”

हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुहोस्।”

23 परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। 24 दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। 25 रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

26 नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।

27 यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए। 28 यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले यारोबाम एकदमै परिश्रमी भएको थाहा पाउनुभयो। यस कराण सुलेमानले यारोबामलाई यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाल बनाए। 29 एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

30 अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे। 31 तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु। 32 अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ। 33 म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुशरण गर्न छोडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँच्चो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिँडेन जसरी उसका पिता दाऊद हिंडेका थिए। 34 यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे। 35 तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु। 36 म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यसकारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोअघि सधैँ रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ। 37 तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ। 38 यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सुम्पनेछु। 39 म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।’”

सुलेमानको मृत्यु

40 सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुन्जेलसम्म बसें।

41 सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्। 42 सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस बर्षसम्म शासन गरे। 43 सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

गृह युद्ध

12 रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए। जब तिनले यो सुने अझ नबातका छोरो यारोबाम मिश्रमा नै थिए। तिनी राजा सुलेमानबाट भागेका थिए र मिश्रमा बसेका थिए। तिनी र सारा इस्राएली समूह रहबाम कहाँ गए अनि भने, राजा सुलेमान मरेपछि उनलाई उनका पूर्खाहरू सित गाडीयो। त्यसपछि उनका छोरा रहबाम नयाँ राजा भए। इस्राएलका सबै मानिसहरू शकेम गए।

तिनीहरू रहबामलाई राजा बनाउन गएका थिए। रहबाम पनि राजा हुनका लागि शकेम गए। मानिसहरूले रहबामलाई भने, “तिम्रा पिताले हामीलाई कठोर परिश्रम गर्न वाध्य गराए। अब यसलाई हाम्रो लगि सजिलो बनाऊ। तिम्रा पिताले हामी माथि लगाएको कठोर कार्य रोक। तब हामी तिम्रो सेवा गर्नेछौं।”

रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।

केही बूढापाका मानिसहरू थिए जसले सुलेमानलाई जिउँदो रहदा निर्णय लिनुमा सघाएका थिए। यसैकारण राजा रहबामले ती मानिसहरूलाई उनले के गर्नुपर्छ भनी सोधे। उनले भने, “ती मानिसहरूलाई म के उत्तर दिनेछु यस बारेमा तिमीहरू के सोच्छौ?”

ती बूढा-प्रधानहरूले भने, “यदि आज तपाईंले मानिसहरूको इच्छा पूरा गरिदिनुभयो र तिनीहरूलाई दया पूर्ण उत्तर दिनुभयो भने तब तपाईंसँग ईमान्दारी हुनेछ अनि तपाईंको जीवन भरि सेवा गर्नेछन्।”

तर रहबामले यो उपदेश सुनेनन्। उनले युवकहरूलाई केही सोधे जो उनका मित्र थिए। रहबामले भने, “मानिसहरूले भने, ‘तिम्रा पिताले हामीलाइ दिएको काम भन्दा सजिलो काम देऊ।’ यी मानिसहरूलाई के उत्तर दिनु हो यस बारे के भन्छौ? तिनीहरूलाई मैले के बताउनु पर्ने हो?”

10 राजाका युवा साथीहरूले भने, “ती मानिसहरू तपाईंकहाँ आए अनि भने, ‘तिम्रा पिताले हामीलाई कठोर कार्य गर्न बाध्य गराए। अनि तपाईंलाई तिनीहरूको काम सजिलो बनाउँन सोधिरहेका छन्।’ तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘मेरो कान्छी औलो मेरा पिताको कम्मर भन्दा ठूलो छ। 11 मेरो पिताले तिमीहरूलाई कठोर कार्य गर्न बाध्य गराए। तर म तिमीलाई अझै कठिन काम गर्न लगाउने छु! मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई कोर्रा लगाउने छु जसमा धातुका धारीला टुक्रा हुनेछन् तिमीलाई घाइते गर्नका लागि।’”

12 रहबामले मानिसहरूलाई बताएका थिए, “म कहाँ तेस्रो दिनमा आऊ।” यसकारण तीन दिनपछि इस्राएलका मानिसहरू रहबाम भए कहाँ फर्केर आए। 13 त्यस समयमा राजा रहबामले तिनीहरूसँग कडा कुरा गरे। उनले बुढा-प्रधानका सर-सल्लाह सुनेनन्। 14 उनले त्यही गरे जो उनका साथीहरूले गर्न भनेका थिए। रहबामले भने, “मेरा पिताले तिमीहरूलाई कठोर कार्य गर्न वाध्य गराए। यस कारण म तिमीहरूलाई अझै कठोर कार्य दिनेछु। मेरा पिताले तिमीहरू माथि काम गराउन कडा आदेश दिएका थिए। म तिमीहरूलाई घाइते बनाउनका लागि कोर्रा लगाउने छु जसमा धातुका धारिला टुक्राहरू हुनेछन्।” 15 यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।

16 इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः

“के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौं।
    के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं।
यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं।
    दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!”

यसकारण इस्राएलका मानिसहरू घर फर्किए। 17 तर रहबामले अझै इस्राएलीहरू माथि शासन गरिरहे जो यूहदाका शहरहरूमा बसेका थिए।

18 अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसँग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढ्न हतारिए अनि भागेर यरूशलेम गए। 19 यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।

प्रेरित 9:1-25

शावलको जीवन परिवर्तन

त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।

तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”

त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”

शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।

10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!”

हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”

11 प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ। 12 शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।”

13 तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ। 14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

15 तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। 16 म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।”

17 यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”

18 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। 19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।

शावलले दमीशकमा प्रचार गर्दछन्

शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे। 20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

21 सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?”

22 तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए।

शावल यहूदीहरूबाट बाँचे

23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। 24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। 25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।

भजनसंग्रह 131

यात्रा स्तुतिगान, दाऊदको भजन।

हे परमप्रभु, म अहङ्काकारी छैन।
    म आफूलाई महत्व दिने काम गर्दिनँ।
म महानकार्य गर्ने कोशिश गर्दिनँ
    म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।
म चुपचाप छु, मेरो प्राण शान्त छ।
    आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो
    मेरो प्राण चुपचाप र शान्त छ।

हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर।
    उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।

हितोपदेश 17:4-5

दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनि

ढँटुवाहरूले अरूको निन्दा सुन्छ।

जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International