Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 8:1-9:13

राजा र शुनैमीनेली आइमाई

एलीशाले त्यस आइमाईसँग कुरा गरे जसको छोरालाई उनले पुर्नजीवित गरेका थिए। एलीशाले भने, “तिमी र तिम्रो परिवारले अर्को देश जानु पर्छ। किनभने परमप्रभुले निर्णय लिनुभएको छ, यहाँ अनिकाल हुनेछ। यो अनिकाल यस देशमा सात बर्ष सम्म रहने छ।”

यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सात बर्ष सम्म बसि। सात बर्ष बितेपछि आइमाई पलिश्तिहरूको देशबाट फर्की

आइमाई राजासँग कुरा गर्न गई। उसले आफ्नो घर र जग्गा फिर्ता पाउँ भनी बिन्ती गर्न पुगी।

राजा परमेश्वरको जनको सेवक गेहजीसँग कुरा गरिरहेका थिए। राजाले गेहजीलाई भने, “कृपया मलाई एलीशाले गरेको सबै महान कार्यहरू बताऊ।”

गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”

राजाले आइमाईलाई ऊ के चाहन्छे भनी सोधे अनि आइमाईले चाहेको कुरा भनी।

तब राजाले एक जना अधिकारीलाई बोलाए। राजाले भने, “आइमाईलाई उसको जमीनहरू सबै दिनु। उसलाई जग्गामा छोडेको दिनदेखि अहिले सम्म फलेको अन्न पनि दिनु।”

बेनहदद हजाएललाई एलीशाकहाँ पठाउँछन्

एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।”

तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?”

यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”

10 तब एलीशाले हजाएललाई बताए, “जा अनि बेन-हददलाई भन, ‘तिमी बाँच्ने छौ।’ तर साँचो अर्थमा परमप्रभुले मलाई भन्नुभयो, ‘उनी मर्ने छन्।’”

एलीशाले हजाएलको बारेमा अगमवाणी गर्छन्

11 एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले। 12 हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?”

एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।”

13 हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।”

एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”

14 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?”

हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”

हजाएलले बेनहददको हत्या गर्छ

15 तर अर्को दिन नै, हजाएलले एउटा बाक्लो लुगा लियो अनि पानीमा डुबायो। त्यसपछि उसले बेन-हददको अनुहार छोप्यो अनि सास थुन्यो। बेन-हददको मृत्यु भयो अनि हजाएल नयाँ राजा भयो।

योराम आफ्नो शासन शुरू गर्छन्

16 यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ बर्ष शासन शुरू गरे। 17 योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। 18 तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ। 19 तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ।

20 योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे।

21 तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। 22 यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्।

त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।

23 योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

24 योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए।

अहज्याह आफ्नो शासन शुरू गर्छन्

25 आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं बर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए। 26 अहज्याह 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक बर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्। 27 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।

योराम हजाएलको विरोधमा लडाईँ गर्दा घाइतेभए

28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए। 29 राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस्। योराम यिज्रेलको इलाकामा गए। योरामका छोरा अहज्याह यहूदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिज्रेल गए।

एलीशा एक जना नयाँ अगमवक्ता येहूलाई अभिषेक गर्न भन्दछन्

एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ। जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ। तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ र भन, ‘परमप्रभु यसो भन्नुहुन्छ; तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्क।”

यसकारण यो युवक, अगमवक्ता, रामोत गिलाद गयो। जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।”

येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?”

युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”

येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु। तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु। यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो। म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु। 10 यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’”

तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।

सेवकहरू येहूलाई राजा घोषित गर्छन्

11 येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”

येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो थाहा छ बौलाह मानिस सधैँ केही कुराहरूको विषयमा हतारिन्छ?”

12 अधीकारीहरूले भने, “होइन! हामीलाई साँच्चो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’”

13 तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सींडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”

प्रेरित 16:16-40

पावल र सिलास जेलमा

16 एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घट्ना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउँथि। 17 त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।” 18 उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।

19 यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए। 20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्। 21 यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।”

22 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए। 23 तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!” 24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।

25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने। 26 अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए। 27 जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। 28 तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।”

29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो। 30 त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”

31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।” 32 यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। 33 निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो। 34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।

35 अर्को बिहान हाक्कीमहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”

36 जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोड्न लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”

37 तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”

38 सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए। 39 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने। 40 तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यू-भाइहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।

भजनसंग्रह 143

दाऊदको एउटा भजन।

हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
    मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
    तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
मलाई कुनै मामिला नलगाउनु होस्।
    म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ।
    तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
    तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे।
धेरै बर्ष अघी मरेको मानिस सरह,
    तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
म छोड्न तयार छु,
    म आफ्ना आँट हराई रहेछु।
तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो।
    म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु,
    जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
    बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्।
    मैले आफ्नो आँट हराएँ।
मदेखि टाढा नभाग्नु होस्।
    मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
    म तपाईंलाई भरोसा गर्दछु,
मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्।
    तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।
    मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
    यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्,
    अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
    अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्,
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
    किनभने म तपाईंको दास हुँ।

हितोपदेश 17:26

26 अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International