Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 10:32-12:21

हजाएल इस्राएललाई पराजित गर्छन्

32 त्यस समयमा परमप्रभुले इस्राएललाई टुक्रायाउन शुरू गर्नु भएको थियो। अरामका राजा हजाएलले इस्राएलीहरूलाई इस्राएलको प्रत्येक सीमानामा परास्त गरेका थिए। 33 हजाएलले यर्दन नदीको पूर्वको क्षेत्र गिलादका क्षेत्र, गाद, रूबेन र मनश्शेका परिवार समूहको जग्गासमेत अरोएर देखि लिएर अर्नोन नदीको नजिक गिलाद र बाशान सम्म सम्पूर्ण भूमि जीते।

येहूको मृत्यु

34 सबै अरू महान कार्यहरू जो येहूले गरेका थिए, इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 35 येहू मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मानिसहरूले येहूलाई सामरियामा गाडे। त्यसपछि येहूका छोरा योआहाज इस्राएलका नयाँ राजा भए। 36 येहूले सामरियामा 28 बर्ष शासन गरे।

अतल्याहले यहूदामा राजाका छोराहरूलाई मार्छिन्

11 अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।

यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसँग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।

तब योआश र यहोशेबा परमप्रभुको मन्दिरमा लुके। योआश त्यहाँ छ बर्ष लुके। अनि अतल्याहले यहूदा भूमिमा शासन गरिन्।

सातौं बर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।

तब यहोयादाले तिनीहरूलाई एउटा आदेश पठाए। उसले भने तिमीहरूले यो काम अवश्यै गर्नु पर्छ, “तिमीहरूमध्येको एक तिहाइ यो हप्ता काममा अवश्यै राजमहलको रक्षा गर्नलाई बस्नुपर्छ। तिमीहरूमध्ये अर्को एक तिहाइ शूरद्वारमा हुनेछन्। र अर्को एक तिहाइ रक्षकहरू पछिको द्वारको पछाडी हुनेछ। यसप्रकार तिमीहरूले घरको चारैतिर सुरक्षा प्रदान गर्नेछौ। दुइ दल जो त्यस हप्तामा विश्राममा छन् तिनीहरूले मन्दिरको सुरक्षा र राजा यहोशेबाको रक्षा गर्नुपर्छ। तिमी अवश्य नै सब समय राजासँग बस्नु ऊ कुनै ठाउँ जाँदा पनि। सबै समूहहरूले राजालाई घेरेर राख्नु पर्छ। प्रत्येक रक्षकले आफ्नो हातमा आफ्नो हतियार राख्नु पर्छ। अनि तिमीले त्यो मानिसलाई मार्नु पर्छ जो तिम्रो साह्रै नजिक आउँछ।”

सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए। 10 अनि पूजाहारीले सेनापतिहरूलाई भाला र ढाल दिए। ती भाला र ढालहरू दाऊदले परमप्रभुको मन्दिरमा राखेका थिए। 11 ती रक्षकहरू मन्दिरको दाहिने कुनादेखि देब्रे कुनासम्म आफ्ना हातहरूमा हतियार लिएर उभिएका थिए। तिनीहरू वेदी अनि राजाको वरिपरि उभिए। जब उनी मन्दिरमा गए। 12 ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”

13 रानी अतल्याहले रक्षकहरू र मानिसहरूको ध्वनी सुनिन्, यसकारण उनी परमप्रभुको मन्दिरमा मानिसहरूसमक्ष गइन्। 14 अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरू उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”

15 यहोयदा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”

16 यसकारण सैनिकहरूले अतल्यालाई पक्रिए। तिनीहरूले उनलाई मारे जति बेला उनी घोडशालाको द्वार हुँदै महलमा गइन।

17 तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुशरण गर्नुपर्छ।

18 तब सबै मानिसहरू झूटो देवता बालको मन्दिरमा गए। मानिसहरूले बालको मूर्तिहरूलाई तल झारीदिए र वेदी भत्काइदिए। र तिनीहरूले उनको वेदी तोडिदिए। तिनीहरूले त्यसलाई धेरै टुक्रा पारे। मानिसहरूले बालका पूजारी मतनलाई पनि वेदीको सामु मारे।

यसप्रकार पूजाहारी यहोयादाले मानिसहरूलाई परमप्रभुको मन्दिर हेरचाहा गर्न लगाए। 19 पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुशरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे। 20 सबै मानिसहरू प्रसन्न थिए। शहर स्थिर र शान्त थियो। र रानी अतल्यालाई राजाको महलको नजिक तरवारद्वारा मारिएको थियो।

21 योआश सात बर्षका थिए जब तिनी राजा बने।

योआश आफ्नो शासन शुरू गर्छन्

12 योआशले येहू इस्राएलका राजा हुँदा सातौं बर्षमा शासन शुरू गरे। योआशले यरूशलेममा 40 बर्ष शासन गरे। योआशकी आमाको नाउँ बेर्शेबाकी सिब्या थियो। योआशले त्यही कार्य गरे जो परमप्रभुले सही भन्नुभएको थियो। योआशले जीवनमा परमप्रभुको आदेश पालनगरे। उनले ती कार्यहरू गरे जो पूजाहारी यहोयादाले उनलाई सिकाए। तर उनले अग्ला ठाउँहरू भत्काएनन् मानिसहरू तब सम्म पनि ती पूजा स्थनहरूमा बलिहरू दिने गर्दथे अनि सुगन्धि धूप जलाउँने गर्दथे।

योआश मन्दिर मर्मत गर्ने आदेश दिन्छन्

4-5 योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्। मानिसहरूले मन्दिरमा कर दिए जब तिनीहरूको गणना गरियो। अनि मानिसहरूले धन दिएका छन् कारण यही छ तिनीहरू दिन चाहन्थे। पूजाहारीहरू तिमीले धन निकाल्नु पर्छ अनि परमप्रभुको मन्दिर मर्मत खर्च गर्नुपर्छ। प्रत्येक पूजाहारीले धन उपयोग गर्नुपर्छ। जो उसले सेवा गरेको मानिसहरूबाट पाउँछन्। उसले त्यस धनको प्रयोग परमप्रभुको मन्दिर भत्किएको मर्मत गर्नमा गर्नुपर्छ।”

तर पूजाहारीहरूले मर्मतको काम गरेनन्। योआश राजा भएको 23 औं बर्षमा पूजाहारीहरूले अझै पनि मन्दिरको मर्मत गरेनन्। यसकारण राजा योआशले पूजाहारी यहोयादा अनि अन्य पूजाहारीहरूलाई बोलाए। योआशले यहोयादा र अरू पूजाहारीहरूलाई भने, “तिमीहरूले मन्दिरको मर्मत गरेका छैनौ? सेवा गरे वापत मानिसहरूबाट धन लिन बन्द गर। त्यो धन मन्दिरको मर्मतमा खर्च हुनु पर्छ।”

पूजाहारीहरू मानिसहरूबाट धन लिन बन्द गर्न राजी भए। तर तिनीहरूले मन्दिर मर्मत नगर्ने निर्णय पनि लिए। यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।

10 तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे। 11 तब तिनीहरू परमप्रभुको मन्दिरमा काम गर्ने कर्मीहरूलाई भुक्तानी (ज्याला) दिनेगर्दथे। तिनीहरू सिकर्मी र अरू डकर्मीलाई भुक्तानी दिन्थे। जो परमप्रभुको मन्दिरमा काम गर्दथे। 12 तिनीहरूले त्यो रूपियाँ ढुङ्गाको काम गर्ने अनि ढुङ्गाकाट्नेहरूलाई भुक्तानी दिनमा उपयोग गर्दथे। अनि तिनी त्यो काठ, काटेको ढुङ्गा अनि अरू चीज मन्दिर मर्मतका सामाग्री किन्नुमा प्रयोग गर्दथे।

13-14 मानिसहरूले परमप्रभुको मन्दिरका लागि रूपियाँ दिए। तर पूजाहारीहरूले त्यो रूपियाँ चाँदीका कचौराहरू, धूपदानीहरू, हातधूने भाँडा, तुरही अथवा कुनै सुन अनि चाँदीको भाँडा बनाउनमा प्रयोग गरेनन्। त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरियो अनि ती कर्मीहरूले परमप्रभुको मन्दिर मर्मत गरे। 15 कसैले कुनै रूपियाँ गन्ती गरेन र रूपियाँ के भयो भनी कुनै कर्मीहरूलाई भन्न वाध्य गराएन। किनभने कर्मीहरूलाई विश्वास गर्न सकिन्थ्यो।

16 मानिसहरूले त्यस बेला रूपियाँ जब तिनीहरूले दोषबलिहरू र पापबलिहरू चढाए। तर त्यो रूपियाँ कर्मीहरूलाई भुक्तानी गर्नमा प्रयोग गरिएन। त्यो रूपियाँ पूजाहारीहरूको हुने गर्दथ्यो।

योआश हजाएलबाट यरूशलेमको रक्षा गर्छन्

17 हजाएल अरामका राजा थिए। हजाएल गात शहरको विरूद्ध युद्ध गर्नगए। हजाएलले गातलाई पराजित गरे। त्यसपछि उनले यरूशलेमको विरूद्ध युद्ध गर्ने योजना बनाए।

18 यहोशापात, यहोराम र अहज्याह यहूदाका राजाहरू भइसकेका थिए। तिनीहरू योआशका पिता-पुर्खाहरू थिए। तिनीहरूले परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। ती चीजहरू मन्दिरमा राखिएका थिए। योआशले पनि परमप्रभुलाई धेरै चीजहरू दिएका थिए। योआशले ती सबै चीजहरू सबै सुन लगे जो मन्दिर र उनको घरमा राखिएको थियो। तब योआशले सबै ती बहूमुल्य चीजहरू अरामका राजा हजाएलकहाँ पठाए। तब हजाएलले यरूशलेमलाई आक्रमण गर्न रोके।

योआशको मृत्यु

19 बाँकी रहेका कुराहरू त्यो योआशले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

20 योआशका अधिकारीहरूले उनको विरोधमा योजनाहरू बनाए। तिनीहरूले योआशलाई सिल्ला सम्म जाने सडकमाथि मिल्लोको घरमा मारे। 21 शिम्मातका छोरा योजाबाद अनि शोमेरका छोरा यहोजाबाद योआशका अधिकारीहरू थिए। ती मानिसहरूले योआशलाई मारे।

मानिसहरूले योआशलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडे। योआशका छोरा अमस्याह उनीपछि नयाँ राजा भए।

प्रेरित 18:1-22

कोरिन्थमा पावल

18 पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए। तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए। तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरूसँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।

प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे। सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए। तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछु।”

पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो। क्रिस्पस सभाघरको प्रमुख थिए। क्रिस्पस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारगरेको सु-समचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक! 10 म तिमीसँग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।” 11 पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

पावललाई गल्लियो सामु ल्याइयो

12 गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे। 13 यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”

14 पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ। 15 तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।” 16 तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।

17 तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

पावल एन्टिओक फर्के

18 पावल दाज्यू-भाइहरूसँग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसँग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए। 19 त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसँग बात गरे। 20 तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्। 21 पावलले विदा लिएर हिँड्ने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

22 पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।

भजनसंग्रह 145

दाऊदको स्तुतिको भजन।

म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
    म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
    उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
    मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
    म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
    म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
    मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।

परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
    परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
    परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
    तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
    तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
    मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
    तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।

14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
    परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
    अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
    अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
    प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
    जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
    परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
    उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
    म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।

हितोपदेश 18:1

18 एक्लै बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International