Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
इजकिएल 45:13-46:24

13 “यो विशेष भेटी हो, जुन तिमीहरूले दिनु पर्छ:

एपाको छैटौं भाग गहूँको हरेक होमर

छ बुशल गहूँ लागि एपाको छैटौं भाग जौंको हरेक होमर;

14 बाथको दशौं भाग भद्राक्षेको तेल हरेक कोर भद्राक्षेको तेलको लागि लेऊ।

याद राख एक होमर बराबर दश बाथ हुन्छ अनि एक कोर बराबर दश बाथ हुन्छ!

15 दुइसय भेंडा़हरूबाट एउटा भेंडा़ इस्राएलको असल पानी लगाएको खर्कबाट ल्याऊ।

“यो भेंडा़ अन्नबलि, होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।

16 “देशको हरेक मानिसले इस्राएलको शासकका निम्ति यो भेटी दिन्छ। 17 तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति प्रयोग गरिन्छु।”

18 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “पहिलो महीनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बहर लिनुपर्छ। तिमीले यो बहरको प्रयोग मन्दिरलाई शुद्ध पार्नको निम्ति गर्नु पर्छ। 19 पूजाहारीले पाप बलिबाट केही रगत लिन्छ, यसलाई मन्दिरको द्वार-स्तम्भ, वेदीको चारै कुनाको किनार अनि भित्री चोकको मूल-ढोकाको स्तम्भमा लगाउँछ। 20 तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।

निस्तार-चाडको उत्सवको समयमा भेटी

21 “पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ। 22 त्यस समय शासकले एउटा गोरू आफ्नोलागि तथा इस्राएलको मानिसहरूको निम्ति भेटी दिन्छ। गोरू पापबलिको निम्ति हुन्छ। 23 उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेंडा़बलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ। 24 शासकले प्रत्येक एउटा गोरूसँग अनि प्रत्येक एउटा भेंडा़सित एक एपा अन्न भेंटी चढाउनु पर्छ। शासकहरूले एक हीना[a] तेल हर एपा अन्नको लागि दिनुपर्छ। 25 शासकले यही कार्य झुप्रो-वासको चाड सात दिन सम्म गर्नुपर्छ। यो उत्सव सातौं महीनाको पन्ध्रौं दिनमा आरम्भ हुन्छ। यसमा पापबलि, होमबलि, अन्नबलिहरू अनि तेल बलि हुनेछ।”

शासक अनि उत्सवहरू

46 परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ। शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सङ्घारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन। देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।

“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेंडा़ दिनुपर्छ। उसले एक एपा अन्नबलि भेंडा़सँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेंडा़सँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।

“औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छ वटा थुमा अनि एउटा भेंडा़ अनि खोटरहित एउटा भेंडा़ भेटी दिन्छ। शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे, भेंडा़सँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।

“शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।

“जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ। 10 जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।

11 “उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेंडा़सँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।

12 “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा[b] जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।

प्रत्येक दिनको भेटीहरू

13 “तिमीले एक बर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ। 14 तिमीले प्रत्येक बिहान भेंडा़सँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाईं भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ। 15 यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”

शासकका निम्ति उत्तराधिकारीको नियमहरू

16 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो। 17 तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ। 18 अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”

विशेष भान्सा-घर

19 त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें। 20 त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन्। कारण तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”

21 त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो। 22 चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौंडाको थियो। चारै कुनाको नाप बराबर थियो। 23 भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए। 24 त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”

1 पत्रुस 1:13-2:10

पवित्र जीवनको निम्ति आह्वान

13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ। 14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच। 15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो। 16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”(A)

17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। 18 तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ। 19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ। 20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। 21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।

22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। 23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ। 24 धर्मशास्त्रले भन्छ:

“मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्,
    तिनीहरूको महिमा घाँसको फूल झैं हो।
घाँस ओइलिन्छ,
    अनि फूलहरू झर्छन्।
25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”(B)

अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।

सजीव ढुङ्गा अनि पवित्र राष्ट्र

यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।

प्रभु येशू सजीव पत्थर[a] हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। धर्मशास्त्रले भन्छ,

“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
    अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”(C)

त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:

“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
    तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”(D)

जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:

“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
    एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”(E)

मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।

तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।

10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
    तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
    तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।

भजनसंग्रह 119:33-48

हेथ्

33 हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्,
    अनि म होशियारीसित तिनीहरूको अनुशरण गर्नेछु।
34 मलाई बुझ्न सहायता गर्नु होस्
    अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।
35 हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्।
    म साँच्चो रूपले त्यो जीवन शैली अपनाउने छु।
36 मलाई धनाढ्य हुनुको सट्टामा
    तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
    तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
    ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
    त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
    तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

वाव्

41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्,
    अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्।
42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
    म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
43 हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ।
    म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु।
45 यसकारण म स्वतन्त्र हुने छु।
    किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
    अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु।
    परमप्रभु म ती आज्ञाहरू मन पराउँछु।
48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु।
    म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।

हितोपदेश 28:11

11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International