Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEB. Switch to the CEB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
सपन्याह 1-3

यो वचन परमप्रभुद्वारा सपन्याहलाई प्राप्त भयो। सपन्याहले यो वचन जुन बेला प्राप्त गरे त्यस बेला अमोनको छोरा योशियाह यहूदाका राजा थिए। सपन्याह कूशीका छोरा थिए। कूशी गदल्याहका छोरा थिए। गदल्याह अमर्याहका छोरा थिए। अमर्याह हिजकियाहका छोरा थिए।

मानिसहरूलाई न्याय गर्नका निम्ति परमप्रभुको दिन

परमप्रभु भन्नुहुन्छु, “म पृथ्वीका प्रत्येक चीज नष्ट गरिदिन्छु। म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उड्ने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्। मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु। कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुशरण गर्न छोडे। तिनीहरूले परमप्रभुसँग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।”

मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु। त्यसदिन म त्यो सङ्घारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु,[a] अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।”

10 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ। 11 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।

12 “त्यस समय, म एउटा बत्ती लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ। 13 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”

14 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्। 15 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ। 16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।

17 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन सङ्कटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफैं जान्ने छैनन्। किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ। 18 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

परमेश्वरले मानिसहरूको जीवन बदलि गर भन्नुहुन्छ

हे लाज नभएका मानिस हो! तिमीहरूको जीवन परिवर्तन गर। तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर। सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ।

परमप्रभुले इस्राएलका छिमेकीहरूलाई दण्ड दिनुहुनेछ

गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाँहि उजाड हुनेछ। पलिश्तीको उपकुलमा क्रेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्। समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेंडा़को निम्ति खालि भूमि बनिनेछ। तब त्यो भूमि यहूदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहूदाबाट मानिसहरूले तिनीहरूका भेंडा़लाई घाँस खान ती भूमिमा डोर्याउँने छन्। अनि साँझमा तिनीहरू अश्कलैनको खालि घरहरूमा सुत्नेछन्।

परमप्रभु भन्नुहुन्छ, “मलाई थाहा छ मोआब अनि अम्मोनका मानिसहरूले के गरे? तिनीहरूले मेरो मानिसहरूलाई खिसी गरे अनि आफ्नो देश अझ बिशाल बनाउनको निम्ति उनीहरूको भूमि लिए। यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।”

10 तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआव अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ। 11 ती मानिसहरू परमप्रभुसँग डराउनेछन्। किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्। 12 हे कुशका मानिसहरू! यी कुराहरू बुझ कारण तिमीहरू पनि परमप्रभुको तरवारले काटिनेछौ। 13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ। 14 भेंडा़ अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्। 15 नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्।

यरूसलेमको भबिष्य

यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ। तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन। यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेंडा़हरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन। त्यसका अगमवक्ताहरूले धेरै प्राप्त गर्न सधैँ गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्। तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैँ उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।

परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्। मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसँग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।

परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुन्जेल अनि तिम्रो न्याय गरून्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तिमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु। त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्। 10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।

11 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डी मानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्। 12 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्। 13 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेंडा़ जस्तै हुनेछन् जुन खाए पछि शान्तसँग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”

एउटा खुशीको गीत

14 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ।
    हे इस्राएल! आनन्दले कराऊ,
यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
15 किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो।
    उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो।
इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ।
    तिमीले कुनै नराम्रो घट्नाको बारेमा,
    चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।
16 त्यस बेला यरूशलेमलाई भनिनेछ,
    “नडराऊ, बलवान होऊ।
17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ।
    उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ।
    उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ।
    तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ।
उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
18     चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।”
परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु।
    म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।
19 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु,
जसले तिमीलाई चोट पुर्याए।
    मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु।
    म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु
अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु
    जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।
20 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु,
    म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु,
म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु।
प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्।
    यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी,
    ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।”
परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

प्रकाश 10

स्वर्गदूत अनि सानो पुस्तिका

10 तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो।

ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।”

तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।”

तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।”

यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।” 10 यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। 11 तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”

भजनसंग्रह 138

दाऊदको भजन।

हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

हितोपदेश 30:11-14

11 कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

12 केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन् तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।

13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

14 मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International