Bible in 90 Days
23 यर्मियाले यो सन्देश परमप्रभुबाट प्राप्त गरे। 24 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’”
25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए। 26 तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”
यहूदाका राजा सिदकियाहलाई चेताउनी
34 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।
2 परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ। 3 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्। 4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ। 5 तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दु:खीत भएर भन्नेछन्। “हे, प्रभु!” मैले मेरो कुरा तपाईंसँग भनेकोछु।’” यो सन्देश परमप्रभुबाट आएको हो।
6 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने। 7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।
मानिसहरूले आफ्नो एउटा करार भङ्ग गरे
8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो। 9 प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्। 10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए। 11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैंले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।
12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो 13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरें। 14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं बर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ बर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्। 15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ। 16 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।’
17 “यसकारण परमप्रभु भन्नुहुन्छ, ‘तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई मुक्ति घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ। 18 ज-जसले त्यो करार भङ्ग गरेकाछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँड्छन्।[a] 19 ती मानिसहरू जो त्यो बाछीको दुइ फ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए। 20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ। 21 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु। 22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो: ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरुभूमिमा परिणत गरिदिनेछु।’”
रेकाबी परिवारका असल उदाहरण
35 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो: 2 “यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”
3 यसर्थ मैले यर्मियाको[b] छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ। 4 त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो। 5 तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।”
6 तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौं किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन। 7 उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’ 8 रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौं। हामी कहिले मद्यपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्। 9 हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफ्नै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं। 10 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ। 11 तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
12 तब परमप्रभुको वचन यर्मियाकहाँ आयो: 13 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’ 14 परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ। 15 मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ। 16 योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।’
17 “यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै सङ्कटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाकें तर तिनीहरूले जवाफ दिएनन्।’”
18 तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुशरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।’ 19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैँ रहनेछ जसले मेरो सेवा गर्छ।’”
राजा यहोयाकीमले यर्मियाको बेहेरूवा जलाउँदछ
36 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो बर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो 2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख। 3 हुनसक्छ यहूदाका परिवारले गरेका दुर्ष्ट कर्महरू विरूद्ध मैले गरिरहेको योजना बारे यहूदाका मानिसहरूले सुन्नेछन् अनि हुनसक्छ, तिनीहरू दुष्ट कामहरू गर्नदेखि रोकिनेछन्। यदि तिनीहरूले त्यसो गरे भने म तिनीहरूले गरेका अपराधहरू र पाप क्षमा गरिदिनेछु।”
4 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे। 5 यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन। 6 यसकारण म चाहन्छु कि तिमी परमप्रभुको मन्दिरमा उपासको दिन जाऊ अनि तिनीहरूका शहरहरूबाट आएका यहूदाका मानिसहरूलाई मेरो निर्देशनमा तिमीले बेहेरूवामा लेखेको परमप्रभुको सन्देशहरू पढेर सुनाऊ। 7 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।” 8 यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे।
9 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ बर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे। 10 त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए।
11 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने। 12 जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए। 13 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।
14 तब सबै अधिकारीहरूले यहूदीलाई (नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति) बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपठायौ त्यो लिएर मसित आऊ।”
नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।
15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।”
यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए।
16 ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।” 17 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”
18 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”
19 तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”
20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।
21 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए। 22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्दन् बलिरहेको थियो। 23 यहूदीले बेहेरूवा पढ्न शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढ्दै थिए, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे। 24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।
25 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्। 26 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
27 यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।
28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख। 29 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?” 30 यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ: यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ। 31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।’”
32 त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।
यर्मिया कैदमा
37 नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए। 2 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
3 राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”
4 त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे। 5 फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
6 परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो: 7 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्। 8 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ। 9 परमप्रभु भन्नुहुन्छ “बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैंलाई मूर्ख नबनाऊ।” तिनीहरू जाने छैनन्। 10 यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।’”
11 जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे 12 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए। 13 तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
14 यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे। 15 ती शाही अधिकारीहरू यर्मियासँग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथन एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए। 16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।
17 त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?”
यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।” 18 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो? 19 तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’ 20 तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”
21 यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकून्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
यर्मियालाई इनार भित्र फालियो
38 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने, 2 “कि परमप्रभु भन्नुहुन्छ, ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैनिक समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’ 3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निःसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।’”
4 तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
5 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
6 त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
7 तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए। 8-9 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने, “मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस् भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
10 तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”
11 यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए। 12 कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे 13 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।
सिदकियाहले यर्मियालाई अझ प्रश्नहरू सोध्छन्
14 तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”
16 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”
17 तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन। 18 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।’”
19 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”
20 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ। 21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएकोछ त्यो हुनेनैछ। 22 सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,:
‘तिम्रा साथीहरू तिमी भन्दा बलिया छन्,
तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए,
अनि तिमीलाई जितेकाछन्।
तिम्रो खुट्टा हिलोमा भास्सियो,
अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।’
23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”
24 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ। 25 ती अधिकारीहरूले मैले तिमीसँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’ 26 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नपठाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।’”
27 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
28 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
यरूशलेमको पतन
39 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेरा हाले। 2 अनि सिदकियाह राजा भएको एघारौं बर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो। 3 बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी सर्सकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए।
4 यहूदाका राजा सिदकियाहले बाबेलका अधिकारीहरूलाई देखे। यसकारण उनी आफ्ना सिपाहीहरू सहित राजाको बगैंचाको फाटकबाट राती भागे अनि दुइ पर्खालको बीच भएर यरूशलेम शहरबाट बाहिर आए। तिनीहरू अराबा तिर लगे। 5 कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाहसँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए। 6 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे। 7 तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।
8 बाबेलका सेनाले राजाको महल अनि यरूशलेमको मानिसहरूको घरहरू जलाइदिए। अनि तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काइदिए। 9 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए। 10 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।
11 तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो 12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।”
13 यसर्थ राजाका विशेष रक्षकहरूका कप्तान नबूजरदानले नबु-शजबान, रब-सारीस, रब-माग, समगरनबो, मुख्य अधिकारी सर्सकीम, नेर्गलसरसेर र सबै मुख्य अधिकारीहरू अनि बाबेल सेनाका हाकिमहरूलाई यर्मियाकहाँ पठाए। 14 तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको रेख-देखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसँगै बसे।
एबेद-मेलेकलाई परमप्रभुको सन्देश
15 मन्दिरको चोकमा जब प्रहारीहरूले यर्मियाहलाई रेख-देख गरिरहेका थिए। परमप्रभुबाट तिनलाई एउटा सन्देश आयो। यो सन्देश यसप्रकार थियो 16 “यर्मिया तिमी कूशी मानिस एबेद-मेलेककहाँ जाऊ र यो सन्देश भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, अति चाँडै म यरूशलेममा मेरो सन्देश सत्य बनाउने काम गर्छु। यो सन्देश सर्वनाश र नराम्रो कुराहरूबाट सत्य हुनेछ। तिमीले तिम्रै आँखाले प्रत्येक कुरो साँच्चो भएको देख्नेछौ। 17 तर म त्यस दिन तिमीलाई जोगाउने छु, एबेद-मेलेक।’ यो परमप्रभुको सन्देश हो: ‘जुन मानिसहरूसित तिमी डराउँछौ म तिमीलाई ती मानिसहरूसँग सुम्पने छैन्। 18 तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।’” यो सन्देश परमप्रभुको हो।
यर्मियाको छुटकारा
40 विशेष रक्षकहरूका कप्तान नबूजरदानले जब यर्मियालाई रामामा कैद मुक्त गरेका थिए तिनीकहाँ परमप्रभुबाट एउटा सन्देश आयो। तिनले यर्मियाहलाई यरूशलेम र यहूदाका मानिसहरूलाई कैदी बनाई बाबेलमा लगिरहेकाहरूसितै साङ्गलोले बाँधिएको भेटे। 2 जब नबूजरदानले यर्मियालाई भेटे, उनी तिनीसँग बात गरे। उनले भने, “यर्मिया, परमप्रभु तिम्रो परमेश्वरले यस ठाउँमा विपत्ती आउनेछ भनेर घोषणा गर्नुभयो। 3 अनि अहिले परमप्रभुले जे भन्नु भएको थियो प्रत्येक कुरो गर्नुभयो। यो सर्वनाश आइलाग्यो कारण परमप्रभुको विरूद्ध यहूदाका मानिसहरूले पाप गरेका थिए। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। यसकारण तिनीहरूलाई यस्तो भयो। 4 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो रेख-देख गर्ने छु। तर यदि तिमी मसँग आउनँ चाहँदैनौ भनें नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ। 5 अथवा शापानको नाति अहीकामको छोरो गदल्याहकहाँ जाऊ। बाबेलका राजाले गदल्याहलाई यहूदाको राज्यपाल नियुक्त गरेका छन्। जाऊ गदल्याहकहाँ तिम्रा मानिसहरू माझ बस अथवा तिम्रो इच्छा अनुसार तिमी जहाँ चाहन्छौ त्यहीं जाऊ।”
त्यसपछि नबूजरदारले यर्मियालाई केही भोजन र उपहार प्रदान गरे अनि बिदा गरे। 6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए।
गदल्याहको छोटो शासन
7 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्। 8 यसकारण ती सिपाहीहरू मिस्पामा गदल्याहकहाँ आए। ती सिपाहीहरू थिए नतन्याहको छोरो इश्माएल, कारेहका दुइ छोराहरू योहानान अनि जोनाथन, पन्हूमेतको छोरो सरायाह, नतोफाबासी एपेकाका छोराहरू, अनि माकाबासीको छोरो याजन्याह र यिनीहरूका सबैका मानिसहरू।
9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ। 10 बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन् तिमीहरूको प्रतिनिधित्व गर्न म आफैं मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”
11 यहूदाका मानिसहरू जो मोआब, अम्मोन र एदोमका अनि अन्य देशहरूमा थिए तिनीहरूले चाल पाए कि बाबेलका राजाले बाँचेका मानिसहरूलाई यहूदामा छोडेका छन् र शापानको नाति अहीकामको छोरा गदल्याहलाई त्यस ठाउँका राज्यपाल नियुक्त गरे। 12 यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।
13 कारेहका छोरो योहानान अनि यहूदाका हाकिमहरू जो खेतमा थिए गदल्याहकहाँ मिस्पामा आए। 14 योहानान र अन्य मानिसहरू आएर गदल्याहलाई भने, “तिमीलाई थाह छ कि अम्मोनवंशी राजा बालीसले तिमीलाई मार्न चाहन्छ? उसले नतन्याहको छोरो तिम्रो हत्याको लागि इश्माएललाई पठायो।” तर अहीकामको छोरो गदल्याहले ती कुराहरू विश्वास गरेनन्।
15 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान नष्ट हुनेछ।”
16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”
41 सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे। 2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए। 3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।
4-5 गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन। 6 इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने। 7 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए। 8 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्। 9 (नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिन्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।)
10 इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने। 12 यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लड्न लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दह नजिकै भेटे। 13 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए। 14 यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए। 15 तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
16 यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।
मिश्रतर्फ पलायन
17-18 योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
42 तिनीहरू गेरूथ किम्हाममा भएको बेला, योहानान र होशायाहको छोरो याजन्याह यर्मिया अगमवक्ताकहाँ गए। जम्मै सेनाका हाकिमहरू र सानोदेखि ठूलो दर्जा सम्मका मानिसहरू योहानान र याजन्याहसित गए। 2 ती सबै जनाले अगमवक्ता यर्मियालाई भने, “हाम्रो नम्र बिन्ति ग्रहण गर्नुहोस् र हाम्रा निम्ति तथा बाँचेका यी मानिसहरूको लागि परमप्रभु तपाँईंका परमेश्वरसित प्रार्थना गरिदिनु होस्। एकपल्ट हामीहरू बहुसंख्यामा थियौं तर अहिले तपाईं देख्नु हुन्दैछ हामी केही मात्र बाँचेका छौं। 3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।”
4 तब अगमवक्ता यर्मियाले उत्तर दिए, “तिमीहरूले के गर्नु पर्ने भनेको हो मैले बुझें। तिमीहरूले भनें झैं म परमप्रभु तिमीहरूका परमेश्वरसित प्रार्थना गरिदिने छु। परमप्रभुले भन्नु भएको सबै कुराहरू म तिमीहरूलाई भन्नेछु। कुनै थोकहरू पनि म तिमीहरूदेखि लुकाउने छैन।”
5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्। 6 परमप्रभुको आदेश चाहे हाम्रो हितमा होस् अथवा नहोस् हामी पालन गर्नेछौ ताकि जब हामी परमप्रभु हाम्रा परमेश्वरको सबै आदेश पालन गर्छौ सब कुरो हाम्रो हितमा हुनेछ। हामी तिमीलाई ती सन्देश लिनका लागि परमेश्वर कहाँ पठाई रहेछौं। तब असल कुराहरू हामी प्रति हुने छ। हो, हामी परमेश्वरको सारा कुराहरू पालन गर्ने नै छौं।”
7 दश दिनको अन्त्यमा, यर्मियाकहाँ परमप्रभुबाट सन्देश आयो। 8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके। 9 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ 10 ‘यदि तिमीहरू साँच्चै यस देशमा बस्छौं भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दु:खित छु। 11 तिमीहरू बाबेलका राजासित भयभित छौ। तर अब उसँग नडराऊ। म तिमीहरूसित छु अनि म तिमीहरूलाई उबाट बचाउँने छु। 12 म तिमीहरूलाई दया दर्शाउनेछु। बाबेलका राजाले पनि तिमीहरू प्रति दयादृष्टि राख्नेछन् अनि उसले तिमीहरूलाई आफ्नो देशमा आउने अनुमति दिनेछन्।’ 13 यदि तिमीहरू भन्छौ, ‘हामी यस देशमा बस्ने छौ,’ तब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेनौ। 14 तिमीहरूले भन्न सक्छौ, ‘हामी मिश्रमा जानेछौं जहाँ हामी युद्धको सम्मुखिन हुनु पर्दैन, मिश्रमा हामीले युद्धको तुरहीहरू सुन्नु पर्दैन, हामी भोक-भोकै बस्नुपर्दैन।’ 15 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ। 16 तिमीहरू तरवारसित डराउँछौ, तर तिमीहरूलाई त्यहाँ तरवारले परास्त गर्ने नै छ। तिमीहरू भोकको चिन्ता गर्छौ तर, यसले तिमीहरूलाई मिश्रमा पनि पछ्याउनेछ अनि तिमीहरू त्यहाँ मर्नेछौ। 17 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’
18 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यरूशलेम बासिन्दाहरूमाथि मैले मेरो क्रोध देखाएँ। त्यसरी नै जो मिश्र जाँदैछन् तिनीहरूमाथि क्रोध बर्षाउनेछु। तिमीहरू श्राप, अपराध र निन्दाको पात्र बनिनेछौ अनि तिनीहरूले यहूदा फेरि कहिल्यै देख्ने छैनौ।’
19 “यहूदामा बाँचेका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ ‘मिश्रमा नजाऊ।’ तिमीहरू निश्चय जान्दछौ कि म तिमीहरूलाई चेताउनी दिँदैछु। 20 तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’ 21 यसकारण आज मैले तिमीहरूलाई परमप्रभुबाट सन्देश भनेको छु। तर तिमीहरूले मैले बताएको कुनै कुरामा पनि परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गरेका छैनौ। 22 यसर्थ निश्चित हौ कि तिमीहरूले बुझ्छौ। तिमीहरू मिश्रमा गई बस्न चाहन्छौ। तर मिश्रमा तिमीहरूमाथि यी घटनाहरू हुनेछ। तिमीहरू तरवार, अनिकाल अथवा भयानक रूढीले मर्नेछौ।”
43 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।
2 होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’ 3 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”
4 यसर्थ, कारेहको छोरो योहानान, सेना हाकिमहरू, अनि सारा मानिसहरूले परमप्रभुको आज्ञा उल्लंघन गरे। परमप्रभुले तिनीहरूलाई यहूदामा बस्न भनी आज्ञा दिनु भएको थियो। 5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। 6 अहिले, योहानान र सबै सैन्य हाकिमहरूले सम्पूर्ण लोग्नेमानिसहरू, स्त्रीमानिसहरू, नानीहरू, राजकुमारीहरू अनि सबै अरू मानिसहरू जसलाई बाबेल राजाको विशेष रक्षाहरूका कप्तान नबूजरदानले गदल्याहको जिम्मामा छोडेका थिए तिनीहरूलाई मिश्रमा लगे। योहानानले अगमवक्ता यर्मिया अनि नेरियाहको छोरो बारूकलाई पनि लगे। 7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।
8 तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे 9 “परमप्रभुले यर्मियालाई भने, ठूल-ठूलो ढुङ्गाहरू हातमा र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटाले छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर। 10 तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ। 11 नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले मर्नु पर्नेहरूको निम्ति मृत्यु ल्याउँनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ। 12 नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु। 13 नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।’”
मिश्रमा भएका यहूदी मानिसहरूको निम्ति परमप्रभुको सन्देश
44 परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो। 2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेष मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन। 3 ती ठाउँहरू नष्ट गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो। 4 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।” 5 तर तिनीहरूले तिनीहरूका नराम्रा कार्यहरूबाट फर्कन मानेनन् तिनीहरूको आग्रहमा कुनै ध्यानै दिए। तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू छाडेनन्। 6 यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू शून्य छन्।’
7 “यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ? 8 अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई नष्ट पारिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ। 9 के तिमीहरूले तिम्रा पिता-पुर्खाहरू, यहूदाका राजाहरू, तिनीहरूका पत्नीहरू, तिमीहरू आफ्नै अनि आफ्ना पत्नीहरूको दुष्टाँई जो तिनीहरूले यहूदाको देशमा र यरूशलेमका गल्लीहरूमा गरेका थिए, भुल्यौ? 10 अहिले सम्म यहूदाका मानिसहरूले आफूलाई विनम्र बनाएका छैनन्। तिनीहरूले कुनै प्रकारको सम्मान म प्रति देखाएका छैनन्। ती मानिसहरूले मेरो शिक्षाहरू अनुशरण गरेनन्। तिनीहरूले व्यवस्था र विधिहरू पालन गरेनन् जुन मैले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरूका निम्ति बनाएको थिएँ।’
11 “यसकारण, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूमाथि भयानक घटनाहरू घटुन् भनेर निर्णय गरें। म यहूदाका सारा परिवारलाई नष्ट गर्नेछु। 12 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्। 13 जो मानिसहरू मिश्रमा बस्न गएका छन् तिनीहरूलाई दण्ड दिनेछु। म तरवारहरू, अनिकाल, भयानक हैंजा फैलाएर तिनीहरूमाथि दण्ड दिनेछु। म तिनीहरूलाई यरूशलेमको शहरलाई दण्डित पारे जस्तै गर्नेछु। 14 यहूदामा जीवितहरू रहेका जो मिश्रमा फर्कन्छन् तिनीहरू मध्ये म कसैलाई पनि जीवित राख्दिनँ। तिनीहरू मध्ये कसैले यहूदामा फर्की बस्ने इच्छा गरे पनि केही बाहेक कोही पनि बाँच्ने छैनन्।’”
15 यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउँथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने, 16 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं। 17 हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्। 18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।”
19 तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।”
20 तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने। 21 यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ। 22 तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ। 23 सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुशरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”
24 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन, 25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउँछौं।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’ 26 तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन। 27 म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर नष्ट पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्। 28 तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँच्चो हुनेछ? 29 तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’ 30 परमप्रभु भन्नुहुन्छ, ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।’”
बारूकलाई एउटा सन्देश
45 यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो बर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो। 2 “परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छ, बारूक, तिमीले भनेका छौ, यो मेरो लागि अति नराम्रो हो। 3 ‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’ 4 यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’ 5 परमप्रभुले भन्नुभयो, ‘बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।’”
राष्ट्रबरूकालागि परमेश्वरको सन्देशहरू
46 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।
मिश्रका बारेमा सन्देशहरू
2 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार बर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश होः
3 “तिम्रो ठूलो र सानो ढालहरू तैयार पार।
युद्धको लागि अघि बढ।
4 घोडाहरू तैयार पार सिपाहीहरू,
आफ्नो घोडाहरूमाथि चढेर,
युद्धभूमिमा जाऊ।
लडाइँको टोपहरू लगाऊ।
भालाहरू तीखो पार,
र झिलम लगाऊ।
5 मैले के देखें?
सिपाहीहरू भयभीत छन्,
अनि भागिरहेका छन्।
ती वीर सेनाहरू,
परास्त भइरहेका छन्।
पछि नहेरी तिनीहरू हतारिएर भागिरहेका छन्।
त्यहाँ वरिपरि त्रास छ।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
6 “फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्।
बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्।
तिनीहरू सबै ठेस लागेर लड्ने छन्।
उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।
7 नील नदी जस्तै को आइरहेछ?
को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ?
8 यो मिश्र हो जो नील नदी झैं आइरहेछ।
यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ।
मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु।
म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’
9 हे घोड-सवार सिपाहीहरू, अघिबढ!
हे रथ हाँक्नेहरू चाँडो हाँक!
हे वीर सिपाहीहरू, अघि बढ!
कूश र पूटबाट आएका सिपाहीहरू,
तिमीहरू आफ्ना ढालहरू बोक।
लूदबाट आएका सिपाहीहरू,
तिमीहरू धनु समाल।
10 “तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले
आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ।
त्यो बद्ला लिने दिन हुनेछ।
तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ।
तिनीहरूको रगतले तरवार भरिनेछ।
यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक,
सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।
11 “हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ।
अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्।
तिमी निको हुने छैनौ।
12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्।
तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ।
एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ
अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।”
13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।
14 “यो सन्देश मिश्र, मिग्दोल, मेमफिस
र तहपन्हेसमा घोषणा गर,
र यसो भन्, ‘युद्धको लागि तैयार होऊ।
किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’
15 तिम्रो गोरू किन फ्याँकिएको छ?
के त्यो उभिन सक्तैन?
किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।
16 धेरै सिपाहीहरू ठक्करखानेछन् अनि लड्नेछन्।
तब तिनीहरू परस्परमा भन्नेछन्,
‘उठ, हाम्रा आफ्ना मानिसहरूकहाँ जाऊँ।
हामी हाम्रा अत्याचारीहरूको तरवार भन्दा,
टाढो आफ्ना देशमा फर्कौ, हामी भाग्नै पर्छ
किनभने हाम्रा शत्रुहरूले हामीलाई परास्त गरे।’
17 उनीहरूको आफ्नै शहरमा, ती सैनिकहरूले भन्ने छन्,
‘मिश्रको राजा फिरऊन एक चर्को हल्ला मात्र हो।
उसको महिमाको समय सक्किएको छ।’”
18 जस्तो म जीवित छु।
राजा भन्छन्, “यो राजाको नाउँ हो,
सेनाहरूका परमप्रभु आउनु हुनेछ।
उनी याबेर पर्वत अनि समुद्रको किनारको,
कर्मेल पर्वत जस्तै महान हुनेछ।
19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर,
दासत्वको लागि तैयार हौं,
किनभने मेमफिस शहर नष्ट हुनेछ,
ती सहरहरू नष्टहुनेछन्।
जन शून्य बेकामे भूमि हुनेछ।
20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो,
तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ।
21 मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू झैं,
तिनीहरू सबै पीठ फर्काएर भागे।
तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्।
तिनीहरूको नाशको समय आईरहेछ।
तिनीहरू दण्डित हुनेछन्।
22 मिश्र सर्पको झैं आवाज गर्दै
सुल्किरहेको छ।
किनभने उसको शत्रुहरू तेजले आएकाछन्।
शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”
23 परमप्रभु भन्नुहुन्छ:
“तिनीहरूले उसको जङ्गल,
बाक्लो भए पनि फाँड्नेछन्।
शत्रुका सेनाहरू सलह झैं छन्,
अनि कसैले गन्न सक्तैन।
24 मिश्रकी छोरी लज्जित हुनेछ।
उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।”
25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु। 26 म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”
“यस नष्ट पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
उत्तर इस्राएललाई सन्देश
27 “हे याकूब, मेरो दास! नडराऊ।
हे इस्राएल, होतोत्साही नबन।
म तिमीहरू र तिम्रो नानीहरूलाई ती सुदूर,
र तिमीहरूलाई कैदी बनाउने ठाउँबाट बचाउनेछु।
याकूब फर्कनेछ अनि शान्ति र सुरक्षा पाउने छ,
अनि कसैले पनि उसलाई भयभित पार्नेछैन।”
28 परमप्रभु भन्नुहुन्छ,
“हे याकूब, मेरो दास! नडराऊ।
म तिमीसँग छु।
मैले तिमीलाई जहाँ पठाएको थिएँ,
ती जाति-जातिहरू सबै नष्ट पार्नेछु।
तर म तिमीलाई पूर्णरूपले नष्ट गर्ने छैन।
तिमीले गरेको गल्तीको सजाय तिमीले पाउनु नै पर्छ,
आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु
र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
पलिश्ती मानिसहरूका बारेमा सन्देश
47 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
2 परमप्रभु भन्नुहुन्छ:
“हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्।
तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्।
तिनीहरूले बाढीले झैं सारा देश शहरहरू
र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्।
त्यस देशका मानिसहरूले विलौना गर्नेछन्
तथा गुहार माग्नेछन्।
3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्,
तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्,
तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्।
बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्।
तिनीहरू अति नै कमजोर हुनेछन्।
4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने
त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि
पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ।
पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई
परमप्रभुले नष्ट गर्नु हुनेछ।
5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्।
अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्।
हे बेंसीमा बाँच्नेहरू हो!
कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?
6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ।
कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ?
आफ्नो छापभित्र फर्केर जाऊ।
रोक शान्त हौ।
7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ?
परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।
उहाँले अश्कलोन र समुद्री किनारमा भएका
शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।”
© 2004, 2010 Bible League International